बुटवललाई सफा सुन्दर र हरियाली शहरको रुपमा स्थापित गर्न बुटवल उपमहानगरपालिकाले बृहत् सरसफाइ तथा वृक्षारोपण अभियान सुरु गरेको छ।
साउन १५ देखि सुरु भएको विशेष अभियान ४५ दिन सम्म चल्ने छ। उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवलको योगी कुटी मुख्य सडक क्षेत्रमा वृक्षारोपण र सरसफाइ गरी अभियानको शुभारम्भ गरेका थिए।
मंगलबार बुटवलका नगरप्रमुख उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिसँगै स्थानीयले सामूहिक रुपमा सडक क्षेत्रको सरसफाइ गर्नुका साथै वृक्षारोपण गरे।
अभियान अन्तरगत नगरभित्रको मुख्य सडकको डिभाइडरमा बिरुवा रोप्ने, सडक क्षेत्रको नियमित सरसफाइ गर्ने, भित्री सडक, चोक चौराह, खोला, नालाका किनार सफा गर्नुका साथै वृक्षारोपण गरी हरियाली र सुन्दर नगर बनाउन थालिएको हो।
बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न चालु आर्थिक बर्षमै हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए।
जस अन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरूलाई समेत उज्यालो, हरियाली र सुन्दर बनाइने नगरप्रमुख पाण्डेयले बताए।
‘यो वर्ष बृहत् सरसफाइ तथा हरियाली अभियान सुरु गरेका छौं, उज्यालो बुटवल अभियान अन्तर्गत मुख्य तथा सहायक सडक र सार्वजनिक स्थलहरुमा उच्च क्षमताका बत्तीहरु जडान गरी रात्रि कालिन बजार सञ्चालनको तयारीलाई पनि सँगसँगै लैजादैछौं’ नगरप्रमुख पाण्डेयले भने।
उपमहानगरले बुटवललाई हरियाली र उज्यालो शहर बनाउन चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि उज्यालो बुटवल अन्तरगत विद्युतीकरण, सडक बत्ती जडान तथा सौन्दर्यीकरणकालागि १ करोड ९० लाख विनियोजन गरेको छ। त्यस्तै हरियाली नगर बनाउन एक घर तीन रुख कार्यक्रमकालागि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। रात्रिकालीन बजार संचालनकालागि नगरपालिकाले यो वर्ष १० लाख बजेट विनियोजन गरेको छ।
बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय बीश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य सहित सरसफाई तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान संचालन गरिएको नगरप्रमुख पाण्डेयले बताए। अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडी बढेको उनले बताए।
अभियान अन्तरगत मुख्य सडक क्षेत्रमा सघन सरसफाइ गरी विभिन्न प्रजातीका फूल र हरियाली दिने बिरुवा रोपिने छ। मुख्य सडकको डिभाइडरमा बेगम बेलीका १ हजार बिरुवा, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराकाका ३/३ सय बिरुवा रोपिने उपप्रमुख सावित्रादेवि अर्यालले बताइन। अन्य क्षेत्रमा गुलमोहरका १ सय बिरुवा रोप्नुका साथै विभिन्न प्रजातीका फुल र फलफूलका बिरुवा रोपेर अभियानलाई सफल बनाउने उपप्रमुख अर्यालले बताइन।
नगरपालिकाले अभियानमा सरिक हुन जनप्रतिनिधिहरू सँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको छ।
साउन १५ गते बुटवल योगी कुटी चोकदेखि सुरु गरिएको विशेष अभियानमा पहिलो दिन होराइजन चोकसम्म, मंगलबार र बुधबार होराइजन चोकदेखि भुडकी चोक सम्म १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोक सम्म गरी सडक क्षेत्र नै निर्धारण गरी बृक्षा रोपण र सरसफाई अभियान संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
शहरको सौन्दर्यीकरणकालागि मुख्य सडक क्षेत्रमा मात्रै नभई सहायक र भित्री सडक, सार्वजनिक स्थल बस्ती सबैतिर विशेष अभियान सँगै नियमित सरसफाइ तथा हरियाली प्रवर्द्धनका कार्यक्रमहरू पनि नियमित चलिरहेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...