काठमाडौं – चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी÷एमएस) तर्फ प्रवेश परीक्षाको योग्यता सूची (मेरिट) र तोकिएको शुल्कमा विद्यार्थी भर्ना गर्न अटेर गर्ने दुई मेडिकल कलेजलाई सम्बन्धन खारेजीसम्मको कारबाही अगाडि बढाइने भएको छ ।
सात दिनभित्र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को प्रवेश परीक्षा उत्तीर्ण र ओपन हाउस काउन्सिलिङबाट रोजेका कलेजमा पठाइएका विद्यार्थीलाई भर्ना नलिनेलाई कानुनअनुसार सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउने निर्णय आइओएमले गरेको छ ।
तोकिएको शुल्कमा योग्यतम विद्यार्थी भर्ना नलिई योग्यता सूचीमा पछाडि परेका विद्यार्थीसँग मनपरी शुल्क उठाएर भर्ना गर्ने भैरहवाको युनिभर्सल मेडिकल कलेज र नेसनल मेडिकल कलेज वीरगञ्जमाथि कारबाही तयारी भएको हो । स्रोतका अनुसार ७ दिनसम्म ती कलेजले भर्नामा अटेरी गरे आइओएमले फ्याकल्टी बोर्ड बोलाएर सम्बन्धन खारेजी प्रक्रिया थाल्नेछ ।
ती दुवैै कलेजले राजनीतिक पहुँच र त्रिविको संरक्षण आडमा अटेरी गर्दै आफूखुसी १ करोडसम्म शुल्क लिएर विद्यार्थी भर्ना गरेको जानकारी आइओएमलाई गराएका छन् । पिजी अध्ययन शुल्क काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत २२ लाख ५० हजार र त्रिविअन्तर्गत ३० लाख ९० हजार तोकिएको छ । यो वर्ष स्नातकोत्तर तहतर्फ युनिभर्सलले ३७ र नेसनल कलेजले २९ कोटा पाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यो वर्षका लागि विद्यार्थीको योग्यताअनुसार ७ दिनभित्रै विद्यार्थी भर्ना गरेर सोको जानकारी कार्यालयलाई गराउन निर्देशन दिएको छ । चिकित्साशास्त्रमा चालु शैक्षिकसत्रमा विद्यार्थी भर्नासम्बन्धमा छलफल गर्न बिहीबार सरकारका मुख्य सचिव सोमलाल सुवेदीसहित आइओएमका पदाधिकारीको बैठक बसेको थियो । सो बैठकमा सात दिनभित्र मेरिटका विद्यार्थीलाई भर्ना नलिए कलेजविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
मेरिटलाई भर्नामा अटेरी गर्नेमा प्रधानमन्त्री निकट मानिने युनिभर्सल कलेज सञ्चालक खुमा अर्याल दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिकतर्फबाट उम्मेदवार बनेकी थिइन् । उनी हालका शिक्षामन्त्री गोपालमान श्रेष्ठकी पनि निकट सहयोगी हुन् । अर्को नेसनल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारी पहिलो संविधानसभा चुनावमा माओवादीबाट पर्सामा उम्मेदवार बनेका हुन् ।
बिहीबार सुवेदीले आइओएम डिन डा. जगदिशप्रसाद अग्रवालसहित विभिन्न मन्त्रालयका सरोकारवालालाई बोलाएर छलफल गरेका थिए । बैठकमा राजनीतिक संरक्षणमै कलेज सञ्चालकले अटेरी गरेको भन्दै कारबाही गर्न सकिने÷नसकिनेबारे छलफल भएको थियो ।
बैठकमा डा. अग्रवालले मेरिटलाई भर्ना र तोकिएको शुल्क कायम गर्न आफूले गरेका प्रयासमा त्रिविका पदाधिकारीबाट असहयोग भएको जानकारी गराएका थिए । ‘योपटक पनि हामीले म्यारिट प्रणाली लागू गर्न सकेनौं भने, सरकार सधैं तल पर्छ र झन् ठूलो अराजकता आउँछ,’ अग्रवाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।
बैठकमा सुवेदीले सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता र कानुनी प्रक्रिया पूरा गरेर निर्धारण गरेको विधिविपरीत जाने कलेजलाई सम्बन्धन खारेज प्रक्रियामा तान्न प्रस्ताव गरेका थिए ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञाप्तिमा ७ दिनभित्र मेरिटका आधारमा भर्ना गरेर सोको जानकारी नगराए ‘प्रचालित कानुनबमोजिम सम्बन्धन खारेजीतर्फ सम्बन्धित निकायले आवश्यक कारबाही अगाडि बढाउने’ उल्लेख छ ।
सरकारले कलेजको मनपरीमा सघाउँदै आएको त्रिभुवन विश्वविद्यालयलाई समेत मेरिटभन्दा बाहिरका विद्यार्थीको राजिष्ट्रेसन नगर्न निर्देशन दिएको छ । एमडि/एमएस भर्नामा शुल्क निर्धारण र ओपनहाउस काउन्सिलिङपछि मात्रै भर्ना गर्न आइओएमले बारम्बार पत्राचार र सूचना गरे पनि केही कलेजले अटेरगरी आफूखुसी शुल्क लिएर योग्यता सूचीमा पछाडि परेका विद्यार्थीलाई भर्ना गरेका छन् । तोकिएभन्दा बढी शुल्क लिएर भर्ना गर्ने कार्य नरोकिए असार ३१ देखि फेरि अनशन थाल्ने चेतावनी डा. केसीले दिएका छन् । चिकित्सक र चिकित्साशास्त्र अन्तर्गतका ९ वटा विद्यार्थी संगठनले पनि सामूहिक रुपमा विज्ञाप्ति निकालेर योग्यता सूचीका आधारमा मात्रै विद्यार्थी भर्ना लिन माग गरेका छन् ।