मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडी खोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्।
दैनिक जसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। हाँडी खोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका छन्।
लामिटारका लक्ष्मण राईको जंगलमा चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाहरूले अजिंगर नियन्त्रणमा लिएका हुन्। उक्त अजिंगर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइको छ।
निकुञ्जका कर्मचारीले अजिंगरलाई निकुञ्जको ‘कोर एरिया’ मा लगेर छोडेको जानकारी दिए।
‘बोकालाई अजिंगरले मारेको जानकारी पाएपछि हामीले जंगलमा गएर त्यसलाई समातेर निकुञ्जको कर्मचारीको जिम्मा लगाएका हौं’, स्थानीय श्यामबहादुर राईले भने, ‘थप क्षति नहोस् भन्ने उद्देश्यले ज्युँदै समाएर पठाएका हौं।’
केही दिन अघि घाँस दाउरा गर्न गएका स्थानीय महिलालाई पनि अजिंगरले आक्रमणको प्रयास गरेको थियो। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जंगलमा अजिंगर देखा परेको हो।
यस क्षेत्रमा जंगली जनावरले दुःख दिने गरेको छ। केही दिन अघि लामिटारकै जने राईको खेतबाट समेत अजिंगर नियन्त्रणमा लिएर निकुञ्जको कर्मचारीको जिम्मा लगाइएको थियो।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिंगर सहित अघिल्लो दिन भेटिएकोलाई पनि ‘कोर एरिया’ मा लगेर छोडिएको जानकारी दिए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...