सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा लागू पदार्थ सेवन परीक्षण अभियान सञ्चालनमा ल्याइएको छ।
कोशी प्रदेशका १४ वटै जिल्लामा अभियान सञ्चालनमा ल्याइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।
कार्यालय एसपी श्यामकुमार महतोका अनुसार असार १९ गतेदेखि कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ अभियान सञ्चालनमा ल्याइएको हो। पहिलो चरणमा सार्वजनिक यातायातका चालक, सहचालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो। ५१ जना सार्वजनिक यातायातका चालक र सहचालकको लापसे परीक्षण गर्दा १८ जनाले लागू पदार्थ सेवन गरेको पाइएको छ।
यसरी परीक्षणका क्रममा लापसे गरेका चालक र सहचालकहरुलाई कारबाहीका लागि यातायातका संघसंस्था तथा सवारी धनीहरुकै जिम्मा लगाइएको एसपी महतोले बताए। पहिलो पटक भएकाले ती संघसंस्थाहरुले आफै कारबाही गर्ने र आगामी दिनमा सावरी चलाउँदा लागु पदार्थ सेवन नगर्न चालक र सहचालकहरुलाई सचेत गराउने बताएपछि जिम्मा लगाइएको हो।
मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्दै आएको ट्राफिक प्रहरीले लागू पदार्थ सेवनका कारण पनि दुर्घटना बढेको हुनसक्ने अनुमानका आधारमा लापसे परीक्षण अभियान सञ्चालनमा ल्याएको हो।
मादक पदार्थ सेवन गरेर सवारी चलाए कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था रहे पनि लापसे गरेकाहरुलाई कारबाही गर्न कानुनको अभावसमेत रहेको एसपी महतोले बताए।
कानुनका साथै लापसे परीक्षण किट पनि पर्याप्त छैन। पहिलो पटक अभियानकै रुपमा सञ्चालन गर्नका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ सय पिस र अन्य विभिन्न संघसंस्थाले १ सय ५० पिस किट सहयोग गरेका थिए।
सार्वजनिक यातायातका चालकले लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो बढेसँगै ट्राफिक कारबाही तीव्र पार्न अभियान सञ्चालन गरेको हो। यसअघि विभिन्न स्थानमा परीक्षण गर्दा चालकले लागू पर्दाथ सेवन गरेर सवारीसाधन चलाउने गरेको पत्ता लागेको थियो।
सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा परिचालकलाई लक्षित गरेर असार १९ गतेदेखि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान थालेको हो।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले सार्वजनिक सवारीको क्षेत्रलाई सुरक्षित बनाउन र बढ्दो दुर्घटना न्यूनीकरण गर्न अभियान फलदायी हुने अपेक्षा गरेको बताए। बास्तोलाका अनुसार चालकले लागू पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढिरहेको पाइएको छ।
ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे/नगरेको पत्ता लाग्छ। तर, लापसे परीक्षण त्यत्ति सजिलो र कम खर्चिलो छैन। लापसे परीक्षणका लागि पहिले मानिसको पिसाब संकलन गरिन्छ। किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागू पर्दाथ सेवन गरे/नगरेको पत्ता लाग्छ। पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ। एउटा मात्रै धर्का देखिँदा लागू पदार्थ सेवन गरेको पुष्टि हुन्छ। अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने मान्नुपर्छ। २ वटा राता धर्का देखियो भने लागू पदार्थ सेवन गरेको छैन भन्ने यकिन हुन्छ। त्यो रिपोर्ट नेगेटिभ हुन्छ।

‘लापसे गरेकालाई के कारबाही गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नै छैन,’ एसपी महतोले भने, ‘परीक्षणमा लापसे देखिए पनि कारबाही गर्न अप्ठ्यारो भएको छ।’समयानुकूल कानुनलाई पनि परिमार्जन गर्दै लैजानका लागि सम्बन्धित सरोकारवालाहरुलाई छलफल अघि बढाइएको छ। लागू औषधसहित पक्राउ परे लागु औषध ऐन अन्तर्गत कारबाही हुने स्पष्ट कानुन भए पनि सेवन गरे सवारी चलाए कुन ऐन अन्तर्गत कारबाही गर्ने प्रष्ट कानुन नभएको हुँदा सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय तथा छलफल अघि बढाउन जरुरी रहेको एसपी महतोले बताए।
कानुनका साथै लापसे परीक्षण किट पनि पर्याप्त छैन। पहिलो पटक अभियानकै रुपमा सञ्चालन गर्नका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ सय पिस र अन्य विभिन्न संघसंस्थाले १ सय ५० पिस किट सहयोग गरेका थिए।
प्राप्त भएका किटलाई १४ वटै जिल्लामा वितरण गरिएको बताउँदै, एसपी महतोले भने, ‘किट महँगो रहेको हुँदा स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाहरुसँग समन्वय गरी किटको स्रोत जुटाउन आग्रह गरेका छौं।’यस अघि गत वर्षको दसैँमा विराटनगर र बिर्तामोड बसपार्कमा ५ वटा किटबाट ट्रायलका रुपमा लापसे परीक्षण गरिएको थियो। सार्वजनिक यातायातको क्षेत्रलाई लागू औषध मुक्त बनाउन कोशी प्रदेशमा ट्राफिक प्रहरीको सक्रियता बढाइएको छ।