महोत्तरीमा दुईजनाको विवादमा गोली चल्दा एकजना घाइते भएका छन्। मंगलबार साँझ स्थानीय ३८ वर्षीय कौशल मण्डलले चलाएको गोलीबाट रामगोपालपुर नगरपालिका-१ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव घाइते भएको महोत्तरी प्रहरीका डिएसपी दिलिप कुमार गिरिले जानकारी दिए।
श्रवणमाथि गोली चलाएको आरोपमा कौशललाई प्रहरीले घटना स्थलबाटै पक्राउ गरिसकेको छ। गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ। कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा पुर्याएकाे थियाे।
डिएसपी गिरीले यादवमाथि दुई राउराण्ड गोली प्रहार भएको जानकारी दिए। मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका बरामद भएको हो। प्रहरीका अनुसार गोली चलाउने कौशल स्थानीयको कुटपिटबाट सामान्य घाइते भएपछि उपचार गराएर जिल्ला प्रहरी महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको छ । गोली प्रहार किन गरेको कुरा खुल्न सकेको छैन।