नौं वर्षमा पनि बनेन नब्बे मिटरको पुल
२७ असार २०८०
•
४ मिनेट पाठ
नौं वर्षमा पनि बनेन नब्बे मिटरको पुल
नम्बे मिटर लम्बाइको पक्की पुल बनाउन कति वर्ष लाग्ला? दुई वर्ष! चारवर्ष या ६ वर्ष! तर देशकै मुख्य पर्यटकीय स्थल लुम्बिनी जोडनेभैरहवा–लुम्बिनी सडकको तिनाउ र दानव नदिमा निर्माणाधिन पुल ९ वर्ष बितिसक्दा पनि पुरा भएको छैन। ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण ठेक्का सम्झौता भएको ९ वर्ष वितिसक्दा पनि ९० मिटरका दुई वटा पुल बन्न नसकेका हुन्।




पर्यटकीय मार्गका पुल लामो समय अलपत्र हुँदा स्थानीय,यातायात व्यवसायी,यात्रु संगै बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकले सास्ती भोग्नु परेको छ। हुलाकी राजमार्गमा पर्ने यी दुई पुल निर्माणमा सुरुदेखि नै भइरहेको लापरबाही र ढिलासुस्तीको नकारात्मक प्रभाव लुम्बिनीको पर्यटनमा परीरहेको छ। किनकी भैरहवा–लुम्बिनी सडक चारलेनमा स्तरोन्नती भइसकेको छ। तर सो खण्डमा पर्ने तिनाउ र दानव  नदिमा रहेका पुराना पुल साँगुरा र जीर्ण छन्। जहाँ मालबाहक गाडीहरु संगै पर्यटकका गाडीहरुको जाम लाग्छ।

यी दुई पुल निर्माणका लागि २०७१ को पुषमा पप्पु/बाम्ती जेभीले ठेक्का पाएको थियो। ठेक्का सम्झौता अनुरुप २०७३ को असारमै पुल बनीसक्नु पर्ने थियो। तर पप्पुले ६ वर्षसम्म अलपत्र पारेपछि ठेक्का सम्झौता रद्द गरीयो।

ती पुलका लागि २०७७ मा पुन, टेण्डर आब्हान गरीयो। पप्पुले अलपत्र पारेका पुलको ठेक्का रमण रिअर ओम इन्फाटेक जेभीले हात पर्यो। तर उसले पनि पप्पुकै जस्तो कार्यशैली देखाउँदै पुल निर्माणमा ढिलासुस्ती गरीरहेको छ। यी दुई पुलका लािग रमण रिअरसंग २०७८/९/२७ गते ठेक्का सम्झौता भएको हो। २०८०/९/२६ गते पुल निर्माण गरीसक्नु पर्ने सम्झौतामा उल्लेख छ। पप्पुले छोडेको बाँकी कामका लागि रमण रिअरले १० करोड ३० लाख ९६ हजारमा दुई वटा पुल निमार्णको जिम्मा पाएको हो। तर उसले पनि पुल निर्माणको काममा ढिलासुस्ती र लापरबाही गर्दा निर्माणले गती लिन सकेको छैन।

सम्झौता अनुरुप यही वर्षको पुष सम्ममा दुवै पुल तयार भई संचालनमा आउनु पर्ने हो। तर हिउँद भरी निर्माणको काम असरल्ल छोडेर गायब भएको ठेककेदार आर्थिक वर्ष सकिने बेलामा बल्ल काममा फर्कीएको छ। हिउँदभरी काम नगरेर दङल्याएको रमणले झरी सुरु भएपछि बेथरी स्थित तिनाउ पुलको स्ल्याब ढलाइको तयारी गरीरहेको छ। रमणले तिनाउ पुलको फाउण्डेसनको काम सकेर स्ल्याब ढलाइको तयारी गरीरहेको हुलाकी सडक आयोजना कार्यालय कपिलबस्तुका सुचना अधिकारी ई. सुशील पौडेलले जानकारी दिए। ‘वर्षाले साथ दिए यो साता भित्र एउटा स्ल्याब ढलाइ गर्ने र दसैं सम्म अर्को पनि ढलाइ गरी पुल संचालनमा ल्याउने कन्ट्रयाक्टरले प्रतिवद्धता गरेको छ’  इ. पौडेलले भने।

