कपडा सिलाउँदै एमबिबिएस टपर
०६ असार २०७४
•
१० मिनेट पाठ
कपडा सिलाउँदै एमबिबिएस टपर
एमबिबिएसमा सर्वोत्कृष्ट सुजितकुमार दर्नाल।
काठमाडौं- परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायत्व थियो।

त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो। जति नै दुःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन, बरु बढ्यो। त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने। त्रिविअन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए।

नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय थियो। 'डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनतमात्रै गरें,' सुजितले भने, 'समयले बाटो देखायो र डाक्टर बनायो।'

तेह्रथुममा जन्मेका गंगाराम २०४५ सालमा लेटाङ झरेपछि नै दर्नाल परिवारको भविष्यको ढोका खुलेको हो। अचल सम्पत्ति नभए पनि गंगारामले हातमुख जोर्ने व्यवस्था गरेरै छोराछोरीलाई स्कुल पठाए। स्थानीय शान्ति भगवती उच्च मावि लेटाङबाट उनको स्कुल शिक्षा प्रारम्भ भएको हो। गाउँटोलमा बाबुसँगै लुगा सिलाउने विद्यार्थीको कक्षाकोठाको प्रस्तुति देखेर शिक्षक हौस्याउँथे तर त्यस प्रेरणाको मर्म उनलाई पत्तो थिएन। शिक्षकको अपेक्षाअनुसार नै उनले २०६५ को एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरे। बाबु गंगारामका लागि यो अनपेक्षित तर हौसलावर्द्धक उपलब्धि थियो।

त्यति बेला गंगारामलाई मधुमेह र उच्च रक्तचापले छोपिसकेको थियो। दीर्घ रोगकै उपचारका क्रममा उनी धेरै अस्पताल धाइसकेका थिए। उनी चिनेका चिकित्सकमार्फत उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान पुगे। त्यहाँ उनले छात्रवृत्तिमा दलित विद्यार्थीका लागि सामान्य चिकित्सा (एचए) पढ्न दुईवटा कोटा भएको थाहा पाए। सरसापटी गरेर उनले छोरालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रवेश परीक्षा दिन लगाए। सुजितले पहिलो नम्बरमै नाम निकाले र एचए पढ्न सोही कलेज रोजे। 'त्यही नै मेरो डाक्टर हुने यात्रा बन्यो,' सुजितले भने, 'त्यसअघिसम्म मलाई डाक्टर पढ्न के गर्नुपर्छ भन्नेसम्म थाहा थिएन।'

सरकारी स्कुलमा पढेका सुजितको अंग्रेजी कम्जोर थियो। एचए पढ्न थालेपछि उनलाई पढ्न सक्दिनँ कि भन्ने लाग्यो तर परीक्षाका नतिजा राम्रा आउन थाल्यो। उनले एचएमा पनि सिटिइभिटीअन्तर्गत सर्वोत्कृष्ट नतिजा ल्याए। एचएच सकेपछि बाबुआमाको इच्छा छोरो जगिर थालोस् र परिवारको भरोसा बनोस् भन्ने थियो तर सुजितको मनले डाक्टर बन्ने सपना देख्न थाल्यो।

उनी केही समय गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा गएर सेवा गरे। उनले बाबुलाई आग्रह गरे, 'म दुई वर्षसम्म एमबिबिएस प्रवेश परीक्षा तयारी गर्छु, नाम निकाल्न नसकेमात्रै जागिर थाल्छु।' बाबुले नबोली सहमति दिए। काठमाडौं आएर सुजितले उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको एचएलाई १० जोड २ सँग समकक्ष हुने कोर्स लिए। त्यसमा पनि उनले नै टप गरे।

'एचए पढेपछि मलाई कुनै एउटा कक्षाभित्र सबैभन्दा राम्रो गर्नसक्छु भन्ने आत्मविश्वास थप्यो,' उनले भने, 'त्यसपछि थप सपना देख्न थालें।' एचएचको पढाइले उनलाई चिकित्सा शिक्षाको फराकिलो बाटोको बोध गरायो।

एचए पढेकालाई त्रिविअन्तर्गत पढ्न बाटो खुल्यो। उनी एउटा इन्स्टिच्युटमा तयारी कक्षामा भर्ना भए। पैसा तिरेर पढ्ने सम्भावन थिएन। शिक्षा मन्त्रालयअन्तर्गतको छात्रवृत्ति कोटामा नाम निकाल्न सके खाना, बसाइँ र किताब किन्ने खर्च भएमात्रै पुग्थ्यो, उनी मरिमेटेर तयारीमा लागे।

