पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक ज्यामरुककोट
१८ साउन २०८०
•
९ मिनेट पाठ
पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक ज्यामरुककोट
उत्तरतर्फ धौलागिरि, नीलगिरि लगायतका नौ हिमालको लोभलाग्दो दृश्य। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट। माथितिर गौश्वारा र डोलेको घना जंगल र हरियाली। तल्लोपट्टि बेनी बजारको रमणीय दृश्य। शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ।




तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र बनेको ज्यामरुककोट बेनी नगरपालिका-२ मा पर्दछ। थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्त्विक महत्वले युक्त सम्पदाहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन्।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको झन्डै ६ सय वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय महत्त्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन्।

पन्ध्रौं शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको झन्डै ६ सय वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय महत्त्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन्।
अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन्।

सदरमुकाम बेनीबजारबाट  छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ।

दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ।

प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुंगेघर नै हुन्।

उत्तरतर्फ आँखैअघि देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको शहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राँखु लगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ।

यहाँ पुग्ने पर्यटक गाउँको ढुंगेघरले मन लोभ्याएको बताउँछन्। गत शनिबार पोखराबाट ज्यामरुककोट घुम्न पुगेका विकास सिग्देलले यहाँका घर र प्राकृतिक सुन्दरता देख्दा मनै फुरुङ्ङ भएको बताए।

प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुंगेघर नै हुन्।
‘हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे। बेनीबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो’, उनले भने, ‘यहाँको प्राकृतिक सौन्दर्य, ज्यामरुककोटको ऐतिहासिक महत्त्व र  स्थानीयको जनजीवन, रहनसहन, स्वागतसत्कारले यहीं बसिरहन मन लाग्यो।’

पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको स्थानीय समाजसेवी एवं व्यापारी भीमबहादुर पौडेलले बताए।

उनका अनुसार वर्षाको समय भए पनि गाउँ उक्लने पर्यटकको संख्यामा कमी आएको छैन। बिदाका दिन त अझ बढी पर्यटकको भीडभाड हुने बेनी नगरपालिका-२ ज्यामरुककोटका अध्यक्ष कार्कीले बताए।

‘अहिले गाउँमा बर्खाको चटारो छ। पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौं’, उनले भने, ‘पानी परे पनि रुझेरै आउनुहुन्छ। वर्षाको समयमा पनि पाहुनाको कमी भएको छैन।’ सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको अध्यक्ष कार्कीले बताए।

बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ। गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँ समेत खेल्न सकिने उनले बताए।

पर्यटकहरुका लागि यहाँ होटल तथा होमस्टेहरू रहेका छन्। होटल र होमस्टेमा कोदोको ढिंडो, स्थानीय जातका कुखुराको मासु, गुन्द्रुक, भटमासको अचार, सिस्नो र मासको दाल, वर्षाको समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताए। यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसम अनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ।

गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाए। वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउँछन्। यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ।

बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ। गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँ समेत खेल्न सकिने उनले बताए।
अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्त्वको संगमस्थल बनाउने प्रयास गरिएको छ। बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा दुई वर्षअघि २१ लाख रुपैयाँ लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो।

गत वर्ष नगरपालिकाको पर्यटनतर्फबाट पाँच लाख रुपैयाँ र वडा कार्यालयका दुई लाख रुपैयाँ विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने  गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

‘यहाँका ऐतिहासिक सम्पदालाई विकाससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ, त्यसअनुरूप नै पर्यटकको आगमन बढिरहेकाले हामी खुसी छौं’ अध्यक्ष घिमिरेले भने।

१२४६ देखि १५४५ सालसम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबार लगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै आकर्षणका रूपमा रहेका छन्।

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास आफू प्रतिबद्ध रहेको वडाध्यक्ष कार्कीको भनाइ छ। उनले खड्ग भवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए।

पुरातात्विक र ऐतिहासिक महत्त्वको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण लगायतका दर्जनौं हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती देखिन्छन्।

गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावना रहेका स्थानीय टीकाबहादुर कार्कीले बताए।

‘ज्यामरुककोट प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्तै उपयुक्त स्थान हुनुको साथै ऐतिहासिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भए पनि विकासको सहज पहुँच नहुँदा पछि परेको थियो,’ म्याग्दीको पर्यटन प्रवद्र्धनमा सक्रिय अभियन्ता राजेश शाक्यले भने,‘बेनीदेखि भकुण्डेसम्म मोटरबाटाको सुविधा र भकुण्डेदेखि खड्ग भवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ।’

शाक्यका अनुसार अब दुई/चार वटा स्तरीय होटल एवं रेस्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकलाई यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदय अवलोकनका लागि  ल्याउन सकिन्छ।

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास आफू प्रतिबद्ध रहेको वडाध्यक्ष कार्कीको भनाइ छ। उनले खड्ग भवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए।
त्यस्तै, वडा कार्यालयको पछाडिपट्टि रहेको ऐतिहासिक राजकुवा संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्ग भवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेस्टुरेन्ट सञ्चालन गर्न सकिने सम्भावना पनि रहेको उनले औंल्याए।

ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना छन्। ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ भन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ।

यहाँ थापा र मल्ल राजाको ताम्रपत्रमा अंकित इतिहास, तोप, खुँडा, तरबार लगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै अस्तित्वमा रहेका अर्जुन माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक एवं हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए।

कोटडाँडोसम्म मोटर बाटाको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यबारे प्रचारप्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको भनाइ रहेको छ।

ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना छन्। ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ भन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ।
त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ। जैविक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालो दाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वन ढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन्। विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलक देखाउने, नृत्य प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गरेको भकुण्डे युवा क्लबका सल्लाहाकार डिलबहादुर कार्कीले बताए। रासस
अर्को समाचार
नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा पाहुनाको भिडभाड
०१ वैशाख २०८१
•
४ मिनेट पाठ
नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा पाहुनाको भिडभाड
पोखरा फेवातालमा शनिबारको भिडभाड। तस्बिर: नागरिक
व्यवसायीलाई व्यस्त बनाउने गरि पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुनाको भिडभाड बढेको छ। मुख्य पर्यटकीय सिजनको बेलामा पनि पर्याप्त विदेशी पाहुना नआउँदा केही सुस्ताएको पर्यटन क्षेत्र आन्तरिक पाहुना थपिएसँगै चलायमान बनेको व्यवसायीले बताएका छन्।




पर्यटकीय सहर पोखरा सहित आसपासका पर्यटकीय गाउँ पाहुनामय बनेको त्यहाँका व्यवसायीले बताएका छन्। नेपाली नयाँ वर्षको अवसर पारेर यति बेला पाहुना घुमघाममा निस्केका छन्। पाहुनाका कारण पर्यटकीय सहर पोखरा सहित पदयात्रा क्षेत्रमा समेत उत्तिकै भिडभाड छ।

यहाँका होटलमा पाहुना पर्याप्त रहेको व्यवसायीले बताएका छन्। पर्यटकीय सिजनमा पनि पाहुनाविहीन बनेका होटलका कोठाले अहिले आन्तरिक पाहुना पाएको व्यवसायीले बताएका छन्।

‘लामो समय पछि होटल पाहुनाले भरिभराउ भयो। सिजनका बेलामा पनि यत्ति सारो पाहुना आएका थिएनन्। नेपाली नयाँ वर्षको अवसरमा आएका आन्तरिक पाहुनाका कारण यति बेला कोठा खालि राख्नुपरेन,’ पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेले भने, ‘यो बेला आन्तरिक पाहुनाको हिस्सा बढी छ। पाहुना भित्रिएसँगै व्यवसायीलाई पनि व्यस्त बनाएको छ।’

उनका अनुसार चितवन र लुम्बिनीमा भन्दा यो बेला पोखरामा पाहुना बढी छन्। ल्याण्डमार्कले सौराहा र लुम्बिनीमा पनि होटल संचालन गरिरहेको छ। तर, त्यहाँका होटलमा भन्दा बढी पाहुना पोखरामा रहेको उनले बताए।

‘आन्तरिक पाहुनाको समय पनि हो। यो बेला विद्यालय बिदा परेकोले पनि पारिवारिक घुमघामका कारण होटलले पाहुना पाएका हुन,’ उनले भने।

होटल एसियाका संचालक धर्मराज पन्थी पनि लामो अन्तरालपछि होटलले भरिभराउ पाहुना पाएको बताउँछन्। ‘मुख्य पर्यटकीय सिजन भएपनि विदेशीको आगमन अझै उच्च आकारको हुन सकेको थिएन। तर, यो बेला आन्तरिक पाहुनाका कारण भिडभाड बढेको हो,’ पन्थीले भने, ‘छोटो समयका लागि भएपनि थपिएको यो भिडभाड केही दिन पछि कम त हुन्छ। तर, पर्यटन क्षेत्र यति बेला चलायमान बन्यो।’ उनले पनि अहिले होटलमा आन्तरिक पाहुनाको भिडभाड रहेको बताए।

पर्यटन व्यवसायीका अनुसार पोखरामा यो बेला आन्तरिक पाहुना पर्याप्त छन्। होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पछिल्लो समय पोखराका होटलको अकुपेन्सी अनुपात ६० प्रतिशत हाराहारीमा थियो। तर, नयाँ वर्षसँगैको भीडभाडले पोखराका होटलको अकुपेन्सी बढेर ९० प्रतिशतसम्म बढेको छ।

‘अधिकांश होटल पाहुनाले भरिभराउ छन्। निकै कम होटलमा मात्र पाहुनाको संख्या कम हुनसक्छ। नत्र भने पाहुना अभाव होइन,’ संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘यो बेला आउने भनेको आन्तरिक पाहुना नै हो। विदेशीको पनि सिजन र आन्तरिकको आगमन बढ्दा पर्यटन क्षेत्र चलायमान बनेको छ।’ अहिलेको भिडभाड छोटो अवधिका लागि भएपनि यसले व्यवसाय चलायमान बनाउन सकेको उनले बताए।

उनका अनुसार यो बेला काठमाडौं, चितवन, बुटवल लगायतका सहरबाट आन्तरिक पाहुना पोखरा आएका छन्। विद्यालयमा वार्षिक परीक्षा सकेका छोराछोरी लिएर पारिवारिक घुमघाममा अहिले पाहुना पोखरा आएको उनले बताए।

‘नियमित आगमनमा कम्तीमा ३० प्रतिशत पाहुना यो बेला थपिएका छन्। त्यसले भिडभाड बढाएको छ। होटलले पनि राहतको महसुस गरेका छन्,’ उनले भने। अहिले गर्मीको सिजन भएकोले भारतीय पाहुना पनि पोखरा भित्रिएका छन्। त्यसले पनि होटलको अकुपेन्सी बढाउन सघाएको उनले बताए।

अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पछिल्लो समय आन्तरिक पाहुनामा घुमघामको माहोल बढ्दै जाँदा पोखरामा यति बेला चहलपहल बढेको हो। युवापुस्ताका पाहुना थपिँदा पर्यटकीय गन्तव्य पर्यटनमय बनेको भट्टराईले बताए। ‘यो बेला आन्तरिक पाहुना पोखरामा आएका छन्। घुमघाममा निस्कनुपर्छ भन्ने सोचाइ अहिले आन्तरिक पाहुनामा बढेको छ,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रमा राहत मिलेको छ।’

भट्टराईका अनुसार अहिले पोखरामा पनि आन्तरिक पाहुनाको भिडभाड छ। ती मध्ये अधिकांश युवापुस्ताका पाहुना छन्।

‘पर्यटन क्षेत्रमा पछिल्लो दशकको उपलब्धि भनेको घुमघाममा आन्तरिक पाहुना आउनु हो। यसले पर्यटन क्षेत्रलाई राहत दिलाएको छ,’ उनले भने, ‘आन्तरिक पाहुना नआउँदा हुन् त पर्यटकीय गन्तव्य यत्तिको चम्किने थिएनन्।’ साथी–भाइको सल्लाहले समूह बनेर घुम्न निस्कने चलन युवापुस्तामा बढेको उनले बताए।

सहरी गन्तव्यमा मात्र नभई पदयात्रामा पनि अहिले पाहुनाको भिडभाड रहेको त्यहाँका व्यवसायीले बताएका छन्। अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा अहिले आन्तरिक र बाह्य पाहुनाको भिडभाड रहेको माछापुच्छ्रे आधारशिविरका व्यवसायी दिलीप गुरुङले बताए। ‘यति बेला आन्तरिक र बाह्य पाहुनाको भिडभाड छ। दिनमा करिब ३ सय हाराहारीमा पाहुना उक्लिएका छन्,’ गुरुङले भने, ‘स्वदेशी र विदेशीको आउजाउले गर्दा पदमार्ग व्यस्त बनेको छ।’

उनका अनुसार चिनियाँ, मलेसियन सहित युरोपियन मूलका पाहुना बढी छन्। तिनैमा मिसिन आन्तरिक पाहुना आउँदा पर्यटन क्षेत्रमा भिडभाड भएको हो। ‘स्वदेशी करिब ४० प्रतिशत छन्। बाँकी सबै विदेशी हुन। तल झर्ने र माथि उक्लिने पाहुनाको भिडभाडले गर्दा व्यवसायीलाई व्यस्त बनाएको छ,’ उनले भने।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस