घरबाट खेल्न भनेर बाहिर निस्केका दुई दाजुभाईको पानीमा डुबेर मृत्यु भएको छ।
सर्लाहीको पर्सा गाउँपालिका ४ स्थित बाँके खोलाको तटबन्ध निर्माणका लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर दुई दाजुभाईको मृत्यु भएको हो।
पर्सा गाउँपालिका ४ का नागेन्द्र महतो दुई भाई छोराहरुको खोलामा डुबेर एकैसाथ मृत्यु भएको हो। शनिवार साँझतिर घरबाट खोलातिर खेल्न निस्केका १२ वर्षीय प्रिन्स महतो र १० वर्षीय दिपु महतो फर्केर नआएपछि आफन्तहरुले खोजतलास सुरु गरेका थिए।
खोजतलासको क्रममा राती करिब १२ बजेतिर जमेको पानीमा डुबेको अवस्थामा फेला परेका थिए। पानीबाट निकालेर दुवै जनालाई प्रादेशिक अस्पताल मलंगवा पु¥याउँदा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।