पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं
२० असार २०८०
•
३ मिनेट पाठ
पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं
झण्डै आधा शताब्दी पुग्दा पनि पोखरा बसपार्क बनाउने पोखरेलीको सपना पूरा भएको छैन। १८ फागुन २०३२ सालमा बसपार्क बनाउन भनेर जग्गा अतिक्रमण गरिएको थियो।  




सेती नदी, सिद्धार्थ राजमार्ग, एयरपोर्टको तारबार र पृथ्वी राजमार्ग भित्रको जग्गामा बसपार्क बनाउने भनेर अधिग्रहण गरिएको जग्गा नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो। यस बीचमा बसपार्क बनाउन पटक पटक विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बने। तर, सबै प्रतिवेदन कार्यालयको दराजमा थन्कियो तर बसपार्क भने बनेन।

बरु, बसपार्कको भूमि भने अतिक्रमणको चपेटामा पर्‍यो। सोही कारण बसपार्क बनाउन भनेर छुट्याइएको २०५ रोपनी क्षेत्रफल घटेर अहिले ८१ रोपनीमा खुम्चिएको छ। पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ। फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले पोखरा महानगरपालिकाका मेयरकै नेतृत्वमा छ।

बसपार्क बनाउन हरेक वर्ष न्यून भए पनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन। बरु चालु वर्षमा बसपार्क हिलाम्मे र धुलाम्मे भयो भन्दै अस्थायी ढलान गरियो। जसले स्थानीयलाई केही राहत त दियो तर त्यसरी अस्थायी ढलान गरेपछि स्थायी बसपार्क बन्ने सम्भावना भने कमजोर बन्दै गएको आभास हुन्छ।

त्यसो त गण्डकी प्रदेश सरकारले पनि पोखरामा बसपार्क बनाउने कुरालाई कागजमा भए पनि सधैँ जोड दिने गरेको छ। प्रदेशले खास गरेर पोखरा–३२ लामेआहालमा प्रदेशस्तरीय बसपार्क र पोखरा–९ पृथ्वी चोकमा नगर टर्मिनल बसपार्क बनाउने भन्दै बजेट वर्षेनी छुट्याउने गरेको छ। तर, सो बजेट सँधै खर्च नभई फ्रिज भएर फर्किन्छ।  

बसपार्क बजेटको अभावमा नबनेको भने होइन। किनकि बसपार्क बनाउन महानगरले हरेक वर्ष बजेट छुट्याउँछ। उसो त बसपार्क बनाउनका लागि दशक अघिदेखि नै झण्डै १० करोड रुपैयाँ छुट्याएर बैंकमा डिपोजिट छ। त्यसैले स्थानीय भन्छन्, ‘बसपार्क ईच्छाशक्ति नभएर नबनेको हो, बजेट नभएर होइन।’ बसपार्क नबन्नुमा राजनीतिक दलहरुको पनि धेरथोर योगदान रहेको पोखरेलीको गुनासो छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्वासी हटाउनुपर्ने हुन्छ। जुन उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने दलहरुमा त्रास छ। यसमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन्।  

तर यति बेला भने फेरी बसपार्क बनाउनुपर्ने आवाज उठ्न थालेको छ। यातायात व्यवसायीका नेता भानुभक्त बराल बसपार्क चाँडो बनाउनुपर्ने बताउँछन्। नेतृत्वमा ईच्छाशक्ति नहुँदा जग्गा र पैसा भएर पनि बसपार्क नबनेको भन्दै उनले भने, ‘बसपार्कले अभिभावक पाएको छैन।’ 

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे कुनै पनि सर्तमा बसपार्क बन्नुपर्ने बताउँछन्। पुरानै क्षेत्रफलमा बनाउन सम्भव नभए अहिले बाँकी रहेको क्षेत्रफलमा मात्रै भए पनि बसपार्क बनाउनुपर्ने बताउँदै उनले भने, ‘बसपार्क कुनै पनि हालतमा बन्नुपर्छ। बरु बहुतले भवन बनाऔं।’ पृथ्वी चोकमा बसपार्क नबन्ने हो भने पर्यटनमा नराम्ररी धक्का लाग्ने उनले बताए।  

सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र कास्कीका कार्यवाहक अध्यक्ष कमलबहादुर श्रेष्ठ महानगरमा बसपार्क नहुनु विडम्बना भएको बताउँछन्। ‘पोखराको लाइफलाइन हो बसपार्क,’ उनले भने, ‘बसपार्क रहे यहाँका पर्यटन व्यवसाय रहन्छ नत्र व्यवसाय पनि धरापमा पर्ने हो।’  

पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी भने बसपार्क चाँडै बन्ने दाबी गर्छन्। ‘बसपार्क बन्छ र बन्नुपर्छ,’ उनले भने, ‘महानगरले बनाउन सुरु गरेन भने आन्दोलन गरौँ।’ उनले बसपार्क पोखराको शान भएको बताए। जसरी फेवाताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको शान हो त्यस्तै बसपार्क पनि भएको उनको भनाई छ।  

डिपीआरलाई देखाएर बसपार्क बन्न रोक्न नहुने उनले बताए। कति वटा डिपीआर बनाउने ? उनले प्रश्न गर्दै भने, ‘अब पनि विभिन्न बहाना बनाउने, बजेट नहाल्ने गरियो भने श्रमदान गरेर भए पनि बनाउँछौँ।’ वडाध्यक्ष मर्सानीले एयरपोर्ट बनाउनका लागि दबाब दिन रिले अनसन र थाल ठटाएजस्तै बसपार्क बनाउन पनि त्यस्तै गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘अबदेखि मेयरलाई जहाँ भेट्यो त्यहीँ मेयरसाब! हाम्रो बसपार्क कहिले बन्छ? भनेर प्रश्न गरौँ।’  

बसपार्क पोखराको लाइफलाइन भएकाले यसले समृद्धिमा पनि सघाउने उनले बताए। ‘फेवाताल हेर्न पर्यटक जान्छ भने बसपार्क हेर्न पनि आउँछन्। तर, हेर्न लायक बसपार्क त बनाउनु पर्‍यो नि!’ उनले भने।
अर्को समाचार
पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज
१९ भदौ २०८०
•
३ मिनेट पाठ
पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज
फाइल।
पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुवात गरेको छ।




बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो।

मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो। हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए।

पर्यटकीय सहर पोखरामा विसं २०३२ मा सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माणका लागि जमिन छुट्याइए पनि हालसम्म पूर्वाधार बन्न सकेको छैन। पछिल्लो समय बसपार्कभित्रको जमिन समथर बनाउने, खाल्डाखुल्डी पुर्ने पुराना र थोत्रा सवारीसाधन हटाएर सहज बनाइएको तिमिल्सिनाले बताए।

उनले भने, ‘महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्कभित्रबाटै छुट्ने÷छुटाउने अनिवार्य व्यवस्था लागू गरिएको छ। अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोहीअनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेज बन्द गरेका हौँ।’

बसपार्क व्यवस्थापनमा स्थानीय व्यवसायीले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले जानकारी दिए। उनका अनुसार बसपार्कभित्र रहेका कवाडी सङ्कलन केन्द्रलाई यही भदौ २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ।

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए। बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन्।

यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन्। बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।

उनका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ। त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका काम गरिनेछन्।

आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो। तर अहिलेसम्म बसपार्कका पूर्वाधार बन्न नसक्दा बसपार्क वरिपरिको क्षेत्र कुरुप बनेको छ। 

बसपार्क बनाउन छुट्याइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ। बसपार्कभित्र  पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेका थिए। पछिल्लो समय भने बसपार्कभित्रैबाट छुट्ने नियम बनाइएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस