मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउन सुरु
०८ असार २०८०
•
३ मिनेट पाठ
मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउन सुरु
कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ। गत बुधवारदेखि बाणगंगा नगरपालिका वडा नम्बर १० र ११ मा वन क्षेत्रमा गरिएको अतिक्रण हटाउने कार्य सुरुवात गरिएको हो। राजनीतक हस्तक्षेप र दवावको कारण बर्षोै देखि त्यहा वन क्षेत्रमा रहेका अतिक्रण हटाउन सकिएको छैन। २०५५ साल देखि मायादेबी साझेदारी वन क्षेत्रमा अतिक्रण सुरु भएको थियो। अहिले वन क्षेत्रमा कब्जा गरी घर टहरा सरकारी संरचना मठ मन्दिर निर्माण र खेतीपाती गरिएको छ। वन क्षेत्र खाली गर्न पटक पटक सर्वदलीय सहमति समेत गरिएको छ। तर अतिक्रमण खाली भने भएको छैन। यस पटक पटना क्षेत्रको वन अतिक्रण खाली गर्न ठोसरुपमा अघि बढेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले बताए।  




‘ बर्षो देखि अतिक्रमण खाली गर्न प्रयास गरेयौ तर सकिएन, यस पटक ठोसरुपमा अघि बढको छौ ’ उनले भने । मायादेवी साझेदारी वनको कुल १ हजार १७ हेक्टर वन क्षेत्र छ । त्यस मध्ये ढेड सय हेक्टर वन अतिक्रमणमा छ । पहिलो चरणमा वन क्षेत्रमा खेतीपाती गरी अतिक्रमण गरिएकोलाई हटाईन छ । दोश्रो चरणमा बल्ल घर टहरा हटाउने योजना रहेको सुबेदीले बताए ।  

असार ६ गते बाणगंगा नगरपालिका वडा नम्बर ११ दानापुरमा अतिक्रमण खाली गराउन खोज्दा स्थानीयबासीबाट ठुलो अवरोध भएको थियो। जिल्लाको मात्र वन कर्मचारी र वन रक्षक सहीत डोजर लिएर दानापुरमा पुग्दा ५ सय भन्दा बढी स्थानीयबासीले अवरोध गरेका थिए। सो अवरोध पछि डिभिजन कार्यालयले कपिलवस्तु, रुपन्देही, नवलपारी र अर्घाखाचीका वन रक्षक सहीत कर्मचारीहरु मगाएर फेरी अतिक्रमण हटाउन थालिएको छ। ४ जिल्लाको गरी झन्डै ३ सय वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहीतको टोली अतिक्रमण क्षेत्रमा परिचालन गरिएको सहयाक वन अधिकृत खिलराज तामाङले बताए। अतिक्रमण खाली गराउन ३ सय बढी जनशक्ति र ४ वटा डाजल परिचालन गरिएको उनले बताए। स्थानीयबासीको अवरोधलाई मध्यनजर गरी सो जनशक्ति परिचालन गरिएको उनले बताए। आवादी र वन क्षेत्र रखांकन गरी अतिक्रमण खाली गर्ने कार्य अघि बढाइएको हो। सुरुमा वरवादेखि मझवासम्म करिब ५ किलोमिटर बनको सिमाना रेखांकनका लागि डोजर प्रयोग गरिएको थियो ।  

मायादेवी साझेदारी वन का अध्यक्ष दिनेश प्रसाद जैसवालले विगत लामो समयदेखि वन अतिक्रमण गरेर खेतिपाती गरिरहेका बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवाबाट अतिक्रमित जग्गा हटाउने कार्यको सुरुवात गरिएको बताए।  बहादुरपुर हुदै भेलैयादेखि बिरपुरसम्म करिब ६ किलोमिटर अतिक्रमित क्षेत्र हटाउने लक्ष्य रहेको उनले बताए।  मायादेवी साझेदारी वनमा कपिलवस्तुको शुद्धोधन गाँउपालिका, कपिलवस्तु नगरपालिका, मायादेवि गाँउपालिका तथा बाणगंगा नगरपालिकाका क्षेत्रहरु पर्दछन्। 

यहाँका वास्तविक सुकुम्बासी भन्दा पनि हुकुमवासीहरु आफ्नो घरमा ताला लगाएर जग्गा हडप्न त्यहाँ आउने गरेको  अध्यक्ष जैसवालले बताउछन्। उनले त्यस्ता हुकुमवासी जसले जग्गा कव्जा गर्ने अनि एक-दुई बर्ष खेतिपाती गर्ने र बेचेर जाने हुदाँ द्धन्द्ध उत्पन्न हुने भएकाले यसलाई तत्काल हटाउन लागिएको बताए। यस साझेदारी वन भित्रको जग्गा कव्जा गरेर बसेका वास्तबिक सुकुमवासीलाई पहिचान गरि व्यवस्थापन गर्ने अध्यक्ष जैसवालको भनाई छ। मायादेवी साझेदारी वन कव्जा गर्ने गिरोह बाणगंगा वडा नम्बर १० मा बढि देखिएको उनले बताए। उनले साझदेरी वनको कार्ययोजना अनुसार काम अघि बढाइएको बताए। सब–डिभिजन वन कार्यालय पटना अन्तर्गत रहेको मायादेवी साझेदारी वनले कुल १८ किलोमिटर अतिक्रमित जग्गा हटाउने र खाली जग्गामा बिरुवा रोपेर संरक्षण गर्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए। वनको क्षेत्र वनमै कायम गरेर वनलाई हराभरा बनाउने महाअभियान सञ्चालन गरेको उनले बताए । वन क्षेत्र कब्जागर्ने अनि बेच्ने गरिएको उनले बताए। ‘ वन क्षेत्र कब्जा गर्ने धेरै जसो बाहिरी जिल्लाको रहेको उनले बताए।  

यता, पटनाका स्थानीयहरु भने वनको यो कदम प्रति तिब्र असन्तुष्ट देखिएका छन्। २०५५ सालदेखि आफुहरुले यो बनको संरक्षण गर्दै आएपनि अहिले साझेदारी बनको यो कदम आफुलाई मान्य नभएको स्थानीय भिमलाल गौतम बताउँछन्। बनको यो कदम नागरिकमैत्री नभएको ठहर गर्दै स्थानीयले संर्घष समिति समेत गठन गरेका छन्। वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकोले सो कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क) विपरीतको कार्य भएकोले सो वन क्षेत्र अतिक्रमण गरी खेतिपाती गरिएको जग्गा वनमै फिर्ता हुने डिभिजन वन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
अर्को समाचार
मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउन सुरु
०८ असार २०८०
•
३ मिनेट पाठ
मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउन सुरु
कपिलवस्तुको सबै भन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउ सुरु गरिएको छ।




गत बुधवारदेखि बाणगंगा नगरपालिका वडा नम्बर १० र ११ मा वन क्षेत्रमा गरिएको अतिक्रण हटाउन सुरु गरिएको हो।

राजनीतिक हस्तक्षेप र दवावको कारण वर्षोै देखि त्यहा वन क्षेत्रमा रहेका अतिक्रण हटाउन सकिएको थिएन्। २०५५ साल देखि मायादेबी साझेदारी वन क्षेत्रमा अतिक्रण सुरु भएको थियो। अहिले वन क्षेत्रमा कब्जा गरी घर टहरा सरकारी संरचना मठ मन्दिर निर्माण र खेतीपाती गरिएको छ। वन क्षेत्र खाली गर्न पटक पटक सर्वदलीय सहमति समेत गरिएको थियो। तर अतिक्रण खाली भने भएको थिएन्।

यस पटक पटना क्षेत्रको वन अतिक्रण खाली गर्न ठोसरुपमा अघि बढेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले बताए। ‘वर्षो देखि अतिक्रमण खाली गर्न प्रयास गरेयौ तर सकिएन, यस पटक ठोसरुपमा अघि बढको छौ’ उनले भने। मायादेवी साझेदारी वनको कुल १ हजार १७ हेक्टर वन क्षेत्र छ। त्यस मध्ये ढेड सय हेक्टर वन अतिक्रमणमा छ। पहिलो चरणमा वन क्षेत्रमा खेतीपाती गरी अतिक्रमण गरिएकोलाई हटाईन छ। दोश्रो चरणमा बल्ल घर टहरा हटाउने योजना रहेको सुबेदीले बताए।

असार ६ गते बाणगंगा नगरपालिका वडा नम्बर ११ दानापुरमा अतिक्रमण खाली गराउन खोज्दा स्थानीयबासीबाट ठलो अवरोध भएको थियो। जिल्लाको मात्र वन कर्मचारी र वन रक्षक सहीत डोजर लिएर दानापुरमा पुग्दा ५ सय भन्दा बढी स्थानीयबासीले अवरोध गरेका थिए। सो अवरोध पछि डिभिजन कार्यालयले कपिलवस्तु, रुपन्देही, नवलपारी र अर्घाखाचीका वन रक्षक सहितका कर्मचारीहरुले अतिक्रमण हटाउन थालिएको छ।

४ जिल्लाको गरी झन्डै ३ सय वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहीतको टोली अतिक्रमण क्षेत्रमा परिचालन गरिएको सहयाक वन अधिकृत खिलराज तामाङले बताए। अतिक्रमण खाली गराउन ३ सय बढी जनशक्ति र ४ वटा डाजल परिचालन गरिएको उनले बताए। स्थानीयबासीको अवरोधलाई मध्यनजर गरी सो जनशक्ति परिचालन गरिएको उनले बताए। आवादी र वन क्षेत्र रखांकन गरी अतिक्रमण खाली गर्ने कार्य अघि बढाइएको हो। सुरुमा वरवादेखि मझवासम्म करिब ५ किलोमिटर बनको सिमाना रेखांकनका लागि डोजर प्रयोग गरिएको थियो।

मायादेवी साझेदारी वन का अध्यक्ष दिनेश प्रसाद जैसवालले विगत लामो समयदेखि वन अतिक्रमण गरेर खेतिपाती गरिरहेका बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवाबाट अतिक्रण हटाउन सुरु गरेको बताए। बहादुरपुर हुदै भेलैयादेखि बिरपुरसम्म करिब ६ किलोमिटर अतिक्रमित क्षेत्र हटाउने लक्ष्य रहेको उनले बताए। मायादेवी साझेदारी वनमा कपिलवस्तुको शुद्धोधन गाँउपालिका, कपिलवस्तु नगरपालिका, मायादेवि गाँउपालिका तथा बाणगंगा नगरपालिकाका क्षेत्रहरु पर्दछन्। यहाँका वास्तविक सुकुम्बासी भन्दा पनि हुकुमवासीहरु आफ्नो घरमा ताला लगाएर जग्गा हडप्न त्यहाँ आउने गरेको अध्यक्ष जैसवालले बताउँछन। उनले त्यस्ता हुकुमवासी जसले जग्गा कव्जा गर्ने अनि एक÷दुई वर्ष खेतिपाती गर्ने र बेचेर जाने हुदाँ द्धन्द्ध उत्पन्न हुने भएकाले यसलाई तत्काल हटाउन लागिएको बताए।

यस साझेदारी वन भित्रको जग्गा कव्जा गरेर बसेका वास्तबिक सुकुम्वासीलाई पहिचान गरि व्यवस्थापन गर्ने अध्यक्ष जैसवालको भनाइ छ। मायादेवी साझेदारी वन कव्जा गर्ने गिरोह बाणगंगा वडा नम्बर १० मा बढि देखिएको उनले बताए। उनले साझदेरी वनको कार्ययोजना अनुसार काम अघि बढाइएको बताए। सब–डिभिजन वन कार्यालय पटना अन्तर्गत रहेको मायादेवी साझेदारी वनले कुल १८ किलोमिटर अतिक्रमित जग्गा हटाउने र खाली जग्गामा बिरुवा रोपेर संरक्षण गर्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए। वनको क्षेत्र वनमै कायम गरेर वनलाई हराभरा बनाउने महाअभियान सञ्चालन गरेको उनले बताए। वन क्षेत्र कब्जागर्ने अनि बेच्ने गरिएको उनले बताए। वन क्षेत्र कब्जा गर्ने धेरै जसो बाहिरी जिल्लाको रहेको उनको भनाइ छ।

यता, पटनाका स्थानीयहरु भने वनको यो कदम प्रति तिव्र असन्तुष्ट देखिएका छन्। २०५५ सालदेखि आफूहरुले यो बनको संरक्षण गर्दै आएपनि अहिले साझेदारी बनको यो कदम आफुलाई मान्य नभएको स्थानीय भिमलाल गौतम बताउँछन्। बनको यो कदम नागरिकमैत्री नभएको ठहर गर्दै स्थानीयले संर्घष समिति समेत गठन गरेका छन्। वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकोले सो कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क) विपरीतको कार्य भएकोले सो वन क्षेत्र अतिक्रमण गरी खेतिपाती गरिएको जग्गा वनमै फिर्ता हुने डिभिजन वन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस