कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा गोलीको छर्रा लागेर एक शिकारी गम्भीर घाइते भएका छन्।
शिकार खेल्ने क्रममा भरुवा बन्दुक ‘फायरिङ’ गर्दा गोली लागेर स्थानीय प्रदेशी थारु घाइते भएका हुन। शिकारलाई लक्षित गरी हानेको गोली थारुलाई लागेको थियो। घाइते थारुको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मीन बहादुर घलले बताए।
घटनामा संलग्न स्थानीय दुखीराम थारु, बाबुराम थारु र जुरपानी सामुदायिक वनका अध्यक्ष पिङल थारुलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको घलले बताए।
शुक्रबार राति २ बजे शिकारलाई लक्षित गरी भरुवा बन्दुकले हानिएको गोली प्रदेशीलाई लागेको थियो। घटनास्थल पुरेर अनुसन्धान गर्ने क्रममा प्रहरीले दुई नाल लोड गरिएको भरुवा बन्दुक र थप एक नाल भरुवा बन्दुक बरामद गरेको छ।
घटनामा संलग्न थप मानिसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाका मुख्य अभियुक्त भने अझै फरार रहेको छन्।