मकवानपुरको बागमती गाउँपालिकाको पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये बुधबार थप दुईजनाको शव फेला परेको छ।
पहिरोमा हराइरहेका बागमती ५ का ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनको २२ बर्षीया छोरी शिलाको शव फेला परेको हो। पहिरो खसेको भन्दा करिब १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीमा रहेको बाग्मती नदी बगरमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ९प्रहरी नायब उपरीक्षक० टेकबहादुर कार्कीले जानकारी दिए।
बागमती गाउँपालिका-५ सिग्रे दोभानमा मंगलबार अविरल भर्षासँगैको पहिरोमा परेर ७ जना बेपत्ता भएका थिए। तीमध्ये मंगलबार साँझ १७ वर्षीय पासाङ घिसिङको करिब १४ घण्टापछि जीवितै उद्धार गरिएको थियो भने अक्कलबहादुरको श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको थियो।
पहिरोले बगाएको १४ घण्टापछि उद्धार गरिएका घिसिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। अक्कलबहादुरको घरमा पाहुना लाग्न गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका-९ कोकटी पहिरोले उनलाई बगाएको थियो। घिसिङको शरीरभरी घाउचोट लागेको छ। उनको दाहिने खुट्टा भाँचिनुका साथै आँखा सुन्निएको छ। उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ।
पहिरोमा परेका अझै तीन जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा अक्कलबहादुरका २५ वर्षका ज्वाइँ जीवन पहरी, चार वर्षका नाति मिलन र डेढ वर्षकी नातिनी दिव्या रहेका छन्। पहिरोमा परेर मंगलबारै अक्कलबहादुरको श्रीमती सन्तमायाको उपचारको क्रममा मृत्यु भएको थियो।
‘पहिरो गएको घटनादेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोली निरन्तर खटिइरहेका छौं। हालसम्म एक जनाको जीवितै उद्धार गरिएको छ, जसको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन्’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कार्कीले भने, ‘खोजी कार्य जारी छ। खोलामा पानीको सतह बढेकोले पनि समस्या भएको छ।’