कमला नदीमा आएको बाढीले बगाएका धनुषाका दम्पती अझै फेला परेका छैन् । मंगलबारदेखि वेपता भएका गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीय माया परिवार अझै फेला परेका छैन्।खोलामा दाउरा टिप्न गएका उनीहरु बेपत्ता भएको २४ घण्टा बितिसकेको छ।
बाँध कटान सुरु भएकै ठाउँबाट उनीहरु बेपत्ता भएका थिए । बाँध कटान भएको क्षेत्रमा सुरक्षाकर्मी सक्रिय भएका छन् । उनीहरुले बाँध जोगाउने काम सुरु गरेका छन । सुरक्षा निकायले तार जालीमा ढुङ्गा राखेर बाँध जोगाउने काम गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
उनका अनुसार गणेशमान चारनाथ नगरपालिका ७ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर ५० मिटर बाँध कटान हुने जोखिम बढेको थियो । त्यहाँ पानीको ठक्करले बाँधमा असर पुर्याएको थियो । कमला सिचाई व्यवस्थापन कार्यालय पोर्तहा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर संयुक्त रुपमा बाँध जोगाउने कार्यमा लागेका छन् । सबै निकायसंग समन्वय गरेर बाँध जोगाउने काम गरिरहेको उनले बताए ।
रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ।
उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो।
त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो।
सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।
त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...