जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा
०१ साउन २०८०
•
२ मिनेट पाठ
जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा
दिनभरि लाइनमा पालो कुरेर बस्दा पनि नुन नपाएको भन्दै स्थानीयहरुले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको  कार्यालयमा ढुंगामुढा गरेका छन्।

चाहिए जति नुन नपाइने र पछिसम्म नुनको हाहाकार हुनसक्ने हल्ला फैलिएपछि आइतबार नुन लिन आउनेहरूको भिड नै लागेको थियो।

जुम्लाको चन्दननाथ नगरपालिका –१० की झुम्का सार्कीले नुन लिन जाँदा भएको ढुंगामुढाले ज्यानै जोखिममा पर्ने गरेको बताइन्। नुन लिन दिनभर लाइनमै बसेको थिएँ लाइनमा रहेको भिड अनियन्त्रित भएपछि हुलदंगा भएको उनले बताइन्। 

चन्दननाथ–१ तलिचौरका पुष्कर देवकोटाले धेरै मानिस नुन पाउने आशमा लाइनमा बसे पनि नपाएको बताए। धेरैले नुन पाएनन बरु धकेला धकेलमा परेको उनले बताए। 

स्थानीय दोभान शान्ति युवा क्लबले स्वयंसेवक खटाएर भिड नियन्त्रण गर्ने प्रयास गरिरहेको थियो। त्यसले दुई घण्टा जति व्यवस्थापन पनि गर्‍यो। त्यसपछि भने सानो शक्तिले भिड नियन्त्रण गर्ने स्थिति बनेन्। नुन लिन गएका पर्खालबाट पस्न थालेपछि लाइनमा बसेकाहरुले आक्रोश व्यक्त गरेका थिए। पालो मिचेर नुन दिन खोज्दा भिड अनियन्त्रित बनेको थियो। सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी नै साल्ट टेड्रिङको कार्यालयमा पुगेको थियो।  

प्रहरी पुगेपछि भिड नै आक्रोशित भएर कार्यालय र गोदामका ढोका तोडफोड समेत भएको थियो। अभाव हुने र आफूले चाहे जति नपाउने भएपछि धेरैजसो स्थानीय नुन वितरण गर्ने दिन लाइन लाग्न जाने गर्छन्।  

यता साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने नुनको अभाव नभएको बताए। 'अलि अगाडि हामीसँग नुनको मौज्दात कमै मात्रामा थियो। प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौं', उनले भने, 'तर असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौं।'

जुम्लाका तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातरासी पाँचवटा पालिकाको लागि जुम्ला विमानस्थल नजिकको डिपोबाट नुन वितरण हुँदै आएको छ। जसका लागि वार्षिक ६ हजार क्विन्टल नुन चाहिन्छ। तर अघिल्लो आर्थिक वर्षमा २५ सय क्विन्टलमात्रै हुँदा चाहिएजति नुन दिन नसकिएको प्रमुख मल्लले बताए। 'अहिले भर्खरै २ हजार ८० क्विन्टल नुन थपिएपछि अभाव छैन। म हिजो सिञ्जा नुन झार्न गएको थिएँ' उनले भने,'आगामी आर्थिक वर्षका लागि पनि ३ हजार क्विन्टलका लागि टेन्डर भइसकेको छ। नुनको अभाव छैन।'
अर्को समाचार
दुर्गम क्षेत्रका जनताले नुन नपाएको सांसदहरुको गुनासो
१८ चैत्र २०८०
•
३ मिनेट पाठ
दुर्गम क्षेत्रका जनताले नुन नपाएको सांसदहरुको गुनासो
प्रतिनिधि सभाका सांसदहरुले दुर्गम क्षेत्रका जनताले नुन नपाएको गुनासो गरेका छन्।

आईतवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरुले मुगुमा नुन भन्दा पनि सुन महंगो भएको, तराईमा आगलागि बढ्ने मौसम शुरु भएको उल्लेख गर्दै त्यसबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद सरस्वती सुब्बाले भूमिहिन दलितलाई जग्गा र आवासको व्यवस्था गर्ने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई दबाब दिइन्। उनले राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरिन्।

सांसद सुब्बाले भनिन्, ‘भूमिहिन दलितलाई कानून बमोजिम जमिन र आवासको व्यवस्था गर्ने कुरा संविधानमा उल्लेख छ। संविधानको मौलिक हकमा उल्लेखित गरिएका १४ वटा व्यवस्था कार्यान्वयन गर्न दलित भूमिहिनको अधिकार सम्बोधन गर्न आवश्यक छ। सोही मौलिक हक कार्यान्वयनका लागि २०७५ सालमा भूमि सम्बन्धि ऐन आठौं संशोधन भयो। भूमिहिनहरुलाई जमिन उपलब्ध गराउने कुरा लेखियो। राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न सरकारसँग माग गर्दछु।’

सांसद विना लामाले मुगुको तत्काल नुनको आवश्यकता व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। उनले दुर्गम क्षेत्रका नुन सुन भन्दा पनि महंगो हुनुको कारणबारे स्पष्ट जवाफ दिन पनि सरकारको ध्यानाकर्षण गराइन्।

सांसद लामाले भनिन्, ‘दुर्गम भेगका नागरिकका लागि सुन भन्दा पनि नुन महंगो भइरहेको छ। किन? हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासोहरु आईरहेको छ। स्थानीय गाउँपालिकामा ३ वटा नुनको डिपोहरु छन्। तर त्यहाँ नुन पाइँदैन। घण्टौ हिँडेर सदरमुकाम जान्छन् तापनि। नागरिकताको फोटोकपी बुझाएपछि केही नुन पाईन्छ। त्यो नपाउन पनि सकिन्छ। मुगुमा तुरुन्त नुनको व्यवस्था गरियोस्।’

बैठकमा तराईमा आगलागि बढेकोमा चिन्ता व्यक्त गर्दै निभाउनका लागि आवश्यक टोलीसहितको दमकलको व्यवस्था गर्न पनि सरकारलाई भनेका छन्। सांसद विनिताकुमारी सिंहले सरकारसँग सो माग गरिन्। उनले सिरहाको इटाटारमा दुई वटा घरमा आगलागि भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिन्।

सांसद सिंहले भनिन्, ‘सिरहाको इटाटार वडा नम्बर ४ मा बस्ने रसुल खाँन र प्रविण खातुनको घरमा शुक्रवार राति करिव १२ बजेतिर आगलागिको कारण लाखौंको क्षति भएकाले पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्थाको लागि सरकारसँग अनुरोध गर्दछु। विशेष गरी तपाई मधेसमा अत्याधिक गर्मी र हावाहुरीको कारण आगलागि भएर प्रत्येक वर्ष ठूलो जनधनको क्षति हुने गर्दछ। यसलाई न्युनिकरण गर्नका लागि सचेतनामुलक कार्यक्रम र प्रत्येक स्थानीय तहमा फायर फाईटिङ टोली र दमकलको व्यवस्था गराउनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद डा.स्वर्णिम वाग्लेले पूर्ण रुपमा अशक्त नागरिकका लागि सहयोगी उपलब्ध गराउने कानूनी व्यवस्था कार्यान्वयनमा ढिलाई नगर्न सरकारसँग माग गरे। उनले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि सरकार गम्भिर बन्नुपर्ने बताए।

सांसद वाग्लेले भने, ‘आफ्नो निर्वाचन क्षेत्र तनहुलगायतका देशभरका पूर्ण अशक्त र अति सशक्त अपांगता भएका व्यक्तिहरुको मानवीय आवश्यक्ताबारे बारम्बार ध्यानाकर्षण हुने गरेको छ। अपांगता भएको व्यक्तिको अधिकार सम्बन्धि नियमावली २०७७ को यस श्रेणीको व्यक्तिलाई सरकारले सामूदायिक सहायता सेवा निशुल्क उपलब्ध गराउने, जस अन्तर्गत व्यक्तिगत सहयोगी सेवा र दैनिक हेरचाह तथा स्याहार सेवा स्थानीय तहमार्फत उपलब्ध गराउने उल्लेख छ। सरकारले भत्ता उपलब्ध गराउँदै आएको भएपनि दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर अरुको सहयोग लिनुपर्ने पीडाको सम्बोधन गर्नमा कहीँ न कहीँ ग्याप देखिएको छ। कानूनमा उल्लेख अधिकार उपयोग गर्न पनि धर्ना नै बस्नुपर्ने स्थिति सृजना भएकाले आवश्यक वित्तिय र व्यवस्थापकीय प्रवन्धतर्फ सरकारको पहल होस् भन्ने आग्रह गर्न चाहन्छु।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस