हत्याका आरोपी प्रहरी पहुँच बाहिर: शंकाको घेरामा प्रहरी अनुसन्धान
२२ साउन २०८०
•
४ मिनेट पाठ
हत्याका आरोपी प्रहरी पहुँच बाहिर: शंकाको घेरामा प्रहरी अनुसन्धान
घटमा पक्राउ परेका र फरार रहेका आरोपीहरु।
गत जेठ ११ गते रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियाका ७० वर्षीय शेख तैयबको हत्या भयो। उनको हत्याको तीन महिना बित्न लागिसक्दा पनि प्रहरी हालसम्म मुख्य अभियुक्तलाई सार्वजनिक गर्न सकिरहेको छैन।




प्रहरीले तैयबको हत्या आरोपमा भारतबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो। तर हालसम्म उनीहरूलाई पनि सार्वजनिक गरेको छैन। घटनाका मुख्य अभियुक्त भने अझै फरार छन्।

शेख तैयबको टाउकोमा गोली हानी गत जेठ ११ गते हत्या गरिएको थियो। हत्याको करिब तीन महिना बित्न लाग्दा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न नसक्नु र हत्यामा संलग्न दुई आरोपीलाई पक्राउ गरेर पनि सार्वजनिक गर्न नसक्नुले प्रहरीको अनुसन्धान माथि नै शंकाको घेरा उब्जिएको छ। 

७० वर्षीय शेख तैयबको हत्या भएपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छानबिनका लागि भन्दै पूर्व सांसद शेख लालबाबुका छोरासहित ९ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएका सबै जना निर्दोष रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले देखायो। डिएसपी बरुण बहादुर सिंहको नेतृत्वमा सिआइबिको टोलीले घटनाको अनुसन्धान गरेको थियो। 

दुई हप्ताभन्दा लामो समयसम्म सिआइबिले गरेको अनुसन्धानले देवाही गोनाही नगरपालिका-१ का पूर्व वडाध्यक्ष शेख नुरुल्लाहको योजनामा शेख सेराज, शेख सद्दाम तथा भारत घोडासहनका कुख्यात अपराधी राकेश कुशवाहासहितले ७० वर्षीय शेख तैयबको हत्या गरेको देखायो। घोडासहनका कुशवाहाको नाममा भारतमै हत्याको दर्जनौँ मुद्दा चलिरहेको छ। कुशवाहाका काका लालबाबु कुशवाहा पनि हतियार ओसारपसारको क्रममा बारा प्रहरीद्वारा पक्राउ परी पर्साको जेलमा कैदी जीवन बिताइरहेका छन्।

सिआइबिको अनुसन्धानले कुशवाहाले शेख नुरुल्लाहको लागि ‘सुटर’ को काम गर्दै आएको देखाएको प्रहरी स्रोतबाट बुझिएको छ। शेख नुरुल्लाहकै योजनामा माधव नारायण नगरपालिका-२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्या २०७७ भदौ ३ मा भएको पनि रहस्योद्घाटन भएको छ।

हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा समेत संलग्न रहेको कुशवाहालाई नेपाल प्रहरीले भारतबाट गत असारको अन्तिम हप्ता नियन्त्रणमा लिएको थियाे। कुशवाहाका साथै प्रहरीले भारतबाटै शेख सेराजलाई पनि पक्राउ गरिसकेको छ। शेख सेराजले पनि आफू पुजारी हत्यामा संलग्न रहेको प्रहरीसँगको बयानमा स्वीकार गरिसकेको स्रोतको दाबी छ।

‘सिरियल किलर’ का रुपमा रहेको कुशवाहा र सेराजलाई असारकै अन्तिम हप्तामा पक्राउ गरेको भए पनि यसबारे प्रहरीले सार्वजनिक प्रतिक्रिया भने दिएको छैन। यसै गरी पुजारी हत्याका साथै ७० वर्षीय शेख तैयबको हत्याका मुख्य योजनाकारको रुपमा रहेका शेख नुरुल्लाह भने अझै फरार छन्।

पुजारी हत्याको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका शेख नुरुल्लाहले आफू जोगिन र अरूलाई फसाउन एकपछि अर्को हत्या गराउने गरेको प्रहरी स्रोतको दाबी छ।

पुजारी हत्याको मुख्य योजनाकार शेख नुरुल्लाह नै रहेको सिआइबि अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ। शेख नुरुल्लाहको योजनामा राम नरेश पटेल, राजेन्द्र कुर्मी, रामप्रवेश कुर्मी, बालकुमार पटेल, बिकाउ भन्ने महम्मद कासिम, ममताज देवानको पनि संलग्नता रहेको स्रोतले बताएका छ।

शेख नुरुल्लाहले प्रत्येक आरोपीसित १५/१५ लाख रुपैयाँ उठाएको स्थानीयवासी बताउँछन्। उनीहरुका अनुसार कतिपय आरोपीले खेत जग्गा जमिन बेचेर पनि नुरुल्लाहलाई रकम उपलब्ध गराएका थिए।

७० वर्षीय शेख तैयब हत्याका मुख्य योजनाकार शेख नुरुल्लाह र घटनामा संलग्न शेख सद्दाम फरार छन्। घटनामा संलग्न कुशवाहा र सेराजलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याउँदासम्म मुख्य आरोपी शेख नुरुल्लाह आफ्नै घरमा थिए।

तैयबको हत्याको रात सबै योजना बनाएर शेख नुरुल्लाह एम्बुलेन्स चढेर काठमाडौँ गएका थिए। घटनापछि घर फर्केका नुरुल्लाहलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन। सिआइबिको टोलीले मुख्य योजनाकार नुरुल्लाह नै रहेको किटान गरेपछि प्रहरीकै सहयोगमा नुरुल्लाह फरार भएका थिए।

घटनामा संलग्न रहेका कुशवाहा र सेराजलाई पक्राउ गरेको करिब एक महिना बितिसकेको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। गत साउन ११ मा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो तर कुशवाहा र सेराजको बारेमा एक शब्द पनि बोलेन।

पुजारी र तैयब गरी दुई हत्या काण्डका अभियुक्त पक्राउ पर्दा पनि प्रहरीले सार्वजनिक प्रतिक्रिया नदिँदा सर्वत्र शंका उठेको छ। प्रहरीले घटनालाई मिडियामा आउन नदिन ठुलो चलखेल गरेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर सरुवाको कगारमा रहेको र घटनालाई सामसुम पार्न चलखेल भइरहेको पनि बुझिएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले पत्रकारहरुले घटनाबारे नसोधेका कारण यस विषयमा नबोलेको बताए। पक्राउ परेको विषय अनुसन्धानकै शिलशिलामा रहेको कारण पनि घटनाबारे प्रहरीले प्रतिक्रिया नदिएको प्रवक्ता डिएसपी यादवको भनाइ छ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख बद्री कार्कीले आफू बिदामा रहेकोले जुनियर अधिकृतलाई सोध्न भन्दै घटनाबारे केही बताउन मानेनन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस