तीन घेरामा छन सुन तस्कर
०४ साउन २०८०
•
३ मिनेट पाठ
तीन घेरामा छन सुन तस्कर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिदै।
राजश्व अनुसन्धान विभागले बुधबार राती हङकङबाट आएको करिब १ सय किलो सुन बरामद गर्यो। बिहीबार मध्यान्ह्सम्म विभागले सुन तस्करीमा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरेको अनौपचारिक जानकारी आएको छ। यीमध्ये ४ जनालाई बुधबारै र २ जनालाई बिहीबार पक्राउ गरेको हो।




त्रिभुवन विमानस्थलबाट भन्सार जांच पास भएर आएको सुन राजश्व अनुसन्धानको टोलीले विमानस्थल प्रवेशद्धार हुँदै ट्याक्सीबाट काठमाडौ सहर छिराउँदै गर्दा बरामद गरेको हो। उक्त सुन हङकङबाट स्कुटरको ब्रेकसु र दाह्री काटने रेजमा लुकाएर नेपाल भित्राइएको हो। सुन तस्करीको प्रारम्भिक अनुसन्धान राजश्व अनुसन्धान विभागले गरिरहेको छ। 

जम्मा ४ सय ८० अमेरिकी डलर मात्र भन्सार तिरेर उक्त सुन नेपाल छिराइएको पाइएको छ। ब्रकेसु र दाह्री काटने रेजको मूल्याङकनका आधारमा ४८० डलर भन्सार तिराइएको जानकारी आएको छ। ती ब्रेकसु र रेजको आयातकर्ता रेडी ट्रेड प्राली हो। 

यी बस्तु गत शनिबार दिउँसो ३ बजेको क्याथे प्यासिफिकको जहाजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयसम्म ल्याइएको हो। कार्यालयको गोदामबाट मंगलबार निकालिएको थियो। त्यही दिन प्रज्ञापन पत्र भरेर भन्सार छुटाइएको थियो।

यो सुन तस्करीकाे अनुसन्धान राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको प्रत्यक्ष नेतृत्वमा भइरहेको छ। उनले यस घटनाले विगतमा पनि सुन तस्करी भइरहेको हुनसक्ने आशंकालाई बल पुगेको प्रतिक्रिया दिएका छन्।

त्यसो त उनको आशंकालाई बल पुग्ने यस्ता तस्करीका घटना नेपालमा विगत डेढ दशकदेखि बढिरहेका छन्। यसअघि २०७४ साल माघको अन्तिम साता पनि सुन तस्करीको ठूलो घटना सार्वजनिक भएको थियो जुन ‘साढे ३३ किलो सुन तस्करी प्रकरण’बाट परिचित छ। उक्त सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको बताइएको थियो। उक्त सुन बोक्ने भनिएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौं मानिसहरुको संलग्नता बाहिर आएको थियो। तीमध्ये शाक्यको हत्यासम्बन्धी मुद्दामा संलग्न ८ जनालाई मोरङ अदालतले दोषी ठहर गरेको थियो।

विगतका सुन तस्करी र तीनको अनुसन्धानमा संलग्न सरोकारवाला निकायका प्रतिनिधि तथा उनीहरुले दिएका प्रतिवेदन अनुसार नेपालमा सुन तस्करीमा तीन तहको घेरा छ। पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्छन्। 

दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन्। जानकारका अनुसार दोस्रो तहमा खासा हुँदै सुन भित्राउने र हङकङ तथा दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन्। तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्छन्। काठमाडौंमा स्टोर भएको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीसम्म पुर्‍यायाउने जिम्मा उनीहरूकै देखिन्छ। यस्ता कारोबारी बढी वीरगन्ज क्षेत्रमा सक्रिय छन्।

तस्करी सुनको पहिलो प्राथमिकता भारतीय बजार नै हो। त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ। प्रहरी अनुसन्धानमा केही मुख्य कारोबारी र सहयोगीको नाम खुले पनि उनीहरू कारबाहीको दायरामा आइसकेका छैनन्।

विगतका सुन तस्करीका अनुसन्धानबाट आएका प्रतिवेदन अनुसार सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ। दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन्। आर्थिक बर्ष २०६५/६६ देखि सुन तस्करीका घटनाहरु बढ्दै गएका छन्। पछिल्ला वर्षहरुमा ठूला परिणाममा सुन तस्करी भइरहेको छ। विगतका घटना क्रम नियाल्ने हो भने ठूला परिणामका सुन तस्करीका अधिकांश घटना काठमाडौमै सार्वजनिक भएका छन्। एकरडेढ दशक अघिसम्म बढिमा १०/११ किलोसम्मको परिणाम सुन तस्करी हुने गरेको पाइन्थ्यो। पछिल्ला वर्षहरुमा यो परिणाम बढेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुन तस्करीमा पक्राउ पर्ने व्यक्तिहरुको संख्या पछिल्ला वर्षहरुमा ह्वात्तै बढेको छ। सबैभन्दा बढि संख्यामा नेपालीहरु नै पक्राउ परेका छन्। दोस्रोमा भारतीय नागरिक र तेस्रोमा चिनियाँ छन्।

तस्करीमा सुरक्षाकर्मीसमेत संलग्न रहेको तथ्य २०६९ असोज १९ को त्रिभुवन विमानस्थल घटनाले पुष्टि गर्छ। दुबई जाने फ्लाई दुबईको उडानबाटै १ करोड २४ लाख रुपैयाँ बराबर विभिन्न विदेशी मुद्रासहित भारतीय नागरिक विनोदकुमार सोनी विमानस्थलमा पक्राउ परे। विदेशी मुद्रा बोकेर सुन किन्न जाने क्रममा सोनी समातिएको अनुसन्धानमा खुल्यो।
अर्को समाचार
धमाधम समातिँदै सुन–मुद्रा तस्कर
१७ चैत्र २०७१
•
३ मिनेट पाठ
धमाधम समातिँदै सुन–मुद्रा तस्कर
काठमाडौं-हवाई मार्गबाट सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा आलोचनाको घेरामा परेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी पछिल्लो समय तस्करीको सुन र विदेशी मुद्रा समात्न सक्रिय देखिएको छ।स्थलमार्गबाट आउने सुन फेला पर्दासमेत बजारमा तस्करीको सुन अभाव नभएपछि प्रहरी संगठनले हवाई मार्गबाट सुन भित्रिरहेको निष्कर्ष निकालेको थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ४ महिनाअघि आयुक्त कार्यालय र विमानस्थल प्रमुखलाई बोलाएर तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि बरामदी शून्य थियो।
चैत लागेसँगै विमानस्थल प्रहरीले तस्करीको सुन र विदेशी मुद्रासहित कारोबारी पक्राउ क्रम बढेको छ। ठूलो परिमाण फेला नपरे पनि तस्करीको सुन र तस्करीमा संलग्नको पक्राउ क्रम बढेको छ।
प्रहरी प्रधान कार्यालयले प्रायः एकएक वर्षमा विमानस्थल सुरक्षा प्रमुखको सरुवा गर्ने गर्छ। विमानस्थलका पछिल्ला सुरक्षा प्रमुख विजयलाल कायस्थले विमानस्थल सुरक्षा कमान्ड सम्हालेको आठ महिना भइसकेको छ।
विमानस्थल प्रहरीले मंगलबार बैंककबाट आएका यात्रुलाई १ हजार २ सय ग्राम सुनसहित पक्राउ गर्योए। नेपाल एयरलाइन्सको उडानबाट आएका ललितपुरका राजु महर्जन, धु्रव महर्जन र कर्मा महर्जन भन्सार छली सुन भिœयाउने क्रममा पक्राउ परेका हुन्।
विमानस्थल प्रहरीका अनुसार भन्सार चेकिङका क्रममा उनीहरुले पाइन्टको खल्तीमा लुकाएको अवस्थामा १ सय ५० ग्राम र मलद्वारमा लुकाएको अवस्थामा १ हजार १ सय ५० ग्राम सुन प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको हो।
मंगलबार नै विमानस्थलमा एयर एसियाको विमानबाट मलेसियाबाट काठमाडौं आएका भारतीय नागरिक हनिफ मोहम्मद ६ सय ग्राम सुनसहित पक्राउ परे। विमानस्थल प्रहरीका अनुसार उनले कम्मरको भागमा फल्स बटन बनाई सुन लुकाएका थिए।
सोमबार मलद्वारमा लुकाएको ७ सय ग्राम सुनसहित भारतीय नागरिक सैयद इब्राहिम अकबर अली पक्राउ परेका थिए भने शनिबार २५ तोला सुनसहित राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेन्डी शेर्पा पक्राउ परेका थिए।
दस दिनबीच विमानस्थल प्रहरीले ५ करोड बराबरको विदेशी मुद्रासहित भारतीय र चिनिया नागरिक पक्रेको छ। चैत ५ मा विमानस्थल प्रहरीले २ करोड ७३ लाख बराबरको विभिन्न देशको विदेशी मुद्रासहित भारतीय नागरिक मनोहरलाल त्रिपादासलाई पक्रेको थियो। १४ गते डेढ करोड रुपैयाँ बराबरको अमेरिकी डलरसहित चिनिया नागरिक यिङ लोउ विमानस्थलमा पक्राउ परेकी थिइन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस