काठमाडौं – विस्तार कार्यमा भएको चरम लापरबाहीले छत्तीस किलोमिटरको ‘नारायणगढ–मुग्लिन’ सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ । सडक विस्तार आयोजनाले पुरानो पहिरो भएका पहाडको फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सूचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घटना भई मानवीय क्षति बढिरहेको छ।
शुक्रबार राति मात्र ड्युटीका क्रममा गुडेका भ्यानमा रहेका दुई प्रहरी जवानको यही सडकको पहिरोमा परेर मृत्यु भएको छ । दुईजना हराइरहेका छन् । यो घटनास“गै सडक विस्तार आयोजनाकै लापरबाहीले यो खण्डमा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । तीनजना घाइते भएका छन् । एक दर्जन सवारी साधन पहिरोमै पुरिएका छन् ।
यो सडकलाई अढाई वर्षदेखि दुई लेनको बनाउने काम भइरहेको छ । निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका उपायबारे समयमै जानकारी नदिँदा पटक–पटक सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।
भूगर्भविद डा. रञ्जन दाहाल निर्माणकर्ताको चरम लापरबाहीले गर्दा सर्वसाधारणले ज्यान गुमाउनुपरेको टिप्पणी गर्छन् । ‘चरम लापरबाहीले गर्दा मानवीय क्षति भइरहेको छ । निर्माणमा संलग्न परामर्शदातालाई समाउनुपर्छ’, जोमसोम यात्रामा निस्किएका उनले चितवनको कुरिनटारबाट मोबाइलमा नागरिकस“ग भने, ‘यस क्षेत्रमा पर्ने पुरानो पहिरोबारे निर्माणकर्तालाई ज्ञान नहुँदा दुर्घटना बढेको हो ।’
दाहालका अनुसार यस सडक खण्डमा ६० प्रतिशत ठूला पहिरा छन् । ती पहिरा विगतका ठूलठूला भूकम्पपछि गएका हुन् । ‘तर हाम्रा परामर्शदाताले यो कुराको पत्तो पाउँदैनन् । उनीहरू ढुंगा, माटो खसेको ठा“उलाई मात्र पहिरो भन्छन् । विगतका भूकम्पले भित्री चट्टानसमेत फुटाएका क्षेत्र पनि पहिरो हुन’, उनले भने ।
दाहालले बाहिरी अवस्था हेरेर जथाभाबी रुपमा चट्टान फुटाउ“दा पहिरो गइरहेको बताए । ‘तर हाम्रा निर्माणकर्ताले परम्परागत रुपमा ग्रामीण सडक बनाएजस्तो गरी काम गरिरहेका छन’, उनले भने, ‘पहिरोको फेद काट्दा के हुन्छ भन्ने जानकारी नै उनीहरूलाई छैन । त्यही अज्ञानताले गर्दा सर्वसाधारणको ज्यान गइरहेको छ ।’
दाहालले पुरानो पहिरो पन्छाउने तरिका गलत भइरहेको बताए । ‘पहिरो गएका ठा“उमा ठाडो काटेर स्लोप बनाउने काम भइरहेको छ, जुन अत्यन्त गलत हो’, उनले भने ।
इन्जिनियर तथा पूर्वसचिव तुलसी सिटौलाले सडक विस्तार परियोजनाको व्यवस्थापकीय कमजोरीले गर्दा दुर्घटना भइरहेको बताए । उनले निर्माणकर्ताले लगानी कम गर्ने लक्ष्य राखेर काम गर्दा दुर्घटना बढिरहेको जानकारी दिए । ‘दिनभरि जथाभाबी पहाड फुटाउने र सा“झ त्यो सफा नगरी हिँड्ने प्रवृत्ति निर्माण ठेकेदारहरूको छ । लगानी कम गर्न उनीहरू यस्तो गर्छन् । त्यसले गर्दा दुर्घटना भइरहेको छ’, उनले भने ।
सिटौलाले यसलाई आयोजनाको ‘व्यवस्थापकीय कमजोरी’ का रुपमा व्याख्या गर्छन् । ‘विकास विस्तार गर्दा हामीले सुरक्षा दृष्टिकोणले काम गर्नुपर्छ । तर लापरबाही भइरहेको छ’, उनले भने, ‘सुरक्षित आवागमनमा ध्यान दिनुपर्छ । यो राज्यको दायित्व पनि हो ।’
सिटौलाले थपे, ‘राजधानी प्रवेश गर्ने प्रमुख सडक भएकाले पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर पनि दिनभरि काम गरेपछि सडक सफा गरेर छोड्नुपर्छ । स्लोप बनाइसकेपछि त्यो स्थिर छ कि छैन भनेर पक्का गरेपछि मात्र छोड्नुपर्छ ।’
सडक विभागका महानिर्देशक गोपाल सिग्देल सुरक्षाप्रति सचेत हु“दाहँुदै दुर्घटना भएको बताउ“छन् । ‘कतिबेला कहा“बाट कसरी पहिरो झर्छ भन्ने कसरी थाहा हुन्छ ?’, उनले प्रश्न गरे । सिग्देलले दुर्घटना पूर्ण रुपले बन्द गर्न ‘बाटो बन्द’ गरेर काम गर्नुपर्ने बताए । ‘योबाहेक अरु कुनै उपाय नै छैन । बाटो बन्द गर्न सकिने अवस्था पनि छैन’, उनले भने, ‘बाटो बन्द हुनेबित्तिकै सर्वसाधारणको आक्रोश बढ्छ ।’
सिग्देलले पहाडको माथिल्लो तहमा गएर काम गर्न सक्ने अवस्था पनि नरहेको बताउ“छन् । ‘आयोजनाले सुरक्षित विस्तारका लागि सक्दो प्रयास गरिरहेको छ । निर्माणस्थलको अवस्थाबारे अध्ययन पनि गरिरहेको छ । तर कहिलेकाहीं दुर्घटना हुन्छ’, उनले भने । सिग्देलका अनुसार मनसुन सुरु भएका कारण दुई÷चार दिनपछि सडक विस्तार कार्य रोकिन्छ । दिनभर आवागमन खुला हुन्छ । राति रोकिन्छ ।
यो सडक खण्डलाई एसियाली मापदण्ड अनुरुप दुई लेनको बनाउने काम दुई वर्षअघि सुरु भएको हो । दुई वर्षभित्र काम सक्ने गरी सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो । तर काम निकै सुस्त छ । निर्माण पूरा हुने अवधि थपेर आउँदो वर्षको पुससम्म पुर्याइएको छ ।
सडक विस्तारमा गत चैतसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको नारायणगढ–मुग्लिन सडक खण्ढ निर्माण आयोजना कार्यालयले जानकारी दिएको थियो । राजधानीलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य सडकको एक खण्ड हो नारायणगढ–मुग्लिन । जहाँ दिनहुँ १० हजारसम्म गाडी ओहोरदोहोर गर्छन् ।

निर्माणकर्ताको व्यवस्थापकीय कमजोरी र कम खर्चमा सडक विस्तार गर्न खोज्दा दुर्घटना बढिरहेका छन् । तुलसी सिटौला, पूर्वसचिव