विद्यालयमा ‘नो जंक फुड’
३१ असार २०७४
•
९ मिनेट पाठ
विद्यालयमा ‘नो जंक फुड’
काठमाडौं – छोराछोरीलाई ‘टिफिन’ के पठाउनुहुन्छ ? सजिलोका लागि चाउचाउ, चिप्स, चिजबल वा प्याकेटका खानेकुरा पठाउनुहुन्छ भने अब ख्याल गर्नुस् । अब विद्यालयहरूले यस्ता खाजामा प्रतिबन्ध लगाउँदैछन् । विद्यालयदेखि नै बालबालिकामा स्वस्थकर खानेकुरा खाने बानी बसाउन विद्यालयवरपर जंक फुड र चिनीको मात्रा बढी भएका ‘सुगर फुड’ निषेध गर्न लागिएको हो । 

जंक फुड निषेध प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँग समझदारी गरिसकेको छ । समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सबै विद्यालयले नर्स राखेरै स्वस्थकर खानेकुरा खाने, स्वस्थ रहने बानी र ज्ञान प्रवद्र्धन गराउनेछन् । सो अनुसार केही विद्यालयले नर्स राख्न सुरु गरिसकेको प्याब्सनले जनाएको छ ।

बाल्यकालदेखि नै स्वास्थ्य शिक्षा र स्वस्थकर खाना खाने बानी विकास गर्नसके मात्रै निरोगी बन्न सकिने सरकारको निष्कर्ष

प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फेले जंक फुड र गुलिया पेयपदार्थ बेच्न रोक लगाउन र प्रयोग निरुत्साहित गर्न सदस्य विद्यालयलाई निर्देशन जारी भइसकेको बताए । ‘निर्वाचन आदि कारणले अनुगमन हुनसकेको छैन,’ उनले भने, ‘अब अनुगमन पनि हामी आफैं गर्छौं ।’ सम्बाहाम्फेले धेरै विद्यालयले अहिले पनि जंक फुड प्रयोग रोकिरहेको भन्दै अब सबैमा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताए । उनले नर्स राख्न विद्यालयले धमाधम आवश्यकतासम्बन्धी विज्ञापन निकालिरहेको जानकारी दिए । 

सजिलोका लागि अधिकांश अभिभावकले छोराछोरीलाई खाजा जंक फुड पठाउँछन् । पोषणविद्का अनुसार जंक फुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेड, भिटामिन र सूक्ष्म पौस्टिक तत्व हुँदैनन् । यस्ता खानेकुरा प्रयोगले विशेषगरी शारीरिक र मानसिक विकासमा ह्रास ल्याई दीर्घकालीन रुपमा अनेकौं स्वास्थ्य समस्या निम्तिन्छ । 

चिकित्सकका अनुसार पछिल्ला दिनमा नसर्ने खालका रोग मुटु, मधुमेह, उच्च रक्तचापको प्रमुख कारक जंक फुड, फास्ट फुड, बढी चिल्लो भएका, नुनिला र तारेका खानेकुरा हुन् । यस्ता खानेकुरा खाँदा रोगसँगै अल्छी लाग्ने, निद्रा नलाग्ने, अत्यधिक मोटोपन, डिप्रेसन, हड्डी कम्जोर बनाउने जस्ता समस्या देखापर्छन् ।  

पूर्ववर्ती स्वास्थ्यमन्त्री गगन थापाले उपचारले मात्रै स्वास्थ्यसेवामा राज्यको खर्च घट्न नसक्ने र स्वास्थ्य आनीबानी विद्यालय तहदेखि नै प्रवद्र्धन गर्नुपर्ने भन्दै प्याब्सन पदाधिकारीसँग विभिन्न चरणको वार्ता गरेर उनीहरूलाई यसमा सहमत गराएका थिए । यसअघि नै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा समेत जंक फुड प्रतिबन्ध लगाउने उल्लेख छ तर धेरै विद्यालयले त्यसमा ध्यान दिएका छैनन् । 

प्याब्सन विद्यालयवरपर गुलिया पेय पदार्थ बिक्री रोक्नसमेत सहमत भएको छ । प्याब्सन र मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रबीच जेठ तेस्रो साता भएको सम्झौतामा विद्यालयमा स्वस्थकर खाना खानेबानी प्रवद्र्धनसँगै स्कुलमा नर्स राखेर विद्यालयले स्वास्थ्य शिक्षासमेत दिने उल्लेख छ । 

केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सम्झौतामा विद्यालयले विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने र नियमित स्वास्थ्य परीक्षण, दिवा खाजामा पोषण तŒवयुक्त पदार्थ पठाउन अविभावकलाई मेनु उपलब्ध गराएर प्रेरित गर्नेसमेत उल्लेख रहेको बताउँछन् । 

विद्यालय उमेरका बालबालिका तथा किशोरकिशोरीलाई प्रोटिन, मिनरल, कार्बोहाइड्रेट, क्यालोरी, फ्याट, र भिटामिनयुक्त खाना आवश्यक पर्छ । त्यसका लागि सकेसम्म ताजा र घरैमा बनेका पौस्टिक तत्व पाइने खाना मकै, भटमास, चना, रोटी, आलु, सागसब्जी, फलफूलजस्ता खानाको प्रयोग बढाउनुपर्ने चिकित्सक बताउँछन् । 

‘नर्स अनिवार्य’

बाल्यकालदेखि नै स्वास्थ्य ज्ञान र स्वस्थकर खाना खाने बानी विकास गर्नसके मात्रै निरोगी बन्न सकिने भन्दै सरकारले विद्यालयमा नर्स अनिवार्य राख्ने तयारी गरेको छ । निर्देशक खड्काका अनुसार यो वर्षको वार्षिक कार्यक्रममै स्कुलमा नर्सको व्यवस्था गर्ने कार्यक्रम परेकाले यो सरकारको प्राथमिकतामा रहेको छ ।  

‘पहिलो चरणमा प्याब्सनसँग सहमति भइसकेकाले निजी विद्यालयमा नर्स राख्ने काम हुन्छ,’ खड्काले भने, ‘विस्तारै सरकारीमा पनि लागू हुन्छ,’ । देशभर हाल ३० हजारको हाराहारीमा विद्यालय छन् । तीमध्ये ७ हजार भन्दा बढी निजी विद्यालय छन् । हाल ७० हजारजति नर्स काउन्सिलमा दर्ता भएको नर्सिङ काउन्सिलले जनाएको छ । 

प्याब्सनसँगको सम्झौतामै विद्यालयमा राखिने नर्सले के÷के गर्ने भन्ने उल्लेख छ । ती नर्सले बच्चाको शारीरिक र मानसिक स्वास्थ्य ख्याल गर्ने, विद्यालयमा लाग्ने घाउचोटको प्राथमिक उपचार गर्ने र स्वस्थकर खाना प्रवद्र्धनार्थ पहल गर्नेछन् । मन्त्रालयले विद्यालयमार्फत बालबालिकाको आँखा, किड्नीजस्ता अंगको परीक्षण एवं चेतना बढाउने जनाएको छ । स्कुल नर्सहरू ‘मेरो स्वास्थ्य मेरो वर्ष अभियानअन्तर्गतका पाँच प्रतिबद्धता म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोसिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र परिवार तथार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ को प्रवद्र्धन गर्ने छन् ।  यसबाट स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास खड्काको छ ।  स्कुल नर्सले नियमित रुपमा पाठ्यक्रममा रहेको स्वास्थ्य शिक्षा, वातावरणीय स्वास्थ्य, परिवार नियोजन, महिनावारी, किशोरावस्थासम्बन्धी समस्या, सरसफाइ रहने र पोसिलो खाना खाने तरिका, कम उमेरमा विवाह गर्दा आउने समस्या, सुरक्षित यौनव्यवहार र गर्भधारण जस्ता स्वास्थ्यसँग सम्बन्धित विषयमा ज्ञान दिनेछन् ।
अर्को समाचार
‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा
०७ चैत्र २०७४
•
६ मिनेट पाठ
‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा
दोलखाको भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित हरिकीर्तन आधारभूत विद्यालयमा मंगलबार बालबालिकालाई खुवाउन खाजा बनाउँदै अभिभावक । तस्बिर :रमेश/नागरिक
दोलखा – कक्षाकोठाको पल्लो छेउमा बनाइएको अगेनोमा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुन गाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । छेउमै उनकी छिमेकी छत्रमाया सुवेदी आलु ताछ्दैछिन् ।

केही बेरमा सुशीलाले अगेनोमा भाँडो बसालिन्।

आलु र गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो । लगत्तै पिठो मुछेर उनीहरुले रोटी पनि तयार पारे । उनीहरुले पकाइ–तुल्याइसकेको केही बेरमा टिनिनिनी घण्टी बज्यो । विद्यालयका बालबालिका लाम लागे । उनीहरुलाई सुशीला र छत्रमायाले कचौरामा तरकारी र प्लेटमा रोटी राखेर दिए । विद्यार्थीलाई खुवाइसकेपछि शिक्षकलाई पनि खुवाएर भाँडाकुँडा सफा पारी उनीहरु घर फर्किए।

सदरमुकाम चरीकोटनजिकको मकैबारी गाउँस्थित हरिकीर्तन आधारभूत विद्यालयमा एउटा कोठामा बनाइएको भान्सामा खाजा पकाउन खटिएका सुशीला र छत्रमायाको उद्देश्य व्यापार गर्नु भने होइन । यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ । विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् । अभिभावकले पालैपालो खाता तयार पार्छन्।

बालबालिकामा ‘जंक फुड’ को लत लागेपछि विद्यालयको पहलमा अभिभावकले प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ उठाएर भान्सा चलाएका हुन् । ‘प्याकेटका चाउचाउ, बिस्कुट, लेजजस्ता सुक्खा खानेकुरा खाएर हाम्रा बच्चा अस्वस्थ हुने डरले सबैको सल्लाहमा विद्यालयमा भान्सा चलाएका हौं’, सुशीलाले भनिन् ।

१ देखि ७ कक्षासम्म पढाइ हुने यो विद्यालयमा एक सय विद्यार्थी पढ्छन् ।

बालबालिकामा ‘जंक फुड’ को लत लागेपछि विद्यालयको पहलमा अभिभावकले प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ उठाएर भान्सा चलाएका छन् ।

तीमध्ये ५५ जना दलित समुदायका छन् । शिक्षक कृष्ण मुग्रातीका अनुसार विद्यार्थी जंक फुडको लतमा फसेपछि अभिभावकको भेलाबाट निर्णय गराएर फागुन १४ देखि भान्सा चलाइएको हो । सूर्योदय प्रतिष्ठाननामक गैरसरकारी संस्थाले पकाइतुल्याइ गर्न नौ हजार रुपैयाँका भाँडाकुडालगायतका सामान किनिदिएको छ । ‘यसलाई दीर्घकालीन बनाउन पछि पनि सहयोग गर्छौं भनेका छन्’, मुग्रातीले भने ।प्रधानाध्यापक हरिहर दाहालका अनुसार विद्यालयमा भान्सा चलाउने निर्णय त गरे तर आर्थिक जोहो कहाँबाट गर्ने भन्ने कुराले विद्यालय प्रशासनलाई पिरल्यो।

‘सबै अभिभावकलाई जंक फुडले बालबालिकाको शरीरलाई भित्रभित्रै खाइरहेको कुरा बुझायौं’, उनले भने, ‘त्यसपछि सबैजना भान्सा चलाउन प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ दिन र पालो परेको दिन विद्यालयमा आएर खाजा बनाइदिन तयार भए ।’  उनका अनुसार सबै अभिभावकको टेलिफोन नम्बरसहितको विवरण विद्यालय प्रशासनले राखेको छ । ‘खाजा पकाउन पालो परेको कुरा टेलिफोनमा भनिदिन्छौं’, प्रधानाध्यापक दाहालले भने, ‘उहाँहरु ११ बजे आउनुहुन्छ, खाजा पकाएर सबै बच्चालाई खुवाउनुहुन्छ र जानुहुन्छ’ । खाजा बनाउन एकजना अभिभावकको  पालो डेढ महिनामा एकपटक आउँछ।

विद्यालयमा अभिभावकले चलाएको भान्सामा स्थानीय परिकारमात्रै पाक्छ । ‘अस्ति एक दिन गुन्द्रुक र भात खुवायौं, त्योभन्दा अघिल्लो दिन चाम्रे’, प्रधानाध्यापक दाहालले भने । उनका अनुसार अभिभावकले खिर, सातु, थुक्पा, रोटी, तरकारीजस्ता परिकार पकाउँछन् । दलित र अन्य समुदायका अभिभावक पकाउन आउछन् । विद्यालयको भान्सामा कुनै भेदभाव छैन ।

भान्सा चलाएपछि विद्यार्थीले जंक फुड खान छाडेका छन् । ‘अहिले त वरिपरिका पसलमा बच्चाले जंक फुड किन्न छाडेका छन्’, शिक्षक मुग्रातीले भने ।भान्सामा दैनिक १२ सयदेखि १४ सय रुपैयाँसम्म खर्च हुने गरेको दाहालले सुनाए।‘अहिले अभिभावकबाट उठाएर खर्च व्यवस्थापन गरेका छौं’, उनले भने, ‘कोही दाता फेला पार्न सके विद्यालयमै रमाइरमाइ स्वस्थ खाजा खाने र पढ्ने वातावरण बालबालिकालाई दिलाउन सक्थ्यौं कि।’विद्यालयमा भान्सा चलेपछि अभिभावक उत्साहित छन् ।‘हाम्रा नानीलाई पसलको खानेकुरा नखुवाउन र स्वस्थ राख्न यस्तो श्रम दैनिक रुपमा गर्न पनि तयार छौं’, अभिभावक सुशीलाले उत्साहित हुँदै भनिन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस