सर्वसाधारणलाई प्रवेश निषेध रहेको पर्सा राष्ट्रिय निकुञ्जको ‘कोर क्षेत्र’ मा गैंडाको तस्करी भएको छ।
करिब तीन महिना अघि गैंडा मारेको हुनसक्ने भएपनि केही दिन अघि मात्रै घटना बाहिरिएको हो। मकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडाको दक्षिण भागमा पर्ने निकुञ्जको क्षेत्रमा गैंडाको तस्करी भएको हो।
सिङ निकालिएको र गन्हाउने अवस्थामा गैंडा फेला परेको छ। पुरानो रमौली बस्तीको चुरे क्षेत्रमा रहेको भालुखोलाको मुहानमा गैंडा फेला परेको हो।
राष्ट्रिय निकुञ्जको कर्मचारीको अनुमति बेगर यस क्षेत्रमा कोही पनि छिर्न पाउँदैन। नेपाली सेनाको अनुमति र निगरानीमा पानीको मुहान सफा गर्न गएका स्थानीयले गैंडा मरेको अवस्थामा देखेपछि घटना बाहिरिएको हो।
स्थानीयले यस क्षेत्रमा पोष्ट राख्नुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर बिहीबार मनहरी गाउँपालिकाको कार्यालयमा सर्वपक्षीय छलफल समेत भएको थियो।

‘सेनाको अनुमति विना कोही छिर्नै नपाउने ठाउँमा गैंडाको शिकार भएको छ। डरलाग्दो जंगलको बीचमा खाग (सिंग) निकालिएको र गन्हाइरहेको अवस्थामा गैंडा फेला परेको छ’, एक प्रत्यक्षदर्शीले भने।घटना बाहिरिएको केही दिनसम्म निकुञ्जका प्रतिनिधिले यस बारेमा कुनै प्रतिक्रिया नै दिएनन्। गैंडाको खाग नभएकोले तस्करी भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले बताए।
‘घटना बाहिरिएपछि विभागबाट पनि अनुसन्धानका लागि टोली आएको छ। पर्सा राष्ट्रिय निकुञ्जको ‘कोर क्षेत्र’ मा घटना भएको कुरा सत्य हो’, उनले भने, ‘यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।’यता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले घटना लुकाउन खोजिएको हो भन्ने प्रश्नलाई स्वीकार गरेनन्।
‘हामीले घटना लुकाउनुपर्ने कुनै कारण छैन। आवश्यक अनुसन्धान गरिरहेका छौं। यसका लागि अनुसन्धान अधिकृत नै तोकेका छौं’, उनले भने, ‘घटनाको प्रकृति हेर्दा तस्करी भएको देखिन्छ। जंगलमा नियमित गस्ती हुने गरेको छ। गस्ती जाने टोली एउटा ट्रयाकमा हिँड्ने हो। घोलमा गैंडा मारेको पाइएको छ। थप अनुसन्धान गरिरहेका छौं।’यस क्षेत्रमा घाँस दाउरा गर्न सर्वसाधारण जान नपाउने उनले स्वीकार गरे। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत लामिटार र प्रतापपुर पोष्टको टोलीले यस क्षेत्रमा गस्ती गर्ने गरेको छ। मृत अवस्थामा भेटिएको गैंडालाई विधि विज्ञान प्रयोगशालामा पठाइने प्रमुख संरक्षण अधिकृत रामले बताए।
‘यस विषयलाई सूक्ष्म अध्ययन गरिरहेका छौं। हाम्रो अनुसन्धान अधिकारीसहितको टिमले काम गरिरहेको छ। ट्रयाकिङ पनि गरिरहेका छौं’, उनले भने।मृत अवस्थाको गैंडा देखेकाहरुले भने यसमा गाउँले हतियार प्रयोग भएको हुनसक्ने अनुमान गरेका छन्। घटनास्थलमा चप्पल र खाना पकाएको समेत भेटिएको छ। यसअघि यस क्षेत्रमा महिनामा ८ पटक सम्म गस्ती हुने गरेको भए पनि घटना पश्चात् भने दैनिक गस्ती भइरहेको छ।
स्थानीयले यस क्षेत्रमा पोष्ट राख्नुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर बिहीबार मनहरी गाउँपालिकाको कार्यालयमा सर्वपक्षीय छलफल समेत भएको थियो।