जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न थालेयता मोरङमा ८ सय ९४ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्।
असार ११ गते देखि मोरङमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिन थालिएको थियो।
नागरिकता वितरण सुरु गरेपछि हरेक दिन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी नागरिकता प्राप्त गर्नका लागि लामो लाइन लाग्ने गरेको छ। आमा र बाबु दुवैको नागरिकता भएका जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार असार ११ गते १ सय २८ जनाले नागरिकता लिएका थिए। असार १२ गते १ सय ९५, असार १३ गते १ सय ४७, असार १४ गते २ सय २२ र असार १५ गते २ सय २ जनाले नागरिकता लिएका छन्।
मोरङमा जिल्ला प्रशासन कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय रंगेली र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट नागरिकता वितरण भइरहेको छ।