अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले देशको अर्थतन्त्रमा व्यापक सुधार ल्याउने बताएका छन्। राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले बैंकको व्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रको पुँजी चलायमान हुँदा अर्थतन्त्रमा सुधार आउने उनले बताए।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थतन्त्री महतले राष्ट्र बैंकले पोलिसी रेट ७ बाट घटाएर ६.५ प्रतिशत तोकेकाले बैंकको व्याजदर घट्दा ऋणि तथा लगानी गर्न चाहनेहरुलाइ राहत हुने,पुँजी प्रवाह बढ्दा अर्थतन्त्र चलायमान हुने,लगानीको वातावरण बन्नुका साथैरोजगारी सिर्जना हुने र उत्पादन बढ्ने बताएका हुन्।
‘जग्गा कारोबार देखि अन्य कारोबारहरुलाइ पनि सहज हुने गरी ऋण प्रवाहमा सहजताको नीति लिइएकाले अव आर्थिक शिथिलताको अन्त्य हुनेछ’ अर्थमन्त्री महतले भने। करको दायरा फराकिलो बनाउनुका साथै बैंकको व्याजदर पनि घटाउने नीति अनुरुप आएको मौद्रिक नीतिले आर्थिक गतीविधि बढ्नुका साथै पुँजीगत खर्चमा बृद्धि भइ चालुबर्षमा राजश्व बृद्धि हुने दावी पनि गरे।
सय केजी सुन तस्करी प्रकरणका बारेमा बोल्दै अर्थमन्त्री महतले आफुले बजेटमै सुराकी दिनेलाइ पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेकाले सय केजी सुन समात्न सफल भएको दावी गरे। ‘यसअघि सुराकी दिनेलाइ पुरस्कृत गर्ने व्यवस्था हटाइएको थियो तर यसपाली भन्सारमा हुने कतिपय अनियमित कुराहरुलाइ निस्तेज गर्नकालागि सुचना दिनेलाइ पुरस्कार दिने प्रस्ताव बजेटमैगरेको थिए जसका कारण सुन पक्राउ पर्यो’ अर्थमन्त्री महतले भने। सुन तस्करी घटनाको जरै सम्म पुगेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाइ कारबाही हुने उनले बताए। अनियमितता,भ्रष्टाचार,गैरकानुनी कार्यको अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकार कटिवद्ध रहेको र राज्यका हरेक अंग सशक्त ढंगले लागेको बताए।
सुन प्रकरणसंग जोडेर काँग्रेस नेता तथा सांसद डा सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको बिषयमा पत्रकारले राखेको जिज्ञासामा महतले शर्माले आफनो अस्पतालको स्वास्थ्य विमा रकम नपाएका कारण मनपरी बोलेको आरोप लगाए।
नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री महतले पार्टीको केन्द्रिय बैठकका गतीविधि लाइभ गरेर निकै राम्रो गरीएको प्रतिक्रिया दिए। ‘भित्र एक थोक बोल्ने बाहिर अर्कै कुरा गरेर भ्रम सिर्जना गर्ने प्रबृतिको अन्त्य गर्नु पर्छ भनेर लाइभ गरीएको हो। जनतालाइ यर्थात जानकारी गराएर धेरै राम्रो भइरहेको छ’ महतले भने।