पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना
२४ असार २०८०
•
३ मिनेट पाठ
पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना
झर्झराउँदो झरना। पहाडबाट झर्दै गरेको पानी। हरियालीका साथै फेदमा सुन्दर पोखरी। असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ। यो झरना देख्नासाथ नलोभिने कोही हुन्न। झरनाको फेद पुगुपुगु लाग्छ। झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ। झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ।




विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन्। मर्स्याङ्दी नदी नजिकै यो झरना रहेको छ। बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना डुम्रे–बेँसीसहर सडक नजिकै पर्छ। एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु। यस झरनामा दैनिक तीन सय जति पर्यटक आउने गरेका छन्। शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनामा हुन्छन्।

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन्।

झरनामा आएका आन्तरिक पर्यटक आदेश श्रेष्ठ भन्छन्, “छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिँदा मन फुरुङ्ग हुन्छ, सङ्लो पानी झर्झर् झर्दै झरिरहेको यस झरना मा पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ।”
झरनाको शीतलतासँगै सेल्फी खिच्दा रमाइलो हुने बेँसीसहर नगरपालिका वडा नं ८ शेराफाँटबाट आएका आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताए। आफू मात्र नभई साथीहरुसँग झरना हेर्न, दिन कटाउन र झरनाको मज्जा लिन आउने गरेको उनको भनाइ छ।

अन्य ठाउँको भन्दा यस ठाउँमा पौडी खेल्न मन लागेकाले झरनामा आएको तनहुँबाट आएका अर्का पर्यटक योगेश घिमिरेले बताए। झरनासँग रमाउँदा दिन बितेको पत्तो नै नहुने उनले सुनाए। यस झरनामा बालबालिकादेखि युवायुवतीको भीड बढी हुन्छ। यस झरनामा यति बेला बर्खाको समयमा समेत पर्यटकको भीड लागिराखेकाले झरना नजिकै विभिन्न साना-साना पसलसमेत सञ्चालन हुन थालेका छन्।

स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए। सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ। यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

उनले भन, “यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेका छौँ।” 
झरनालाई व्यवस्थित गर्न र पर्यटकको आकर्षण स्थल बनाउनका लागि निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको उनको भनाइ छ। उनका अनुसार यस मर्स्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर आइरहने बनाउने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङ स्थल बनाइने भएको छ। त्यस्तै सो झरनामा क्यानोनिङ तथा र्‍याफ्टिङसमेत सञ्चालन गरिने उनी बत्ताउँछन्।

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ। गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ।

यस गाईखुरे झरनाबाहेक चक्रीय अन्नपूर्ण पदमार्गको छेउमै पर्ने मर्स्याङ्दी गाउँपालिकास्थित हामफाले (भुलभुले) झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन आकर्षित गरेको छ। यस झरनामा समेत जिल्लाका बेँसीसहर, खुदी, चनौटेलगायत दर्जनौँ स्थानबाट मात्र नभई विभिन्न जिल्लाबाट समेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका स्थानीयको भनाइ छ।

केही वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो। यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ। झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकका लागि उपयुक्त गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।

त्यस्तै गाउँपालिकाकै वडा नं ४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ। यस झरनामा समेत सयौँ युवायुवती पुग्ने गरेको स्थानीयको भनाइ छ। यति बेला बर्खायामको बेलामा समेत उक्त झरनामा पर्यटकको भीड बढ्दै गएको छ।
अर्को समाचार
चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल
१४ मंसिर २०८०
•
२ मिनेट पाठ
चन्दा र श्रमदानबाटै लमजुङमा अस्थायी मोटरेबल पुल
तस्बिर सैजन्य: घनश्याम घले।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा स्थानीयले श्रमदानबाटै अस्थायी मोटरेबल पुलको निर्माण सुरु गरेका छन्।




विगत चार वर्षदेखि स्थानीय आफैंले चन्दा संकलन गरी काठको अस्थायी मोटरेबल पुल निर्माण गर्दै आइरहेका हुन्।

यसरी बनाइएको पुल मर्स्याङ्दी नदीको बहाव अनुसार राख्ने र निकाल्ने गरिन्छ। स्थानीयका अनुसार नदीको बहाव बढेको समयमा निकालिन्छ र बहाव घटेसँगै हरेका वर्ष पुनः जडान गरिन्छ।

यसरी हरेक वर्ष बनाइने यो पुलले कम्तीमा छ महिनासम्म प्रयोगमा ल्याइन्छ। सरकारले पक्की मोटरेबल पुल निर्माण गर्न चासो नदेखाए पछि यहाँका स्थानीय आफैं पुल बनाउन सक्रिय भएका हुन्।

अस्थायी मोटरेबल पुल निर्माणले आवतजावत गर्न सहज हुनैका साथै यातायात तथा ढुवानी गाउँसम्म पुर्‍याउन सहज हुने स्थानीय बताउँछन्।

पुल निर्माणका लागि यो वर्ष स्थानीको चन्दासँगै वडाबाट २ लाख र पालिकाबाट ३ गरी ५ लाख विनियोजन भएको मर्स्याङ्दी–५, घेर्मुका वडाध्यक्ष घनश्याम घलेले जानकारी दिए।

उनका अनुसार पहिलो दुई वर्ष स्थानीयकै चन्दा संकलनबाट अस्थायी पुल निर्माण गरिएको थियो। सो बेला करिब साढे तीन लाख हाराहारीमा उक्त पुल निर्माण भएको उनले बताए। 

गत वर्ष भने १ लाख वडाबाट र बाँकी चन्दाबाट उक्त पुल बनाइएको थियो। पुल निर्माणका लागि गत वर्ष भने ५ लाख हाराहारी बजेट लागेको उनले सुनाए।

यस वर्ष भने ५ लाख भन्दा बढी नै खर्च हुने उनको अनुमान छ। यस वर्ष वडाबाट २ लाख र पालिकाबाट ३ लाख गरी ५ लाख छुट्टाइएको उनले जनाए। निर्माणका लागि रकम पर्याप्त नभए देश विदेशबाट पनि चन्दा संकलन हुने उनको भनाइ छ।

‘पुल अस्थायी भएपनि धेरै टिकाउ हुन्छ। ट्र्याकटरहरु सहज लोड लिएर खोला पार गर्न सक्छन्। जिप लगायत अन्य सवारीहरु पनि सहज चल्छ।’  वडाध्यक्ष घलेले भने।
पक्की मोटरेबल पुल नहुँदा यहाँका स्थानीयले हरेक वर्ष सस्ती खेप्नुपरेको छ। मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मर्स्याङ्दी नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्नुपर्न बाध्यात्मक अवस्था छ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु वडाध्यक्ष घलेले पक्की पुल निर्माणका लागि पहल गरिरहेको भएता पनि सुनवाइ नभएको बताए। अघिल्लो वर्ष डिपिआर पनि भइसकेको तर बजेट नआएको प्रति उनको गुनासो थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस