जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
१३ असार २०७४
•
१० मिनेट पाठ
जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
काठमाडौं- जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै एक गिरोहले २३ जनासँग करिब दुई करोड रुपैयाँ ठगी गरेको छ। जापानमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेको भेटिएको हो। ठगिनेमा अधिकांश महिला छन्।  गिरोहले सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर ठगेको हो।




पीडितका अनुसार कास्की पुरनचौर–३ (पुरानो ठेगाना) का डा. क्रिस त्रिपाठी भनेर आफूलाई चिनाउने तर वास्तविक नाम गोविन्दप्रसाद तिवारी भएका व्यक्तिले ठगी गर्दै आएको खुलेको हो। जापानमा बसेर उनले ठगी गरेको आरोप पीडितको छ। पीडितसँग पैसा उठाउन काठमाडौं र पोखरामा तिवारीले आफ्नै नातेदार प्रयोग गरेको भनाइ पीडितको छ। उनीहरूका अनुसार ठगी गरेको कुरा बाहिर ल्याए मार्ने धम्की तिवारीले दिएका छन्।

'म र मेरी दिदीका दुई छोरालाई जापानमा मासिक पाँच लाख रुपैयाँ तलब आउने जागिरमा लगाइदिन्छु भनेर मसँग ३१ लाख रुपैयाँ लिएको छ। पछि पसल खोलिदिन्छु भनेर आठ लाखबराबरको १४ बोरा गार्मेन्ट सामग्री पठाएँ। न हामीलाई जापान लगेर जागिर दियो न पसल खोलिदियो,' गोरखा सौरपानी–४ की अमृता ढकालले भनिन्, 'तिवारीले मजस्ता थुप्रैलाई ठगेको रहेछ, अहिले बल्ल थाहा भयो।'

ठमेल सातघुम्तीमा सामान्य गार्मेन्ट व्यवसाय चलाउँदै आएकी ढकाललाई फेसबुकमार्फत तिवारीले पहिलोपटक सम्पर्क गरेका थिए। त्यसपछि तिवारी उनको पसलमै आएका थिए। तिवारीले आफूलाई टोकियोस्थित लुइस अस्पतालको वरिष्ठ डाक्टरका रूपमा चिनाउँदै आएका छन्। पीडितलाई तिवारीले आफू १३ वर्षदेखि उक्त अस्पतालमा काम गर्दै आएको बताउने गरेका छन्। उनले आफू जापानस्थित एनजिएन इन्टरप्राइजेजको सिइओ भएको पनि बताउने गरेका छन्

'गोविन्द तिवारीले जापानमा जागिर लगाइदिन्छु भनेर हालसम्म मसँग पनि २३ लाख ७८ हजार रुपैयाँ लिइसकेको छ। अहिले न मेरो फोन उठाउँछ न उसले नै फोन गर्छ। बैंकसँग ऋण लिएर पैसा बुझाएकी थिएँ,' झापा दमकमा सामान्य व्यापार गर्दै आएकी पाँचथर रविकी सुमिता राईले भनिन्।

ढकाल र राईले पटकपटक गरी तिवारीलाई उक्त रकम बुझाएका हुन्। राईले १३ पटकमा २३ लाख ७८ हजार रुपैयाँ बुझाएकी हुन् भने ढकालले १० पटकमा ३१ लाख रुपैयाँ र १४ बोरा गार्मेन्ट सामग्री। उनीहरुले यो रकम २०७२ र २०७३ साल गरी दुई वर्षको अवधिमा बुझाएका हुन्।

आफूहरू ठगिएको थाहा भएपछि अहिले उनीहरूले आफूहरूजस्तै ठगिएकालाई एकत्रित गरी तिवारीसँग रकम फिर्ता गर्ने प्रयासमा छन्। तर उनीहरूले न त प्रहरीको साथ पाए न वैदेशिक रोजगार विभागको नै।

२३ जनाबाट तिवारीले एक करोड ९३ लाख ८७ हजार दुई सय ३७ रुपैयाँ ठगी गरेका छन्। 'ठगिएका तर हाम्रो सम्पर्कमा नआएका कयौं हुन सक्छन्। हामी त ठगियौं, अरू अब नठगियून्,' ढकालले भनिन्। पीडितका अनुसार तिवारीसँग ०६२४३४२२ र ०९८६८६९७ नम्बरको पासपोर्ट छ। उनी धेरैजसो भारत हुँदै जापान र नेपाल आउजाउ गर्छन्। प्रहरीसँग तिवारीको राम्रो उठबस रहेको दाबी पीडितहरूले गरेका छन्।

तिवारीले कल्पना थापासँग २० लाख, विनिता आचार्यसँग चार लाख ६० हजार, अनिता रानासँग चार लाख ८७ हजार पाँच सय र सञ्जय सापकोटासँग २५ लाख रुपैयाँ ठगी गरेका छन्। यस्तै उनले मीरा ढुंगेलसँग चार लाख ८७ हजार पाँच सय, कल्पना ढुंगेलसँग पाँच लाख ११ हजार र बुद्ध तामाङसँग पाँच लाख ५० हजार रुपैयाँ असुलेका छन्। जापान पठाइदिने प्रलोभनमा तिवारीले रेखा घिमिरेसँग चार लाख २३ हजार चार सय ३२, शर्मिला तिमल्सेनासँग दुई लाख, कमला कोइरालासँग चार लाख ६० हजार र देवी ढकालसँग १० लाख रुपैयाँ असुलेका छन्। उनले रबिन दाहालसँग पाँच लाख, किरण नापितसँग ६ लाख, किशोर शर्मासँग १३ लाख, कल्पना पाठकसँग पाँच लाख ६० हजार र रेजिना क्षेत्रीसँग चार लाख ८० हजार रुपैयाँ बुझेका छन्।

। तिवारी अधिकांश समय जापानमा बस्ने गरेको पीडितहरूको भनाइ छ। पीडितका  अनुसार पछिल्लो दुई वर्ष अवधिमा तिवारीले १९ वटा मोबाइल नम्बर परिवर्तन गरेका छन्। उनले पीडितलाई उपलब्ध गराएको मोबाइल नम्बर जापान, दक्षिण कोरिया, भारत, जोर्डन र नेपालका छन्। उनले प्रयोग गर्ने भनिएका नम्बरमा नागरिकले सम्पर्क गर्दा कुनै नम्बर प्रयोगमा नरहेको, कुनै नम्बरमा सम्पर्क नहुने र कुनै सम्पर्क भए पनि नउठ्ने पाइयो।

तिवारीले पीडितसँग रकम सीधै आफैंले बुझेका होइन्। उनले सम्पूर्ण तारतम्य मिलाएपछि काठमाडौं र पोखरामा रहेका आफ्नै परिवारका सदस्य र आफन्तलाई रकम बुझ्न लगाएका छन्। पीडितमध्ये धेरैले प्रशान्त भट्टराई (बर्दिया) नाम गरेका व्यक्तिलाई तिवारीको निर्देशनमा पैसा बुझाएका छन्। भट्टराई तिवारीका भानिज हुन्। नेपालमा रहेर पीडितसँग पैसा बुझी तिवारीलाई सघाउनेमा तिलकराज सुवेदी (पोखरा), अमर घर्तीमगर, तिलक मल्ल (काठमाडौं), सुदर्शन मल्ल (काठमाडौं), कविता ढकाल (चितवन), सुशील पन्त (गोरखा), गीता शर्मा (बाग्लुङ), रेखा घिमिरे (तनहुँ), नरमाया पौडेल, रवीन्द्र पौडेल, खेमराज तिवारी र भेषविक्रम थापा छन्। तिलक र सुदर्शनले मात्र पीडितसँग ३० लाख रुपैयाँ तिवारीको नाममा बुझेका थिए। पीडितले तिवारीले भनेको व्यक्तिलाई प्रत्यक्ष भेटेर नभई मनी ट्रान्सफरमार्फत पैसा बुझाएको देखिन्छ।  

तिवारीले पैसा प्राप्त नहुन्जेलसम्म पटकपटक फोन गर्ने, भेट्न आउने र पैसा प्राप्त गरेपछि फोन सम्पर्क बन्द गर्ने गरेको पीडितहरू बताउँछन्। तिवारीले चार महिना अवधिमा ढकाललाई १७ पटक भेटेका थिए। 'पटकपटक भेटेर कुरा गरेकाले विश्वास लाग्यो। अहिले सबै छर्लंग भयो,' ढकालले भनिन्।

तिवारीले २०७० सालदेखि नै जापानमा रोजगार लगाइदिने भन्दै ठगेको भेटिएको छ। उनले २०७० सालमा कल्पना थापालाई २० लाख रुपैयाँ ठगेका थिए। जापान जान नपाएपछि उनले त्यतिबेलै प्रहरीमा उजुरी गरेकी थिइन्। त्यसपछि तिवारी पक्राउ त परे तर केही दिनमै छुटेर जापान जान भ्याए। त्यसपछि तिवारी कहिल्यै पक्राउ परेका छैनन्।

'हामी वैदेशिक रोजगार विभाग गयौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र इन्टरपोल शाखामा गयौं तर कतैबाट न्याय पाउन सकेनौं। हामी कुन दिन सिआइबीमा गयौं, कतिखेर निस्कियौं जापान बसेको गोविन्दले हामीलाई बताउँथ्यो। त्यसपछि हामी सिआइबीमा पनि जान छोड्यौं,' ढकाल र राईको एउटै अनुभव छ। पीडितले ठगी गर्ने तिवारीको बारेमा टोकियोस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ–जापानलाई पनि जानकारी गराइसकेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस