ध्यानमय योग: योगमय ध्यान!
१६ असार २०८०
•
५ मिनेट पाठ
ध्यानमय योग: योगमय ध्यान!
जीवनकालजयी! प्रत्येक मोडसँगै जीवनगति हुँदा रहेछन्। चालै नपाउने गति लिएर। यावत जलचर, नभचर, थलचर प्राणी हामी। एकापसमा चालै नपाइने गरी गुज्रिरहेका हुन्छौं।




प्रकृतिको लीला। लीलामय लेखन। प्रकृतिभित्रका लीलामय प्राणी। जगत्का इहलीला। मरणपछिको लीला के हुँदो हो? ज्ञातव्य छैन। नभोगेका भोग अज्ञात ! वर्णन गर्न सकिन्छ। लाग्छ, त्यो अन्तरध्यानबाट पनि खुल्दैन। कठैबरासिवाय भन्नै सकिन्छ के र? यी र यस्तै लफदामुक्तिनिमित्त ध्यानमय योग: योगमय ध्यान साधना अपनाउनु जरुरी हुन्छ पक्कै!

ध्यानमय योग: योगमय ध्यानको सरल साधना चिम्लनु हो आँखा झमक्क झमक्क ! अनुभूत गर्नु भएकै हुनुपर्दो हो। पटक पटक हजारौंहजार पटक। अनुभूति मेरा। उन्मुक्त चिन्ताका बाह्र घण्टा। हस्याङफस्याङ बेफुर्सदिलो समय। उज्याला दिन अनि दिनहरू यस्तैयस्तै। स्वाभाविक सत्य र सत्यहरू। नैरन्तर्य, अविरल, सविराम! चालै नपाउँदो चालले घिस्रँदै घस्रँदै झण्डै कछुवाको चालले। सनै सनै! मन्द गतिले। एकताप एकै मनस्थितिले। भनौं ध्यानमय मुद्रामा। दृढसङ्कल्पले। दृढसङ्कल्प ध्यानमय योग: योगमय ध्यान।

प्रकृतिको लीला। लीलामय लेखन। प्रकृतिभित्रका लीलामय प्राणी। जगत्का इहलीला। मरणपछिको लीला के हुँदो हो? ज्ञातव्य छैन।
दृढ सङ्कल्पित मनले जीवन दीर्घायु तुल्याउँछ। दृढ सङ्कल्पले विचलनबाट उन्मुक्त पार्छ। अनुभूति आफ्नै। स्वानुभूति दृढ रहन्छ। दृढता संकल्पको पूर्वाचरण। पूर्वाचरण पहिलो पाइला। पहिलो पाइला जसले हजारौं–लाखौं पाइलालाई अग्रगन्य तुल्याउँछ।

चालै नपाईकन हामी अभ्यस्त छौं। भन्नु नभन्नु मात्र। लोकमार्ग यही। यस्तै हुन्छन्–लोकमार्ग। अनि मार्गहरू लोकभरिका यस्तै। हामी व्यस्तव्यस्त यसमै। बाटो बिर्सी विनासतिर उन्मुखहरू अब सोझ्याउँदै छन्। अभियान भर्दै छन् निर्माण समृद्धिका। सच्चा साधनाकाफल प्रतिफल चाख्न छन् लालायित देश–जनता। निरन्तर एकाग्र एक ध्यान। मग्नमस्त एकचित्त।

दृढ सङ्कल्पित मनले जीवन दीर्घायु तुल्याउँछ। दृढ सङ्कल्पले विचलनबाट उन्मुक्त पार्छ। अनुभूति आफ्नै। स्वानुभूति दृढ रहन्छ। दृढता संकल्पको पूर्वाचरण। पूर्वाचरण पहिलो पाइला। पहिलो पाइला जसले हजारौं–लाखौं पाइलालाई अग्रगन्य तुल्याउँछ।
बाह्य अङ्गका दश इन्द्रियहरू प्रत्येकले स्वधर्म निर्वाह गर्छन्। दर्शणेन्द्रिय दुई आँखाले अवलोकन गरेर साद्वश सञ्चार गर्छन्। श्रवणेन्द्रिय दुई कानले सुनेर स्वर मधुरिमा सञ्चार गर्छन्। दाँतले चपाई रस प्रवाह गर्छन्।

जिब्रोले रसस्वाद गर्छन् मजाले। पड्काउँछन् जिब्रो मग्नमस्त भई आनन्दले। यी इन्द्रियहरू हुन् बाह्य प्राणी जगत्का सर्वव्यापक समान। विवादबिनाका एकल सत्य। सत्य एकल रहन्छ नै। सर्वत्र समान एकलकाँटे निर्विवाद! वादविवादरहित। मग्नमस्त एकछत्र। छाता एकैमुनि। अहोरात्र विश्वभरि! शास्वत सत्य यही अनि यस्तै। चाहना नैरन्तर्यकै। सदाबहार कामना। कामना अन्तर्मनको। अन्तर्य सदाबहार उस्तै। सुखानुभूति हुन्छ उस्तै सदा।

बाह्य दैहिक अवयवहरू रहन्न सदासदा उस्तै, जस्ताको तस्तै। सबै सबै हामीले यति त अनुभूत गर्छौं। गरिरहेकै हुन्छौं। मात्र बक्दैनौं। यत्तिकै अन्तर योग। यस्तै त छ हो जीवन–जगत्! जगत्–जीवन हाम्रो। सबैको साझा। आम जीवन–जगत्का हाम्रै हाम्रा!

जिब्रोले रसस्वाद गर्छन् मजाले। पड्काउँछन् जिब्रो मग्नमस्त भई आनन्दले। यी इन्द्रियहरू हुन् बाह्य प्राणी जगत्का सर्वव्यापक समान। विवादबिनाका एकल सत्य। सत्य एकल रहन्छ नै।
सन्दर्भ यस प्रसङ्गको योगमय ध्यान: ध्यानमय योग। योगले ध्यानमग्न गर्छ गराउँछ। ध्यानमग्न हुनु एकाग्र रहनु। एकाग्र हुनु एकै विषयवस्तुमा मग्नमस्त रहनु। मग्नमस्त रहनु दाउ कस्नु पनि। जङ्गलमा हिंस्रक जन्तुले सिकार गर्नु पहिले दाउ कस्छन्। सबै सबै हामीले देखेहेरेकै हौं। चासो राखेका हुन्नौं। रुचि सबैका आआफ्नै। एक समान हुन्न रहन्न पनि। विविधतामा सबको पहिचान हुन्छ आफ्नै छुट्टै। पहिचानमै हुन्छ स्थापित आफ्नै छुट्टै अलग। हामीलाई रुचिकर लाग्छ अस्तित्व आफ्नै। यही त विश्वविधान। रमरम रमाउँछौं यसमै हामी। तपाईं सबै सबै किन्तु योगमा दाउ हुन्न। योग मुक्त रहन्छ, दाउ–पेच–छलछाम मुक्त। योगको महिमा छ, त्यसैले लीला अपरम्पार। योगमय जीवन: जीवनमय योग! जय जननी योग माता!

योगले संयोग गराउँछ। संयोग आकल झुकलवश हुन्न। सम्भावनावश हुन्छ, हुँदो छ। तनमनसहित अर्पने सङ्कल्पित दृढताको निचोड हो– संयोग। मन पराउँछु दृढ सङ्कल्पित रहन।

जे गर्छु दृढसङ्कल्पसहित गर्छु। विचलित रहन्न, हुन्न। मन पराइन मैले विचलित रहन। विचलनले विमुख गर्छ। गराउन खोज्छ जीवनोद्देश्य। विचलनले विचलित गराउँछ जीवन। उद्देश्यविमुख जीवन के जीवन? रुचाउन्न म अल्लारे जीवन ! अल्लारे जीवन ढलमले जीवन। हुन्न आधारशीला जसको अल्लारे बन्छ। बिनाआधारशीलाको जीवन कसलाई मनपर्दो हो। कसैलाई नि मनपर्दो हो। सन्देहै सन्देह मात्र। बाँच्नु त निसन्देह। निसंकोच जीवन दीर्घमायु हुँदो छ। निसंकोच जिउने जीवन योग साधना!

हामी श्वासप्रश्वास बन्द हुनासाथ भन्ने गर्छौं -निधन भयो, स्वर्गारोहण भयो, मृत्यु भयो, फलानाढिस्काना! धार्मिक, सांस्कृतिक परिवेश, परम्परामुताबिक लय भयो भन्ने गर्छौं पनि हामी। लय हुनु वा भयो-चलनचल्तीमा छैन अचेलभरि। सृष्टि, स्थिति, लय अलि बेसी परिमार्जित/परिष्कृत छ। परिष्कार/परिमार्जन समाजकै पहिचान र परिचय बन्छ।

सामाजिक परिष्कारले नै स्तरमापन र निर्धारण गर्दो हुन्छ। सृष्टि, स्थिति, लय एकापसमा निकटतम आबद्ध देख्छु। चिम्ली आँखा हेर्छु जब ब्रह्मलाई डोर्‍याउँछ यतै सहज। सहजतामा ब्रह्मविवेक मुसुक्क मुस्केपछि चाहियो नै के र? प्रवचन यस्तै यस्तै। प्रवचनमा ग्रन्थमा आधारित अनेक तत्व ज्ञान/ज्ञान तत्वका व्याख्या विश्लेषण गरिँदो हुन्छन्।

योगले संयोग गराउँछ। संयोग आकल झुकलवश हुन्न। सम्भावनावश हुन्छ, हुँदो छ। तनमनसहित अर्पने सङ्कल्पित दृढताको निचोड हो– संयोग। मन पराउँछु दृढ सङ्कल्पित रहन।
स्ववचनमा मात्र आफ्नै अनुभूति प्रकट हुन्छन्, गरिन्छन्। ज्ञान योगका तर्क–वितर्कहरू प्रकटीकरण गरिएका हुन्छन्। स्ववचनमा धर्म, संस्कार, समाज, प्रकृति, पर्यावरण, विश्व परिस्थितिका आत्मानुभूति प्रक्षेपण हुन्छन्, गरिन्छन्। स्ववचन प्रकट गर्नु कठिन साध्य देख्छु। श्रेय लाग्छ मलाई। हजुरहरूलाई लाग्छ नै कसो? जय जननी, नागरिक समाज, नेपाली नागरिक, स्ववचन, जीवनसार, निष्ठा जीवन!
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस