ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानहरुमा छरिएर रहेका सार्वजनिक पोखरीहरुबारे परिचित गराई पर्यटक प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ शनिबार भक्तपुरमा पोखरी पदयात्रा भएको छ।नगरभित्र रहेका पोखरीहरुलाई केन्द्रमा राखी पर्यटन प्रबद्र्धनको योजना बनाएको सम्भबतः यो पहिलो पटक हो।
पदयात्राको क्रममा भक्तपुर नगरपालिका विभिन्न ठाउँंहरुमा रहेका एक दर्जन वढी पोखरीहरुमा पैदल हिडेर नगरबासी पुगेका थिए।भक्तपुर नगरपालिका वडा नं ९ लामग पुखु (भक्तपुरको नवदुर्गा क्याम्पस कमलविनायकको पोखरी) बाट सुरु भएको पदयात्रा भक्तपुर नगरपालिका वडा नं १० सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीमा पुगेर टुंगिएको थियो।दिउँंसो १ बजेबाट सुरु भएको पदयात्रा साँंझ समापन भएको थियो।
पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतले गरेका थिए।पदयात्रामा हजारौं नगरबासीको सहभागिता रहेको थियो।बाजागाजाका साथ हजारौंको सहभागिता रहेको पदयात्रा वडावडाका पोखरीहरुमा पुगेर रोकिने गरेको थियो।एउटा वडाको पोखरीबाट अर्काे वडामा पुगेपछि टोलीलाई आआफनो वडाका वडा अध्यक्षहरुको टोलीले स्वागत गरेको थियो।साथै वडाका पोखरीहरुबारे जानकारी गराइएको थियो।पदयात्राको दुरी झण्डै पाँंच किलोमिटरको थियो।
भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार भक्तपुरमा पोखरी पदयात्रा हुने भएको छ। ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको हो।
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने उद्देश्यका साथ पदयात्रा गर्न लागेको आयोजकले जनाएको छ।
सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ। पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ।
यात्रा दिउँंसो १२ बजे भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु हुने जनाइएको छ। त्यहाँं आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा जाने कार्यक्रम तालिका छ। टोलीले नगरभरिका वडा नं १ देखि १० वडासम्मका विभिन्न ठाउँंहरुमा रहेका पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरिने छ।
पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ स्थित न्हुः पुखु ९रानी पोखरी० सल्लाघारीमा पुगेर समापन हुने जनाइएको छ। त्यहाँं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिने जनाएको छ। यो वीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी गरिने पनि जनाएको छ। साथै विभिन्न नेवारी परिकाहरुको पनि स्टल रहेन जनाइएको छ। साथै नेवार समुदायमा प्रचलित झ्व भ्यव ९लहरै बसेर खाने भोज० पनि खाने कार्यक्रम तालिका बनाइएको छ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको जनाएको हो । कार्यक्रम दिउँंसो १२ बजेबाट सुरु भई चार बजे सकाउने योजना राखिएको छ।