सुर्खेतको वीरेन्द्रनगर उपत्यकाभित्र रहेको काँक्रेविहार संरक्षित वनमा रहेका जरायो मारेको आरोपमा चार जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।
काँक्रेविहार वन क्षेत्र रहेको नयाँ गाउँबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
बुधबार बिहान ३ बजे पासोमा पारी जरायो मारेर मासु भाग लगाइरहेको गोप्य सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलबाट ४ जना पक्राउ परेका छन्।
प्रहरीले जरायोको मासु काट्दै गर्दा पक्राउ गरिएका व्यक्तिहरूमा सुशील चौधरी, आशाराम चौधरी, सुशील चौधरी र मिनबहादुर ओली रहेका छन्। पासो थाप्ने र मार्न सहयोग गर्ने अन्य व्यक्तिहरूको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
मासु भाग लगाउँदै गर्दा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइने सुर्खेतका प्रहरी प्रमुख (एसपी) योगेन्द्रसिंह थापाले बताए।