राप्ती बाढीपीडित भन्छन्- 'बल्ल पीडा सुन्ने मान्छे पायौं'
०१ साउन २०७४
•
६ मिनेट पाठ
राप्ती बाढीपीडित भन्छन्- 'बल्ल पीडा सुन्ने मान्छे पायौं'
बाँके (डुडुवा)- टेपरीकी मनसरी बाहुनले डुडुवा गाउँपालिका–१, नयाँबस्तीमा विस्थापित जीवन बिताउन थालेको चार वर्ष भयो। राप्तीको बाढीले घरजग्गा बगाएपछि उनको परिवार विस्थापित भएको थियो। यो अवधिमा उनले आफ्नो पीडा धेरै ठाउँमा सुनाउँदा पनि कसैले वास्ता गरेनन्। तर, अब स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएपछि भने उनमा आशा पलाएको छ। 'अब त जनताको लागि काम गछर्ौं भनेर भोट मागेका नेताहरू वडाप्रधान (वडाध्यक्ष) भएका छन्,' उनले भनिन्, 'अलिकति भए पनि हाम्रो पीडा सुनुवाइ हुन्छ कि भन्ने आशा पलाएको छ।'

निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि मनसरीजस्ता थुप्रै विस्थापितको अनुहारमा भरोसाको उज्यालो छाएको छ। भारतीय सीमासँग जोडिएको डुडुवा–१, नयाँबस्तीमा ३५ घरपरिवार विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूको विश्वास छ– 'हाम्रो पीडा बुझेकाहरूले समस्या समाधानमा पक्कै पनि चासो दिनेछन्।'

५५ वर्षीय श्यामलाल मौर्य परिवारका आठजना सदस्यसहित सिरेटाले बारेको झुपडीमा बस्छन्। बिगतमा सानोतिनो कामको लागिसमेत गाविस सचिवले निकै तनाव दिएको उनको भोगाइ छ। 'कर्मचारीले त हामीलाई मान्छे नै गन्दैनन्,' उनले भने, 'हामीले पीडा पोख्ने ठाउँ नै कहाँ पो थियो र?' सरकारले दिएको राहत पनि कर्मचारीले नदिएको उनले गुनासो पोखे।

चुनावलगत्तै बाढीपीडितले आफ्नो समस्या सुनाउन पनि थालिसकेका छन्। मौर्यले आफ्नो वडाका अध्यक्ष परमेश्वर बनगैयालाई भेटेरै पीडा राखेको बताए। 'उहाँले भर्खरै जितेको छु, नआत्तिनुस् भन्नुभएको छ,' उनले भने, 'हेरौं मुखले मात्र हो कि काम पनि गर्नुहुन्छ।'

वषर्ौंदेखि गुम्सिरहेको आफ्ना समस्या जनप्रतिनिधिले सम्बन्धित ठाउँमा पुर्‍याएर समाधानको पहल गर्लान् भन्ने बाढीपीडितको अपेक्षा छ। जनताका प्रतिनिधि भएकाले माग पूरा गराउन केन्द्रीय सरकारसँग 'पौठेजोरी' खेल्छन् भन्ने विश्वास पनि उत्तिकै छ। 'हाम्रो समस्या बोकेर नेता अघि लागेपछि हामी पनि पछिपछि लाइन लाग्न तयार भइहाल्छौं,' स्थानीय अगुवा ओमकार यादवले भने, 'हामीलाई भरोसा चाहिएको थियो, अहिले त्यो पाएका छौं।'

सरकारसँग बाढीपीडितको धेरै ठूलो माग पनि छैन। उनीहरू घर बनाउनका लागि जग्गा व्यवस्था गरिदिए पुग्ने बताउँछन्। २४ वर्षीय तिलकराम मुराउ स्थानीय सरकारले बाढीपीडितको माग प्राथमिकतामा राखेर काम गरोस् भन्ने चाहन्छन्। 'चुनावमा त सबैले 'तपाईंहरूको समस्या समाधान गछर्ौं' भनेकै हुन्,' उनले भने, 'हामीले पनि पार्टी नभनी काम गर्नसक्ने विश्वासिलो मान्छेलाई भोट दिएर जितायौं, अब हेरौं कसरी काम गर्छन्।'

विस्थापितलाई घरबार गुमाउनुपर्दाको भन्दा ठूलो पीडा भरोसा गरेका व्यक्तिबाट उपेक्षा हुँदा लाग्ने गर्छ। स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा उनीहरुले यस्तै पीडा भोगे। विस्थापित बस्तीका अगुवा ओमकारसँग यस्ता थुप्रै अनुभव छन्।  'समस्या सुनाउन गाविस कार्यालय जाँदा सचिवले सुन्दै नसुन्ने, सुनिहाले पनि हकारेर पठाउने गर्दा मन निकै दुख्थ्यो,' स्थानीय सरकार नहुँदाको पीडा सुनाउँदै उनले भने, 'जागिर खाने मान्छेलाई जनताको पीडा थाहा नहुँदो रैछ।' कर्मचारीसँग झगडा गर्दा उल्टै काम बिग्रिने डरले चुपचाप बस्नुपरेको उनले बताए। भोट हालेर जिताएका जनप्रतिधिसँग भने छाती पिटेर आफ््कनो पीडा बिसाउने उनको भनाइ छ।

नवनिर्वाचितन जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रका समस्या पहिचान गरी समाधानको लागि चासो देखाइसकेका छन्। डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष गोकर्ण मिश्राले विकास निर्माणका साथै जनताले पाइरहेको दुःखलाई 'दूर' गर्न योजना बनाइने बताए। 'हाम्रो गाउँपालिकालाई बाढीपीडितको समस्याले लामो समयदेखि बल्झाइरहेको छ,' उनले भने, 'यी र यस्तै समस्या समाधान गर्नु हाम्रो पहिलो प्राथमिकता हो।' निःस्वार्थ रूपमा जनताको सेवा गर्ने उद्देश्यसाथ चुनावमा होमिएकाले जितेपछि चुनावको बेला गरिएका प्रतिवद्धता पूरा गर्ने उनले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस