रामेछाप- लिखु गाउँपालिका ६ को खिम्तीस्थित छतिवने खोलामा आएको बाढी पहिरोका कारण १ जनाको घटनास्थलमै मृत्यु भएको छ। बाढी पहिरोमा ५ जना बेपता भएका छन् भने ६ जना घाइते छन्।
शनिबार राति परेको अविरल बर्षाका कारण मध्यरातमा आएको बाढी पहिरोले ४० वर्षीय अशोक तमाङ र उनकी ११ वर्षीया छोरी मनिला तमाङ, ४५ वर्षीय बासुदेव कार्की र ५५ वर्षीया सुमन कुमारी खत्री बेपता छन्।
बाढी पहिरोले सेाही स्थानका ६० वर्षीया बालकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको छ। घटनमा परी घाइते बनेकी ४५ वर्षीया सुन्तली खत्रीको अवस्थामा भने गम्भीर छ। उनलाई घटनास्थलमा हिलोमो पुरिएको अवस्थामा निकालेर सुरक्षित स्थानमा राखिएको भए पनि थप उपचारका लागि लैजान सकिएको छैन। थप उपचारका लागि कुनै उपाय नभएपछि हेलिकोप्टरबाट लाने तयारी गरिएको छ। कुमार खत्री, भगवति खत्री, राधा खत्री र बालिका प्रमिशा खत्रीत घाइते भने छन्।
बाढी पहिरोले मन्थली खिम्ती फर्पु सडक खण्डको छतिवने खेालाको माटरेवल पुलसमेत बगाएको छ। बाढी पहिरोकै कारण मन्थली दोलखा सडक खण्डको खानी खोलाका कजवे बगाएपछि दोलखा मन्थलीको सडक सम्बन्ध विच्छेद भएको छ।
बाढीका कारण बेपता सुमन कुमारीको माच्छा पोखरी र उनी बस्दै आएको घर पनि बगाएको छ।
अहिले घटनास्थलमा प्रहरी, सेना र सर्वसाधारणको टोलीले विरामीको उद्धार र बेपत्ताको खोजी गरिरहेको छ।