बागमती सिँचाइ आयोजनाको बेवास्ताले हजारौँ किसानले सास्ती खेपिरहेका छन्।
पानीको हाहाकार भइरहेको समयमा बागमती सिँचाइ आयोजनाले वर्षौँ पहिले निर्माण गरेको संरचना संचालनमा नल्याउँदा गरुडा, गढीमाई र माधव नारायण नगरपालिकाका हजारौँ किसानले सास्ती भोग्न बाध्य भएका हुन्।
गढीमाई नगरपालिकाको वरियारपुर, वीरनगरा र धोबिनियाँ गाउँको ठिक पश्चिमट्टिमा वर्षौँ पहिले निर्माण भएको नहरमा पानी नदिँदा वरियारपुर, वीरनगरा, धोबिनियाँ, गेडही, पुर्नी गेडही, माइधिया, मानपुर तथा माधोपुरका हजारौँ किसानले खेतीमा निकै सास्ती भोगिरहेका छन्।
बागमती सिँचाइ आयोजनाले गत हप्तादेखि नै नहरमा पानी पठाएको भएता पनि वर्षौँ पहिले निर्माण भएको उक्त नहरलाई सफाइ गरेर मर्मत गरी संचालनमा नल्याउँदा हजारौँ किसानले लाखौँ बिगाहाको खेतीमा सिँचाइको वैकल्पिक व्यवस्था अपनाउनु पर्न बाध्यता छ।
बागमती सिँचाइको नहर रहेकै खेत वरिपरि सर्वसाधारण किसान बोरिङले सिँचाइ गरी धान रोपाइँ गर्न बाध्य छन्। गेडहीगुठीमा रहेको चानी खोलाको अत्यन्त सानो क्षमताको नहरले केही हदसम्म सिँचाइमा सहयोग पुर्याइरहेको भए पनि निर्माण भइसकेको नहरलाई संचालनमा नल्याउँदा बागमती सिँचाइ आयोजनाले किसानमाथि अन्याय गरेको बुझाइ किसानहरुको रहेको छ।
पानी नपाएर छटपटिएका किसानले नहरको पानीको लागि झगडा गरिरहेको दृश्य पनि देख्न सकिन्छ। सबै ठाउँमा बोरिङको सुविधा नभएका कारण अझै पनि राम्ररी रोपाइँ गर्न नपाएका किसान बागमती सिँचाइको नहरलाई देखेर सराप्ने गरिरहेका छन्।
नहरलाई संचालनमा ल्याउन सकेको भए आधा दर्जन गाउँको हजारौँ बिगाहा खेतमा सिँचाइ सुविधा सजिलोसित हुने किसानहरुको भनाइ छ।
वर्षौँ पहिले निर्माण हुँदा नहर देखेर खुसी भएका किसान संचालनमा नआउँदा भने पूरै निराश भएका छन्। खेतीको समयमा नहरलाई देखेर नहरलाई सराप्नुबाहेक बागमती सिँचाइ आयोजनाले निर्माण गरेको नहरको कुनै उपयोगिता नभएको किसानहरु बताउँछन्।
वर्षौँदेखि संचालनमा नआएर यत्तिकै रहेको नहरतिर आयोजनाको ध्यान नजानु आफैँमा आश्चर्यको विषय रहेको किसानहरुको भनाइ छ। हजारौँ किसानले भोगेको सास्तीका बारेमा जिज्ञासा राख्न खोज्दा बागमती सिँचाइ आयोजनाका पदाधिकारीसंग सम्र्पक हुन भने सकेन ।