सिदिङ्वा पहिरो: मानवीय क्षतिदेखि घर र पशु चौपायासम्मलाई राहत
२० असार २०८०
•
३ मिनेट पाठ
सिदिङ्वा पहिरो: मानवीय क्षतिदेखि घर र पशु चौपायासम्मलाई राहत
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ।




मानवीय क्षति व्यहोरेकादेखि घर र पशु चौपाया गुमाएका परिवार समेतलाई कार्यविधि अनुसार राहत उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिए।

गाउँपालिकाले पहिलो चरणमा बाढी पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ। बेपत्ता परिवारका आफन्तले बेपत्ता सदस्य भेटिने आशमा काजक्रिया समेत गरेको अवस्थालाई मध्यनजर गर्दै बेपत्ता सदस्यलाई समेत मृतकले पाउने सरह राहत उपलब्ध गराइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिए।

गाउँपालिकाले बाढी पहिरोमा परी मृत्यु भएका सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेका गणेश तामाङ,केशरबहादुर राई र सुरेश राईका आफन्तलाई जनही ६० हजार रुपैयाँका दरले राहत रकम दिएको छ। गणेशका बुवा हर्कबहादुरलाई पालिका अध्यक्ष राईले राहत रकम हस्तान्तरण गरेका छन् भने केशरबहादुर र सुरेशका आफन्तले पाउने रकम मेहेलेका वडाध्यक्ष रन्तकुमार लिङ्देनमार्फत बुझाउने गरी पालिकाले जिम्मा लगाएको छ।

यस्तै पहिरोले बेपत्ता बनाएका मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री,सन्ध्या बुढाक्षेत्री र प्रज्ववल बुढाक्षेत्रीका आफन्तले पाउने जनही ६० हजार रकम भगिमायाँका श्रीमान् यादवकुमार बुढाक्षेत्रीले बुझेका छन्। आठराई त्रिबेणी गाउँपालिकाले समेत मृतक ३ तथा बेपत्ता ३ गरी ६ जनाका आफन्तलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ। आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ र गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ आफैं गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर राहत रकम हस्तान्तरण गरेका छन्। आठराई त्रिबेणी गाउँपालिकाले गत असार १० गते सम्पन्न बजेट अधिवेशनमार्फत नै सिदिङ्वामा गएको पहिरोका कारण मृतक तथा बेपत्ता परिवारका सदस्यलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय लिएको थियो।  

घरवार देखि पशु चौपाया गुमाएका सम्मले राहत पाउने

सिदिङवा गाउँपालिकाले बिपद्ले कारण घर पूर्ण रुपमा क्षति गरेका परिवारदेखि पशु चौपाया सम्म गुमाएका परिवारका लागि राहत रकम दिने भएको छ। पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)का अनुसार पालिकाले तयार गरेको कार्यविधि अनुसार यस्तो रकम उपलब्ध गराउन लागिएको हो। पालिकाका अनुसार घरबारविहिन भएका परिवारलाई प्रतिरिवार ५ हजार देखि ४० हजार सम्म,अंगभंग भएका परिवारलाई प्रतिव्यक्ति २७ हजार र शारिरिक रुपमा घाइते भएकालाई उपचार खर्च बापत प्रतिव्यक्ति २० हजार राहत उपलब्ध गराउन लागिएको हो। यस्तै पशु गुमाएका हकमा भैंसी भए प्रतिगोटा १५ हजार,गाईगोरु भए १० हजार,भेडाबाख्रा भए ५ हजार र बंगुर–संगुर भए प्रतिगोटा ३ हजार रुपैयाँका दरले राहत रकम दिईने गाउँपालिकाले जनाएको छ।  

प्रमुख प्रशासकीय अधिकृतको सरुवाले राहत वितरणमा कठिनाई

सिदिङ्वा गाउँपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ। पालिका अध्यक्ष राईका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत बेघालाई सो जिम्मेवारीबाट पालिकाको साविक पद(सव–ईञ्जिनियर)मा प्रतिस्थापन हुनेगरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गत फागुन २७ गते कोभिद ढकालको सरुवा भयो। ढकाल लामो समय सम्म कार्यालयमा हाजिर भएनन्। एकैपटक जेठको २७ गते पालिका आए। हाजिर भएको दुईदिनमै ढकालले बेघालाई नै निमित्त दिदैं बिदा गए। त्यसपछि उनी पालिका फर्किएन्। उतै सरुवा मिलाएका ढकालले रमाना पठाइदिन भने। 

‘ढकाल प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएपछि यसअघि आर्थिक कारोवार समेत पाएका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रोकियो, आर्थिक कारोवार समेतको जिम्मेवारी निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन मन्त्रालयले नै फेरी सहमति दिनु पर्ने रहेछ’पालिका अध्यक्ष राईले भने, ‘त्यहिँ भएर बिपद् पीडितलाई राहत उपलब्ध गराउने प्रकृयामा समेत केहि बिलम्ब भयो।’ फेरी निमित्त प्रमुख प्रशासकीय अधिकृतका नामबाट खाता सञ्चालन हुने बित्तिकै नगद राहत बितरण सुरु भएको पालिका अध्यक्ष राईले बताए।  
अर्को समाचार
सिदिङ्वा पहिरोका मृतक र बेपत्ताका परिवारलाई आठराई त्रिवेणीले ५० हजार राहत दिने
१० असार २०८०
•
१ मिनेट पाठ
सिदिङ्वा पहिरोका मृतक र बेपत्ताका परिवारलाई आठराई त्रिवेणीले ५० हजार राहत दिने
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वा पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।




पालिकाको दोश्रो गाउँसभाको तेश्रो अधिवेशनले मृतक तीन र बेपत्ता तीन जनाका परिवारलाई जनही ५ं० हजार रुपैँया राहत दिने भएको हो।

आइतबार बसेको कार्यपालिका बैठकले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले  बताए।

उक्त राहत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एक साता भित्रै पहिरो प्रभावित परिवार सम्म पु¥याउने योजना रहेको अध्यक्ष पोमूले बताए।

असार २ गते राती झरेको पहिरोले घर बगाउँदा मेहेलेका गणेश तामाङको निधन भएको थियो भने एकै परिवारका तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा भगीमाया बुढा क्षेत्री, उनकी बुहारी सन्ध्या र नाती प्रज्वल बुढा क्षेत्री छन्। यस्तै पहिरोमा परी असार ४ गते मेहेलेकै केशरबहादुर राई र सुरेश राईको निधन भएको थियो।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस