एक दिनमा ७२ पटक लोडसेडिङ !
२६ असार २०८०
•
३ मिनेट पाठ
एक दिनमा ७२ पटक लोडसेडिङ !
भक्तपुरको सूर्य विनायक नगरपालिकाका एक जना पीडितले दिक्दार मानेर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे, ‘भक्तपुरको सूर्य विनायक नगरपालिका एउटा यस्तो नगरपालिका होला जहाँ एक दिनमै ७२ चोटि लोडसेडिङ भइरहेको छ।




भक्तपुरेन्सको सामूहिक फेसबुकमा उनले राखे जस्तै अहिले सूर्य विनायक नगरपालिकामा मात्रै नभई जिल्लाका चार वटै नगरपालिकाको हालत यस्तै छ, छिनछिनमा लोडसेडिङ हुने । त्यो पनि हिजोआजबाट होइन, महिना दिन अगाडिदेखि नै । 

दिनमा दर्जनौँ पटक हुने लोडसेडिङले जिल्लावासी हैरान भएका छन् । विशेष गरेर उद्योग, कलकारखाना, सरकारी तथा गैर सरकारी कार्यालयहरू जो विद्युतको आधारमा चल्छन्  विशेष समस्या पारेको छ । 

घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँ बिजुली बत्ती जाने आउने गरेको स्थानीयले बताएका छन् । पाँच, सात मिनेटको फरकमा दैनिक दर्जनौँ पटक बिजुली जाने र आउने गरेको छ यहाँ । स्थानीयका अनुसार यहाँ यसरी नै बिजुलीको जुहारी चल्ने गर्दै आएको छ ।

छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको छ । ‘कसैले पत्याउँदै नपत्याउने गरी यहाँ दैनिक दर्जनौँ पटक लोडसेडिङ भइरहेको छ, एक स्थानीयले भने । उनीहरूका अनुसार झन्डै एक महिना अगाडिदेखि नै बत्ती नगएको कुनै दिन नै छैन । दैनिक कुनै न कुनै बेला बत्ती गइहाल्छ।कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ती जाने आउने गरेको उनीहरुले बताए।

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीका फर्निचर व्यवसायी रविन कवांले घोषित रुपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएको बताए ्। ‘हामी सामान्य सिकर्मी काम गर्ने नै असाध्यै पीडित छौ भने अरु ठूलाठूला उद्योग चलाउनेहरू के भए होलान् ? उनले प्रश्न गरे । 

छिनछिनमा बिजुली बत्ती जाँदा काममा बाधा पुग्ने गरेको उनले बताए । काठका कामका लागि छिनछिनमा मेशिन चलाउनुपर्ने भएर समस्या हुने गरेको उनले बताए ।

भक्तपुर लिवालिकी रामलक्ष्मी साँध पनि दैनिक बत्ती जाँदा असाध्यै समस्यामा परेको सुनाउँछिन् । ‘दिनमा त ठिक छ, तर राति पनि बत्ती जाँदा हैरान भएका छौँ, उनले भनिन्, ‘राति बत्ती गएपछि मैनबत्ती किन्न जाँदा पनि कहीँ कुनै पसलमा पाइँदैन । 

अनि त झन् समस्या हुन्छ ।’ घोषित रुपमा लोडसेडिङ नहुने भएकाले पसलेहरूले मैनबत्ती बेच्न छोड्दा थप समस्या हुने गरेको उनको भनाई  छ । ‘पहिला पहिला घोषित लोडसेडिङ हुने भएकाले पहिला नै जेनरेटर राखेर हुन्छ कि के गरेर हुन्छ काममा बाधा नपुग्ने गरी मिलाइराखेको हुन्थ्यो, स्थानीयको स्थानीयको सामूहिक पीडा छ, ‘तर अहिले अघोषित लोडसेडिङ हुँदा केही पनि म्यानेज गरिगएको हुँदैन । यसले बिजुली जाने बेला काम नभई श्रम मात्रै खेर जाने गरेको छ ।’

नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका कार्यालय प्रमुख रामदुलार यादव लोडसेडिङको भक्तपुरबाट वितरण हुने विद्युतमा समस्या रहेको स्वीकार गरे।कार्यालय प्रमुख यादवले यो समस्या अझै एक महिनासम्म कायम रहन सक्ने जनाए । 

अबको एक महिनापछि यो समस्या नहोला, उनले नागरिकसँग भने, यो समस्या कुनै बिग्रेर भएको होइन बरु सब स्टेसनहरूलाई क्षमता वृद्धिको काम भइरहेकाले भएको हो । क्षमताबृद्धिको यो काम एक महिनाभित्र सकाउने योजना रहेको उनले सुनाए । उनका अनुसार विद्युतको सब स्टेसन क्षमताबृद्धिको काम भइरहेको छ । यही कारण छिनछिनमा लोडसेडिङ भइरहेको हो। 
अर्को समाचार
जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैनः प्राधिकरण
०६ माघ २०७७
•
२ मिनेट पाठ
जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैनः प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।  




उपभोक्ताले दैनिकरुपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।  

पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, 'प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ।'  

कर्णालीका कालीकोट, हुम्ला र मुगुमा चालू आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने गरी काम गरिरहेका प्राधिकरणको भनाइ छ। कर्णाली प्रदेशका कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत् पुर्‍याउन दैलेखबाट कालीकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ।  

प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ। राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको जनाएको छ।  

प्राधिकरणले ११०/११० किलोवाट जडित क्षमता भएका दुईवटा युनिट रहेको लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ। हिउँदमा खोलामा पानी घट्ने भएकाले हाल आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ।  

हरेक दिन राति २ बजेबाट बिहान ५ बजेसम्म विद्युत् उत्पादन बन्द गरी पानी जम्मा गरिन्छ। त्यसरी जम्मा भएको पानीबाट बिहान विद्युत्गृह सञ्चालन गरी विद्युत् आपूर्ति गरिन्छ। फेरि बिहान ८ देखि १० बजेसम्म विद्युत्गृह बन्द गरिन्छ। जम्मा भएको पानीबाट १० बजेपछि ४ बजेसम्म विद्युत् उत्पादन गरी आपूर्ति गरिन्छ। साँझ विद्युत् आपूर्तिका लागि विद्युत्गृह फेरि दिउँसो ४ देखि साँझ ६ बजेसम्म बन्द गरिन्छ। ६ बजेपछि विद्युत्गृह सञ्चालन गरी राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए। रासस
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस