१३ वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाइ
०९ असार २०८०
•
३ मिनेट पाठ
१३ वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाइ
फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ। समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो।




अहिले करिब ५ लाख थान राहदानी मात्र मौज्दात छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले यस्तो बताएका हुन्। ‘सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्छ,’ समितिको बैठकमा उनले भने, ‘अहिले अभाव हुन नदिन भेरिएसन गरेर खरिद गर्नुपर्ने अवस्था छ।’

खुला प्रतिस्पर्धा नगराई पटकपटक भेरिएसन गरेर राहदानी छापिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ। सन् २०१० मा मेसिन रिडेबल राहदानी (एमआरपी) छाप्ने टेन्डर पाएको कम्पनीले सन् २०२० मा ई–पासपोर्ट छपाइको जिम्मा पाएको थियो। सन् २०२० को टेन्डर गर्दा सुरुका दिनमा करिब ५० लाख राहदानी छाप्ने योजना भए पनि २० लाख मात्र छापेकाले अहिले अभाव हुन थालेपछि भेरियसन गरेर छाप्न लागिएको हो।

फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ। समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो।
सरकारले एउटै कम्पनीलाई पटकपटक भेरिएसन गरेर राहदानी छपाइको जिम्मा दिने तयारी गरेपछि आशंका उत्पन्न भएको हो। तत्कालका लागि काम चलाउन भेरिएसनबाट राहदानी खरिद गर्न छलफल भइरहेको राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले बताइन्। ‘प्रतिस्पर्धाबाट राहदानी खरिद गर्न पनि प्रक्रिया अघि बढेको छ,’ प्रवक्ता सापकोटाले भनिन्, ‘सायद एक÷डेढ महिनामा टेन्डर आह्वान हुन्छ।’

अहिले खाँचो टार्न भेरिएसन गरेर खरिद गर्ने विषयमा छलफल अघि बढेको उनको भनाइ छ। उनका अनुसार टेन्डरमा खरिद गर्न पनि करिब एक÷डेढ वर्ष लाग्छ। ‘नयाँ टेन्डर अघि बढाउन समय लाग्छ, अब प्रतिस्पर्धामा जाँदा ठुलो परिमाणमा छाप्ने योजना छ। अन्तरिम व्यवस्थापनका लागि भेरिएसन गरेर पहिलाकै कम्पनीसँग खरिद गर्न खोजिएको हो,’ उनले भनिन्।

सन् २०२० मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट आडिमिया कम्पनी छनोट भएको थियो। २०२० सालमा ५० लाख छाप्ने विषयमा छलफल भए पनि नयाँ प्रविधि भएकाले सफल हुने नहुने आशंकाका कारण २० लाख थान मात्र छाप्दा अहिले अभाव भएको हो।

१३ वर्षको अवधिमा दुईपटक मात्र बोलपत्र आह्वान गरिएको छ। मासिक एकदेखि डेढ लाखसम्म राहदानी वितरण हुन्छ। दुईपटकको टेन्डर फ्रान्सको आडिमिया कम्पनीले पाएको छ। भेरिएसन गरेर पनि सोही कम्पनीलाई राहदानी छपाइको जिम्मा दिन लागिएको छ। पछिल्लोपटक प्रतिस्पर्धाबाट छनोट गरिएको मूल्यअनुसार एक थान राहदानी १०.४५ डलरमा छापिएको थियो।

यसरी हेर्दा प्रतिराहदानीको छपाइमूल्य शुक्रबारको डलर सटही दर १३१ दशमलव १६ अनुसार १३ सय ७० रूपैयाँ २६ पैसा पर्छ। भेरिएसन गरेर खरिद गर्दा मूल्य बढ्छ। यही मूल्यलाई आधार मान्दा पनि २० लाख राहदानी छाप्न २ अर्ब ७४ करोड रूपैयाँ लाग्छ।

१३ वर्षको अवधिमा दुईपटक मात्र बोलपत्र आह्वान गरिएको छ। मासिक एकदेखि डेढ लाखसम्म राहदानी वितरण हुन्छ। दुईपटकको टेन्डर फ्रान्सको आडिमिया कम्पनीले पाएको छ।
तत्कालीन समयमै टेन्डर प्रक्रिया अघि बढाउनुपर्ने भए पनि विभाग र मन्त्रालय चुप लागेर बसेका कारण अहिले भेरिएसन गरेर खरिद गर्नुपर्ने अवस्था आएको हो। यसमा मिलेमतो हुन सक्ने मन्त्रालयका अधिकारी नै आशंका गर्छन्। ‘मासिक एक/डेढ लाख राहदानी बिक्री हुने भएकाले तत्कालै खुला प्रतिस्पर्धा प्रक्रिया अघि बढाउनुपर्थ्याे,’ ती अधिकारीले भने। सन् २०२० सालमा ई–पासपोर्ट छाप्ने सम्झौता भए पनि २०२१ को नोभेम्बरबाट ई–पासपोर्ट प्रयोगमा आएको थियो।
अर्को समाचार
फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव
१२ मंसिर २०७८
•
४ मिनेट पाठ
फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव
सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्। यो वर्ष पनि तोकिएको समयमा चामल ढुवानी नहुँदा उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। हुम्लाका लागि छुट्याइएको चामल नपुगेपछि त्यहाँ भोकमरी सुरु भएको जनप्रतिनिधिले बताए।




दुर्गमका जनतालाई उपेक्षा गरेकाले हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए। ‘स्थानीय उत्पादनले पुग्दैन,’ लामाले भने, ‘समयमा चामल ढुवानी नहुँदा बर्सेनि खाद्यान्न अभाव हुन्छ।’ यो वर्ष पनि त्यही समस्या दोहोरिएको लामाले बताए। सरकारी अधिकारीले कार्ययोजना बनाएर हुम्लालगायत कर्णालीका अन्य जिल्लाका लागि विनियोजन गरेको चामल ढुवानी नगरेको स्थानीयको गुनासो छ। ‘विभिन्न बहाना देखाएर समयमा खाद्यान्न ढुवानी हुँदैन,’ लामाले भने, ‘दुर्गममा बर्सेनि खाद्यान्न अभाव हुन्छ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका लागि छुट्याएको चामल कम्पनीको सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममा थन्किएको छ। कम्पनीले जुम्लाका लागि सुर्खेत, नेपालगन्ज र धनगढीबाट १०–१० हजारका दरले कुल ३० हजार क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पठाउन कोटा तोकेको भए पनि पठाउन सकेको छैन।

हुम्लाको नाम्खा गाउँपालिकामा लामो समयदेखि चामल नपठाएपछि त्यहाँ भोकमरी भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए। ‘सरकारले हुम्लाका जनतालाई उपेक्षा ग¥यो,’ तामाङले भने, ‘ढुवानीका लागि बजेट व्यवस्था भए पनि सरकारी अधिकारीको लापरबाहीले जनताले चामल पाएनन्।’

चामल नपाएपछि सांसदसहित राजधानी आएर दबाब दिएपछि मात्र चामल पठाउने आश्वासन पाएको तामाङले बताए। ‘बर्सेनि खाद्यान्न अभाव हुँदा पनि पठाउने व्यवस्थित संयन्त्र तयार भएन,’ उनले भने, ‘दुर्गमका जनतालाई सरकारले उपेक्षापूर्ण व्यवहार गर्दै आएको छ।’ खाद्यान्न न्यून उत्पादन हुने नाम्खाका जनता भोकमरीमा पर्ने भन्दै जनप्रतिनिधि राजधानी आएर दबाब दिएका छन्। हुम्लामा खाद्यान्न पनि निकै कम स्टक छ।

चीनले सहयोग गरेको चार सय क्विन्टल चामल र मैदा तथा खाद्य व्यापार कम्पनीको दुई सय क्विन्टल चामल हुम्ला पठाउने आश्वासन पाएको सांसद लामाले बताए। ‘आइतबारबाट केही चामल पठाउने आश्वासन पाएका छौं,’ उनले भने। जनप्रतिनिधिले दबाब दिएपछि गृह मन्त्रालयले नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाउने प्रतिबद्धता जनाएको हो। गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न पठाउने जनाएको छ। खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर प्रयोग गर्ने तयारी छ। हिल्सादेखि लिमीसम्म हेलिकोप्टरबाट छोटो समयमा ढुवानी हुने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको विपत् व्यवस्थापन कोषबाट खर्च बेहोर्नेगरी खाद्यान्न ढुवानी गर्न लागिएको हो। सरकारले दुर्गम क्षेत्रमा खाद्य तथा व्यापार कम्पनी लिमिटेडका माध्यमबाट अनुदान दिएर खाद्यान्न ढुवानी गर्दै आएको छ। हवाईजहाजसहित स्थल मार्गबाट पनि हुम्लाका लागि खाद्यान्न पठाउने तयारी छ।

केही चामल हेलिकोप्टरबाट र केही स्थलमार्गबाट ढुवानी गर्ने तयारी भएको खाद्य तथा व्यापार कम्पनीले जनाएको छ। यो वर्ष हिमपात भएका कारण समयमा खाद्यान्न पुग्न सकेन। विगतका वर्षमा नाम्खा गाउँपालिकामा चीनको केरुङ–ताक्लाकोट हुँदै चामल आउने गरेकोमा कोरोनाका कारण चीनसँगको हिल्सा नाकाबाट चामल नआउँदा पनि कठिनाइ भएको हो।

चीनले हुम्लाका स्थानीयका लागि पठाएको अनुदानको खाद्यान्न पनि समयमा पुग्न सकेको छैन। चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा अनुदानको चामल पठाएको थियो। सो खाद्यान्न हिल्सा नाकापारि चिनियाँ भूभागमा छ। हिल्सा नाका आएको खाद्यान्न पनि समयमा ढुवानी हुन सकेको छैन।

हुम्लामा जहाजबाट चामल ढुवानी गर्न खाद्य तथा व्यापार कम्पनीले प्रस्ताव आह्वान गरेको थियो। सिम्रिका कार्गो प्रतिकिलो एक सय १२ रूपैयाँका दरले ढुवानी गर्ने गरी छनोट भए पनि त्यसमा जालझेल भएको भन्दै यो विवाद अदालतसम्म पुगेको छ। विगतमा सीता, तारा र समिट एयरले हुम्लालगायत अतिविकट जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएका थिए। विमान कम्पनीले चामल ढुवानी गर्दै आएकोमा अहिले मिलेमतोमा सिम्रिका कार्गोलाई दिएको आरोप छ।

खाद्य तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले खाद्यान्न अभाव भएको ठाउँमा खाद्यान्न पठाउन सुरु गरेको बताइन्। चाल् आवका लागि सरकारले दुर्गमका २२ जिल्लामा खाद्यान्न ढुवानी गर्न करिब ४५ करोड रूपैयाँ विनियोजन गरेको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस