त्रासद यात्रा, बेखबर राज्य
१० असार २०७४
•
११ मिनेट पाठ
त्रासद यात्रा, बेखबर राज्य
मुग्लिङ – ‘जाम हुनसक्छ, खाना खाएर जानुस् है’, मलेखुको एउटा होटलमा गाडी रोकिनासाथ होटल सञ्चालकले भने । ‘तीन वर्षदेखि यही डर देखाएर व्यापार चलाइरहनुभएको छ है’, गाडीका एक यात्रुले सञ्चालकलाई छेड हाने । 

ती यात्रुको विश्वास जाम छैन केही बेरमै घरै पुगेर खाउँला भन्ने थियो होला । हामी चढेको गाडी कटारीसम्म पुग्ने भए पनि धेरै यात्रु, चितवन, पर्सा र भण्डारातिरकै थिए । ‘अब एकडेढ घन्टामा आइपुगिन्छ, खाना बनाउने सुरसार गरे हुन्छ’, एक यात्रुले राति १० बजेतिर कुरिनटारबाट घरमा फोन गरे । ‘कुहिएको खाना खानुभन्दा घरमा पुगेर फ्रेस खाने नि’, उनले भने।

मुग्लिङ कट्दा रातिको १०.२० जति बजेको हुँदो हो । नारायणगढतर्फ लाग्नासाथ बायाँतिर भीमकाय पहाड र दायाँतर्फ त्रिशूली खोला पारेर बस गुडाउनुपर्छ । त्यसमाथि ठाउँठाउँमा झरिरहने साना पहिरा र विस्तारका लागि काटिएका डाँडाले यो बाटो झन् डरलाग्दो बनाएको छ । यात्रु पनि केही नभई पुग्न पाए भन्दै भगवान् पुर्काछन्। 

मुग्लिनबाट नारायणगढतर्फ २ किलोमिटर अघि बढ्दा खहरे खोला आउँछ । त्यो खोला नजिक पुगेपछि हाम्रो गाडी अचानक रोकियो । पहिरो झरिरहेको छ भन्दै केही गाडी फर्किन थाले । कोही यात्रु गाडी छोडेर आएको भन्दै दौडिँदै थिए।

पानी परेर भर्खरै रोकिएको खाल्टाखुल्टीमा जमेको पानीबाट सहजै अनुमान गर्न सकिन्थ्यो । पानी परेको थाहा पाएपछि  यात्रुमा झन् त्रास बढ्यो । गाडी रोकिएका कारण हेडलाइटको उज्यालोसमेत थिएन । ठूला डाँडाको बीचको सडक पुरै अन्धकार थियो । 

हाम्रो गाडी रोकिएको ठाउँबाट पहिरो गएको स्थल टाढा नभए पनि वर्षासँगै पहाडबाट ढुंगा खसिरहेकाले बुझ्न जाने सम्भावना थिएन् । अधिकांश गाडीका यात्रुले चालकलाई मुग्लिन बजार वा अन्यत्र सुरक्षित स्थलमा लगेर छाडिदिन अनुनय गरे तर चालक डराए । ‘झन् माथिबाट पहिरो झरेर किचे के हुन्छ कम्तीमा माथि रुख त छन् । यही नै बच्ने सम्भावना बढी हुन्छ’, चालकले गाडी नफर्काउने संकेत गर्दै भने । पहिरो हेरेर फर्किएका केही यात्रुले चारकिलो र कालीखोलामा पनि पहिरो गएकाले कम्तीमा पनि भोलिपल्ट (शुक्रबार) १२ बजेसम्म सडक नखुल्ने अनुमान सुनाए । त्यसपछि केही यात्रु सुरक्षित गन्तव्यको खोजीमा लागे भने केही जोखिम मोलेरै गाडीमा बसे । 

बिरामी बोकेका एम्बुलेन्स पनि अगाडी बढ्ने सम्भावना थिएन । धेरै यात्रु रोकिएका गाडीमा बसेर बाटो खुल्ने पर्खाइमा बसे । यात्रुमा तत्काल डोजर आउला र पहिरो पन्छाउला भन्ने आस थियो । एउटा बिग्रिएको डोजर लरीमा हालेर मर्मतका लागि लैजाने तयारी अवस्थामा थियो तर त्यहाँ पहिरो खुलाउने डोजर थिएन् ।  

केहीबेर थामिएको वर्षा फेरि दर्कन थाल्यो । यात्रु भगवान् सम्झिँदै गाडीमै उक्लिए । पानीसँगै माथिबाट ढुंगा खस्न थाले । तल त्रिशूली नदी, सडक भासिने डर पनि त्यत्तिकै थियो । मध्यरात भइसकेको थियो । गाडी मुग्लिङतिर फर्काउने अवस्था र ठाउँसमेत थिएन । चालकले न परिस्थितिलाई  गम्भीरतापूर्वक लिए न चालकलाई सुरक्षित स्थानमा पुर्‍याएर राख्नुपर्छ भन्ने संवेदनशीलता देखाए । 

गाडीमा भएका यात्रु डराइरहेका थिए । राति १२ः३० बजेतिर एउटा प्रहरीको गाडी साइरन बजाउँदै पहिरो स्थलतिर बढ्यो । चालकसहित चार प्रहरी गएको गाडी पहिरोमा पुरिएछ । यो खबर अलि ढिला मात्रै थाहा भयो । प्रहरीको गाडी हराएपछि डोजर र सुरक्षाकर्मी घटनास्थल पुगे । गाडीका यात्रु यी सबै घटनाप्रति बेखबर थिए । ‘ढुंगा आयो, पहिरो झर्यो, भासियो भागभाग’ भनेको मात्रै कानमा दोहोरिरहन्थ्यो । दुई वा समूहमा बसेकाहरू भगवान् सम्झिँदै ‘साइत बिग्रिएछ’, ‘कस्तो दशा’ जस्ता शब्द दोहोर्‍याउँदै राति यात्रा गरेकोमा पश्चाताप साटासाट गरिरहेका थिए । कोही प्लास्टिक ओडेर ओत लाग्ने ठाउँको खोजीमा देखिन्थे । कोही खाने कुराको खोजीमा । नजिकै भएका साना पसल केही बन्द भइसकेका थिए भने खुलेकामा पनि खानेकुरा सकिइसकेको थियो । खाना पाइए पनि छोइनसक्नु महंगो । फोनको टावर पनि कमजोर भयो । त्यत्तिकैमा कसैले भन्यो– एउटा टावर पहिरोमा पुरियो रे ।  

मध्यरातमा पहिरो पन्छाउन डोजर चलाउन पनि सम्भव थिएन । निरन्तर पहिरो  झरिरहेको थियो । गाडीभित्रका साना ननीहरू भोक र गर्मीले रोइरहेका थिए । 

‘रातभर त्रासमै बित्यो,’ १ बजेतिर भेटिएका आकाश पालले भने । 

धेरै यात्रु स्थानीय निर्वाचनमा मत हाल्न जान लागेका थिए । केही विवाहमा जान लागेका त केही राजधानीबाट घर फर्कंदै थए । ‘दिनभरि सडक जाम हुन्छ, राति हुन्न भनेर आएको त झन् फसियो,’ चितवनको रमेश श्रेष्ठले भने । 

अलि सुरक्षित लाग्ने जस्तो ठाउँमा यात्रु जम्मा भएर बसेका थिए । राति साढे १  बजेतिर पानी केही रोकिएपछि केही यात्रु ढुंगा छल्दै मुग्लिनतिर लागे । मुग्लिनमा एउटै कोठामा १२ जनासम्म बसेर रात काट्नुप¥यो । 

शुक्रबार बिहान पानी कम भए पनि सानासाना पहिरो खस्ने क्रम रोकिएको थिएन् । घाम चर्किन थालेपछि चारवटा डोजरले ठूला दुईटा पहिरोलाई दुईतिरबाट पन्छाउन थाले पनि माथिबाट खस्न रोकिएको थिएन् । एक हुल प्रहरी र सैनिक नदी किनारामा भेटिएका शव सेतो कपडामा बेर्दै थिए । हराएको प्रहरीको गाडीको कुनै निसानासमेत थिएन् । 

सुरक्षाकर्मीले पहिरो पन्छाउन दिनभर लाग्ने बताए पनि नजिक घर भएका यात्रुले हिँडेरै बाटो छिचोल्न खोजे । पहिरो क्षेत्र कटे पनि अर्कोतर्फ गए केही न केही उपाय लाग्ला भनेर थुपै यात्रु झोला र बालबालिका बोकेर कालीखोलाको चेपाङ गाउँ उक्लिएर पहिरो क्षेत्र पार गर्दै थिए । भिरालो र अप्ठेरो बाटो थियो, भासिएर पहिरो रहेको ठाउँसम्मै खसिने त्रास रहे पनि यात्रु भगवान् भरोसा राखेर लम्किरहेका थिए । 

पहिरोको जोखिमकै कारण दासढुंगा, जलवीरे, टिकौलीबाट गाडी अगाडी बढाउन सुरक्षाकर्मीले रोकेका थिए । ‘रातभर निद्रा लागेन दुईदिन भयो खाना नखाएको अब मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै’ ट्रकमा खाना बनाउँदै गरेका सुरेन्द्र दासले भने । 

राजमार्गको यात्रा अनिश्चित हुन थालेपछि अधिकांश ट्रकका चालकले ग्यासचुलो, पकाउने भाडा र अन्न बोकेर हिँड्न थालेका छन् । पहिरोमा फसेका यात्रुले बिहान १२ बजेसम्म पानीसमेत खान नपाएको सुनाए रातिदेखि उद्धारमा खटिएको सुरक्षाकर्मी र कर्मचारीको पनि उही हाल थियो । 

यात्रुको आक्रोश सरकारप्रति 

अढाई वर्षअघि थालेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य नसकिनुमा यात्रुले सरकारलाई दोषी बताइरहेका थिए । ‘न नेता यो बाटो हिँड्छन न अरु ठूला मान्छे, उनीहरूलाई पब्लिकले पाएको हैरानीमा ध्यानै छैन’, बझाङमा निर्वाचन गराउन हिँडेका बताउने एक कर्मचारीले भने ।  ‘यस्तो महŒवपूर्ण सडकमा २०÷२५ जना मात्रै कामदार कार्यरत देखिन्छन्’। सप्तरीका ध्रुवप्रसादले प्रधानमन्त्री र गृहमन्त्रीलाई कम्तीमा एकपटक यो सडक अवलोकन गरिदिन आग्रह गर्दै भने, ‘हजाराैं यात्रुलाई रोकेर दुईतीन जनाले एउटा ढुंगा धकेलिरहेका हुन्छन् । यसैले काम सुस्त छ ।’

ती कर्मचारीको नजिकै रहेका अर्का युवक सौजन्य शर्माले थपे, ‘त्यो संसद्को विकास समिति भन्ने छ नि, त्यसका मान्छे पनि यहाँ आएको पाइएको छैन ।’ उनले यति ठूलो विपत्तिमा यात्रु पर्दासमेत राज्यले निश्चित गन्तव्यमा पुर्याउन सहयोग नगरेको भन्दै दुःखेसो पोखे ।

नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले घन्टौं सडक अवरुद्ध भएपछि ट्रकमै खाना बनाउँदै  सुरेन्द्र दास । 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस