जुम्ला प्रहरीले अवैध सल्ला काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ७ बजेको समयमा जिल्लाको चन्दननाथ नगरपालिका-६ स्थित बसपार्कबाट भे १ त १२ नम्बर र ४ त ७७१७ नम्बरको ट्याक्टरलाई शङ्कास्पद लागि चेकजाँच गर्ने क्रममा अवैध काठ फेला पारेको हो।
अवैध रुपमा सल्लाको काठ लोड गरी ल्याएको अवस्थामा फेला परेको एक ट्याक्टरबाट १ सय ५० क्युफिट सल्लाको काठ, दाउरा र अर्को ट्याक्टरबाट ५७ क्युफिट सल्लाको काठ र दाउरा बरामद भएको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
दुवै ट्याक्टर चलाकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका-९ घर भई हाल जुम्ला चन्दननाथ नगरपालिका- १ बस्ने वर्ष अन्दाजी ४५ वर्षीय टेक बहादुर बुढाथोकी र बाँके जिल्लाको बैजनाथ गाउँपालिका-४ बस्ने अन्दाजी वर्ष ४० वर्षीय नारायण प्रसाद थारु रहेका छन्।
फेला परेको अवैध काठ आवश्यक कारबाहीको लागी जिल्ला डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको प्रहरी प्रवक्ता जोशीले बताए।