तीन महिना पढेपछि उनी एमबिबिएस प्रवेश परीक्षामा सामेल भए, नाम निस्क्यो। अनि सरकारी छात्रवृत्ति कोटामा किस्ट मेडिकल कलेजमा भर्ना भए। छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई कलेजमा पठाउन मन्त्रालयले समय लगाउँछ। उनी कलेज पुग्दा डेढ महिना पढाइ भइसकेको थियो। कलेज जान थालेको १० दिनपछि परीक्षा थियो, किताब थिएन। बाबुआमाको समर्थन थियो तर सहयोग गर्ने क्षमता थिएन। खर्च जोहो गर्न उनी विभिन्न संघसंस्था धाए। पहिलोपटक दलित उत्थान समन्वय समितिले वर्षको ३० हजार सहयोग गर्ने वचन दियो। सो सहयोगले उनले केही पुस्तक किने। सबै पाठ्यपुस्तक किन्न नसक्दा पुस्तकालयका व्यक्तिसँगै विशेष सम्बन्ध बनाएर उनले नियमले दिनेभन्दा बढी पुस्तक लिएर पढे।

१० दिन पढेर कलेजको आन्तरिक परीक्षा दिए, पास भए। यसबाट उनी शिक्षकको आँखामा पर्न सफल भए।

एमबिबिएस पहिलो वर्षको परीक्षा उनले टप गरे त्यसपछि कलेज प्रशासनले छात्रवास पनि निःशुल्क गरिदियो। 'अनि डाक्टर बन्ने बाटो सहज भएजस्तो लाग्यो,' उनी सम्भि्कन्छन्।

बिस्तारै उनलाई सहयोग गर्ने संस्था थपिए। समता फाउन्डेसन नामक संस्थाले पछि फिर्ता गर्नेगरी दोस्रो वर्षदेखि प्रत्येक महिना ४ हजार सापटी दिन्यो। तेस्रो वर्षदेखि प्रोफेसनल डेभलपमेन्ट रिसर्च सेन्टर (पिडिएसी) ले कमाएपछि तिर्नेगरी महिनाको पाँच हजार दियो। कामका लागि कतार पुगेका दाजुले पनि सकेको सहयोग गरिरहन्थे। उनले दोस्रो वर्ष पनि कलेज टपे। तेस्रो वर्ष दोस्रो स्थान ल्याए। अन्तिम वर्षमा पुग्दा कुल अंकमा उनैले टप गरे। अहिले पटकपटक फेल भएका थुपै विद्यार्थी उनीसँग ट्युसन पढ्छन्।

कलेजले एउटा कोठा नै उपलब्ध गराइदिएको छ। विभिन्न कक्षामा उत्प्रेरणाका लागि लागि पनि उनी आमन्त्रित हुन्छन्।  अहिले उनी किस्टकै मेडिकल कलेजमा इन्टर्नसिप गर्दैछन्। छात्रवृत्ति सम्झौताअनुसार दुई वर्ष सरकारले खटाएको ठाउँमा काम गर्नुपर्छ। उनलाई दुई वर्षको समय आफ्नै गाउँमा गएर सेवा गर्ने धोको छ। त्यही अवधिमा आफूलाई एचए पढ्न अबसर दिने प्रतिष्ठानमा पनि पढाउने इच्छा छ। दुई वर्ष काम गरे विशेषज्ञ तह पढ्न लाग्ने खर्च जोहो गर्ने उनको धोको छ। त्योभन्दा महŒवपूर्ण, बाल्यकालदेखि नै उनी उपचार खर्च अभावमा मुटुको माथिल्लो आर्टरीमा परेको प्वालसहित हिँडिरहेका छन्। दुई वर्षको हुँदै रोग पत्ता लागे पनि आर्थिक अभावकै कारण बाबुले उपचार गराउन सकेनन्। 'डा. भगवान कोइरालासँग कुरा गरेको छु, सहुलियतमा शल्यक्रिया गराइदिने वचन दिनुभएको छ, खर्च र समय मिलाएर शल्यक्रिया गराउँछु,' उनले नागरिकसँग भने।

आफूजस्तै दलित र विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने इच्छा पनि उनको छ ताकि क्षमता भएका चिकित्सक बन्न नरोकिऊन्। 'मजस्तै संघर्ष गरेर आएका साथीसँग कुरा गरिसकेको छु, महिनामहिनामा संकलन गरेर एउटा फन्ड बनाउँछु र विपन्न विद्यार्थीको शिक्षामा सघाउँछु,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस