खेतमा काम गर्दागर्दै रौतहटमा एक किसानको मृत्यु भएको छ।
आइतबार बिहान खेतमा काम गर्न गएका मौलापुर नगरपालिका-९ सोनरनियाका एक किसानको खेतमै मृत्यु भएको हाे। कोदालोले खेत खनिरहेका स्थानीय मनीर मिया अन्सारीको खेतमै मृत्यु भएको प्रहरीले जनाएको छ। अत्यधिक गर्मीका कारण मियाको खेतमै मृत्यु भएको अनुमान गरिएको छ।
आइतबार रौतहटमा अत्यधिक गर्मी महसुस गरिएको थियाे। खेतमा काम गर्दागर्दै किसानको मृत्यु भएपछि मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले सम्बन्धित निकायसित राहत तथा क्षतिपूर्तिको माग गरेकी छन्।
यसै बीच सर्लाहीमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
सर्लाहीको गोडैता नगरपालिका १२ मा प्रदेश २ – ०३– ०१२ प ९७४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकौल गाउँपालिका १ का ४५ वर्षीय सोनालाल राउत रहेको प्रहरीले जनाएको छ।