ठेक्का हात पारेपछि झण्डै एक वर्ष कामै नगरेको रमणले पप्पुकै जस्तो कार्यशैली देखाएको आयोजनाका अधिकारीहरु बताउँछन। पर्यटकीय महत्वको सडक त्यसमा पनि पुराना पुल जिर्ण र जोखीम युक्त भएकाले यी दुइ पुल तोकीएको समयमै सम्पन्न गर्न ताकेता गरीरहेका छौं, तर ठेक्केदारको लापरबाहीले ढिलाइ भइरहेको छ’ ई.पौडेलले भने।

दानब नदिको पुल भने अहिले पनि अलपत्र अवस्थामै छ। ठेक्का समझौता भएको दुइ बर्ष सकिनै लाग्दा उसले दानव नदिको पुलकालागि दुइ वटा पायलीङ मात्रै गरेको छ। पोहोरको  आर्थिक वर्षको अन्त्यतीर  छिटपुट काम गरेर रकम निकासा लगेपछि लामो समय सम्पर्क विहिन भएको ठेक्केदारलाइ हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तुले पटक पटक चेतावनी सहितको पत्र काटेको थियो। तैपनि अटेरी गरेपछि गत फागुनमा ठेक्का रद्द गर्ने चेतावनी सहितको पत्र काटेपछि बल्ल काममा फर्कीएको कार्यालयका सूचना अधिकारी ई.पौडेलले बताए। विभिन्न बहाना देखाएर निर्माणमा ढिलासुस्ती गरीरहेको रमणले म्याद थपको पत्र ल्याइसकेको कार्यालयले जनाएको छ।

खोला नदिमा पुलको ठेक्का लिएका ठेकेदारहरुले हिँउदभरी कामै नगर्ने तर आर्थिक वर्षको अन्त्यतिर झरीमै भएपनि काम देखाएर भुक्तानी लिने प्रबृत्ति बढ्दै गएको जानकारहरु बताउँछन। ‘विभिन्न बहाना देखाएर सम्झौता अवधीभर कामै नगर्ने कन्ट्रयाक्टरले नै पहुँचको आधारमा माथिबाट म्याद थपेर आउँछन,हामीलाइ टेर्दैनन जसले गर्दा ९० मिटरको पुल ९ वर्षमा पनि पुरा नहुँने स्थिति छ’ सुचना अधिकारी पौडेलले भने। राजनीतिक संरक्षणकै कारण ठूला भनिएका निर्माण कम्पनीहरुमा जवाफदेखिता  हराउँदै गएको र ठेक्केदारको मनोमानी बढ्दा विकास निर्माणमा ढिलासुस्ती भइरहेको सम्बन्धित आयोजना कार्यालयका अधिकारीहरुको गुनासो छ।

भैरहवा–लुम्बिनी सडक चारलेनको छ। तर सो सडकमा रहेका साँगुरा र जिर्ण  पुलका कारण यात्रु तथा पर्यटकहरु जोखीमपुर्ण यात्रा गर्न बाध्य छन। जसले गर्दा अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी आउने पर्यटकमा नकारात्मक सन्देश गइरहेको बताउँछन लुम्बिनीका पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठ।

लुम्बिनी विकास कोषका अनुसार ९० प्रतिशत पर्यटकहरू भैरहवा–लुम्बिनी रोडका तीनै जिर्ण पुल हुँदै लुम्बिनी आउँछन। जिर्ण र साँगुरा भएका एकतर्फी पुलका कारण जाममा परेको र यात्रा दिक्क लाग्दो भएको गुनासो अधिकाँस पर्यटकले गर्ने गरेको विकास कोषका अधिकारीहरु बताउँछन।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस