काम सम्पन्न गरिसकेको तर भुक्तानी नदिएको भन्दै रौतहटका निर्माण व्यवसायीले भुक्तानीको माग गर्दै आइतबार सडक डिभिजन कार्यालय रौतहटमा घेराउ गरेका छन्।
चालु आर्थिक वर्षमा विभिन्न विकास निर्माणको काम सम्पन्न भएको र सम्पन्न भइसकेको कामको बिलको कार्यालयमा पेस गरिएकोमा कार्यालयले भुक्तानी नगरेको भन्दै व्यावसायीहरुले चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयमा धर्ना बसेर निर्माण कार्यालयकाे कामकाज ठप्प पारेका हुन्।
निर्माण व्यवसायी संघ रौतहटले सडक डिभिजन कार्यालयको गेटमा विरोध स्वरूप टायर पनि बालेका थिए। रौतहट र सर्लाही दुई जिल्लामा संघीय भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु संचालन हुने डिभिजन कार्यालयलाई घेराउ गरेपछि आइतबार कार्यालयको कामकाज प्रभावित भएको छ।
कार्यालयले जिल्ला तथा अन्य जिल्लाका विभिन्न निर्माण व्यवसायीको २५ करोड रुपैयाँ भन्दा बढी रकमको बिल भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा धर्ना र कार्यालय घेराउ गर्नु परेको निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए।
सम्झौता र कार्यादेश बमोजिम सबै काम सम्पन्न हुँदा पनि कार्यालयले पैसा नदिएको व्यवसायीहरूको गुनासो छ। दुई जिल्लाका गरी करिब ४० जना भन्दा बढी निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन्।
सडक डिभिजन रौतहटका प्रमुख दरोगा प्रसाद साहले व्यवसायीलाई दुख दिएको, कमिसन अर्थात् पिसीका लागि व्यवसायीलाई सताउने गरेको आरोप लगाएका छन्।
सडक डिभिजन कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थ मन्त्रालयबाट पैसा निकासा नभएको बताउँदै सबै कुरा आफूले भन्न नसक्ने बताए।