मुगु- रकम सकाउन हतारो गर्दै आर्थिक वर्षको अन्त्यमा जिल्लामा गरिएका विकास निर्माण काम भत्किन थालेका छन्।
आर्थिक वर्षको अन्त्यमा आएर सदरमुकाम आसपास सडकहरु निर्माणाधिन अवस्थामा छन। कतिपय आयोजना निर्माण हुँदा हुँदै भत्किएका छन। अत्याधिक वर्षा भईरहेको, कमजोर भूगोल र हतारमा काम सकाउन खोज्दा यस्तो अवस्था आएको स्थानीयको आरोप छ। सदरमुकाम गमगढी सम्मको सडकको निर्माणका क्रममा छायानाथ रारा नगरपालिका वडा नम्बर ४ स्थित बुका खोला भन्ने स्थानमा सडक छेउ हालिएका ग्याविन तार वर्षाको पानीका कारण बगेको छ भने ठाउँ ठाउँमा हालै खनिएको सडक भत्किएको छ। चालिस लाखको लागतमा ९ किलो मिटर सडक खनिएको थियो। सडकको निर्माण जिम्मा केटी एस निर्माणले लिएको थियो। निर्माण गर्दागर्दै बर्षाका कारण माथीबाट आएको बाढी र पहिरोले ग्याविन बगाई दिएको निर्माण कार्यको जिम्मा लिएका केशवराज चौलागाईले बताए।
आर्थिक वर्ष सकिन लाग्दा बजेट आउने, टेण्डर उपभोक्ता समिति गठनमा विवाद हुने र अन्तिममा हतारमा योजना सक्ने प्रवृत्ती रहेको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विजयराज पौडेलले बताए । काम भए नभएको प्राविधिक मूल्याकंन गरि जति काम भएको छ त्यहि अनुसार भुक्तानी दिने बचेको रकम फिर्ता हुने र निर्माण पछि बाढीले बगाएको भन्ने विषयमा सम्झौतामा भए अनुसारको नै नियम लागु हुने उनको भनाई छ। कुनै पनि भौतिक निर्माण पछि ६ महिनासम्म ठेकेदारको लार्पवाहीले भत्किन विग्रन गएमा ठेकेदारको जिम्मा हुने र बाढी पहिरोका कारण भत्किए ठेकेदारको नभई लगानी गर्ने निकायकै जिम्मा हुने कानुनी व्यवस्था छ।
यसैबीच सदरमुकाम गमगढी नजिक छायानाथ रारा नगरपालिका वडा नम्बर १ मा बसपार्क देखि भारेकोट स्कुल हुँदै वडा नम्बर ४ को बोटुधारासम्म सडकका लागि आएको २० लाख रकमको प्राविधिकले रेखाकंन गरेको ठाउँ भन्दा फरक ठाउँमा खनिए पछि विवाद सुरु भएको छ। तोकिएको स्थान भन्दा फरक ठाउँमा योजना सञ्चालन गरिएकोले भुक्तानी दिन नसकिने जिल्ला प्राविधिक कार्यालयका जिल्ला ईन्जिनियर देवीप्रसाद पाण्डेले बताए। योजनाको अनुगमन गर्न योजना स्थल पुगेका ईन्जिनियर पाण्डेले उपभोक्ता समितिका पदाधिकारीहरु नै राखे प्राविधिक रेखाकंन भएको स्थान भन्दा फरक स्थानमा मनोमानी गरि खनिएको सडकको भुक्तानी दिन नसकिने बताए पछि समितिका पदाधिकारी अन्यौलमा परेका छन भने काम गरेका स्थानीयवासी उपभोक्ता समिति र जिल्ला समन्वय समिति प्रति आक्रोशित बनेका छन्। प्राविधिकले रेखाकंन गरेको केही स्थानमा स्थानीयवासीले आफ्नो जग्गाबाट सडक खन्न नदिने भने पछि सडक खन्ने स्थान अर्को स्थानमा सार्नु परेको उपभोक्ता समितिका अध्यक्ष सुरबहादुर मल्लले बताए।