भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी
२५ साउन २०८०
•
८ मिनेट पाठ
भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी
भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।




त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्र घुमाउनेमा बाटो नै खस्ने गरी चर्किएको सडक, नगरकोटसम्म कालोपत्र भत्किएर बनेका खाल्डोभरि जमेको पानी, हिलाम्मे सडक। दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर–नगरकोट सडक खण्ड’को दृश्य हो यो। कमलविनायकदेखि नगरकोटसम्म देखिएको सडकको दूरावस्ता, ठाउँठाउँमा सडकको छेउँमा चर्किएर सडक नै पहिरोमा जाला भन्ने त्रास, सडकमाथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास।

प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै आहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन। सडक निर्माणकै क्रममा वास्तोला गाउँमा भएको दुर्घटनामा एक स्थानीयले मृत्युको पीडा मात्रै होइन वर्षामा ठूलो पानी पर्दा हिलाम्मे सडकबाट बगेको हिलोपानीको आहाल घरभित्र पस्दा खेप्नु परेको सास्ती, हिउँदमा धुलाम्मे सडकका कारण व्यहोर्नु परेको स्वास्थ्य समस्याको पीडा यहीँ सडक भएर ओहोरदोहोर गर्नेदेखि यहीँ सडक आसपासका बासिन्दाको दैनिकी कठिन भोगाइ बनेको छ।

दश वर्षमा नवौँ पटक म्याद थप 

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरू भएको भक्तपुर–नगरकोट सडकखण्डको फेरि अन्तिम पटक भन्दै नवौँ पटक म्याद थप भएको छ। आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नु पर्नेगरी सरकारले साउन ३ गते अन्तिम पटकका लागि म्याद थप गरेको विगत दुई वर्षदेखि सोही सडकको गुणस्तरीय परीक्षण गर्दै आएकी भक्तपुर नगरकोट सडक योजना कार्यालयकी सब इञ्जिनियर सुमिता धुकुछुले बताइन।

उनले भनिन, ‘अब करिब ५०० मिटर सडकको काम गर्न बाँकी छ, कालोपत्र उप्किएर बनेका खाल्डाखुल्डी सडकको मर्मतसमेत सन्पन्न गर्दै आउँदो असोजसम्ममा सडक हस्तान्तरण गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ, त्यतिखेरसम्म सकिन्छ।’

एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडकको लागत बढेर भ्याटसहित ३१ करोड पुगेको उनले बताए।

भक्तपुरको भत्केकोपाटीदेखि नगरकोटसम्मको १५।६ किलोमिटर लामो उक्त सडकखण्डको काम नसकिएपछि गत चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने १४ दिने सूचनासमेत जारी गरेको थियो।

तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गत फागुन १८ गते उक्त सडकखण्डको अनुगमन गर्दै चैत महिनाभित्र सडक निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कारबाही गर्ने बताएको भएपनि नयाँ मन्त्री आएपछि नवौँ पटक म्याद थप भएको हो। त्यसो त सरकारले अन्तिमपटक भन्दै २०७८ चैत १९ सम्मका लागि सातौँ पटक र २०७९ पुस मसान्तसम्म सम्पन्न गर्नेगरी फेरि आठौँ पटक म्याद थप गरेको थियो।

विभिन्न चरणमा अनुगमनमाथि अनुगमन 

भक्तपुर नगरकोट सडक खण्डको प्रगतिबारे जान्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक संयन्त्रका प्रतिनिधि, जनप्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा सडक निर्माणमा गुणस्तरहिन काम भएको निष्कर्ष निकालेको छ।

त्यसो त यसअघि २०७९ फागुन १८ गते तत्कालिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उक्त सडकको अनुगमन पछि जनतासँग फागुन महिनाभित्र सम्पन्न नगरे कारबाही गरेर ठेक्का रद्द गर्ने आश्वासन दिएका थिए।

त्यसअघि २०७८ कात्तिक २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उक्त सडकको अनुगमन गरी स्थानीयसँग दुई महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन। श्रेष्ठ र यादवले अनुगमन गर्दा स्थानीयले सडकमै सुतेर र सडकमै घेराबन्दी गरेर अबरोध गरेका थिए। त्यसअघि २०७६ साउन १३ गते तत्कालीन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न निर्देशन दिएको थियो।

विसं २०७६ मङ्सिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वको टोलीले, त्यसपछि तत्कालीन भौतिक योजनामन्त्री वसन्त नेम्वाङले, तत्कालीन मन्त्री एवं सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका तत्कालीन प्रमुख सोमप्रसाद मिश्रसहितको टोलीले, नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी सहितको टोलीले पटकपटक यस सडकको अनुगमन गर्दै छिटो निर्माण सम्पन्न गराउन दबाब दिँदै आएका थिए।

प्रधानमन्त्रीहरुसँगको भेट र आन्दोलनले पनि भएन सम्पन्न 

यस सडक निर्माण छिटो सम्पन्न गराउन दबाब दिन स्थानीयवासी र जनप्रतिनिधिले पटकपटकका प्रधानमन्त्रीहरुसँग भेट गरेर जानकारी गराउँदा र पटकपटक आन्दोलन गर्दा पनि नतिजा दिन सकेन। सडक निर्माण सुरु भएपछि चाँगुनारायण नगरपालिकाका तत्कालीन नगर प्रमुख मिश्रको नेतृत्वमा गएको टोलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी सडक छिटो निर्माण सम्पन्न गराउन माग  गरेका थिए।

मिश्र भन्छन्, ‘सरकार परिवर्तन हुने बित्तिकै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र दिने र छिटो निर्माण सम्पन्न गराइदिन माग गर्दै दबाब दिएकै हो, तर नतिजा निस्किन नसक्दा, यस्ता ठेकेदार सरकारभन्दा बलिया हुँदा रहेछन् जस्तो लाग्यो।’

त्यसो त २०७८ मा बागमती प्रदेशका तत्कालीन भौतिक योजनामन्त्री कृष्णलाल भँडेल, माओवादी केन्द्रका केन्द्रीय नेता डि.पी. ढकालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग तत्कालीन नेकपा भक्तपुरले तत्कालीन भौतिक योजना मन्त्री वसन्त नेम्वाङसँग, नगरपालिकाका प्रमुख खत्री, माओवादी केन्द्रका नेताहरुसहितको माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेर आश्वासन पाएपनि तीब्रगतिमा काम भने भएन।

जनप्रतिनिधि, स्थानीयवासी र पर्यटन व्यवसायीले सडक छिटो सम्पन्न गर्न माग गर्दै पाँच वर्षदेखि पटकपटक आन्दोलन गर्दै आएका छन्। स्थानीयले सडक अबरुद्ध गर्ने, ठेकेदार शारदाप्रसाद अधिकारीको तस्विर बादरसँग जोडेर पोष्टर सार्वजनिक सवारी साधन र सडकको भित्ता भित्तामा टाँस्ने, चाँगुनारायण नगरपालिका वडा नं। ६ र ७ का वडाध्यक्षले २०७९ असार १७, देखि १९ गतेसम्म सडकमै कार्यालय सञ्चालन गर्ने, नगरकोटका पर्यटन व्यवसायीले सडक अवरुद्ध गर्दै आए पनि अझै सडक निर्माणले पूर्णता पाएको छैन।

यस्तो छ सरोकारवाला निकायको भनाइ

भक्तपुरका प्रजिअ रिजालले भक्तपुर नगरकोट सडक निर्माणको अन्तिम चरणमा पुगेपनि गुणस्तरहिन कालोपत्र र खाल्डैखाल्डोले अहिले नै स्तरोन्नतिको आवश्यकता रहेको बताए। उनले निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय गरेर आएको समस्या समाधान गर्दै आउँदो दशैसम्ममा सम्पन्न गर्न दबाद दिने बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले प्रधानमन्त्री, भौतिक योजना मन्त्रीदेखि बिभिन्न निकायमा धाएको बताउदै सडक निर्माण सम्पन्न नगरे कारबाही गर्नुपर्ने बताए।  उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटकपटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगर प्रमुख तथा उपप्रमुख आफै उभिएर समस्या समाधान गर्न तत्पर रहेको बताए।जनताको घरदैलोमा जानै नसक्ने अवस्था यो सडकले बनाएको बताए।

राप्रपाका केन्द्रीय उपमहामन्त्री एवं स्थानीयवासी रबिन्द्रप्रताप शाहले पानी पर्ने समयमा पहिरो र हिलोको समस्या, अरुबेलामा धुलोको समस्याले हैरान भएको भन्दै स्थानीयको पूर्ण सहयोग रहेपनि लापर्वाही गर्ने ठेकेदारलाई कारबाही गर्नु पर्नेमा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको बताए।

एमालेका जिल्ला अध्यक्ष बचन देउजाले पहिलाको तुलनामा सडक धेरै बनेको देखिए पनि एक महिना पछि आउँदा नयाँ सडकसमेत बिग्रेर खाल्डो हुने गरि गुणस्तरहिन काम भएको बताए। माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल वासुले सडक नै पहिरोको जोखिममा परेको बताउदै स्थानयिदेखि निर्माण कम्पनीसम्मको लापर्वाही देखिएको बताए। नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले पर्यटकीय सडकको कन्तबिजोग देख्दा सडक निर्माणमा लापर्वाही गर्नेको म्याद थप्ने नभई लाइसेन्सनै खारेज गर्नु पर्ने बताए।

नेपाली काँग्रेसका जिल्ला सचिव सुशील बस्नेतले योजना ओगट्ने र म्याद मात्रै थप्ने गर्नु भन्दा यस्तै हालतमै भए पनि सडक हस्तान्तरण गरे नयाँ बजेट ल्याएर छिटो काम गर्न सकिने बताए। रास्वपाका जिल्ला संयोजक रामेश्वर बस्नेतले अब पनि सडक सन्पन्न नगरे जनस्तरबाट सरकारलाई नै दबाब सिर्जना गर्नुपर्ने धारणा राखे।

चानपा–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षौंदेखि जनताले दुःख भोग्दै आएको बताउदै आउँदो दसैँमा हुने नगरकोट सडक महोत्सव अगावै निर्माण सम्पन्न हुनुपर्ने बताए। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले सडककै कारण यहाँको पर्यटन व्यवासाय धरासायी बन्दा अर्बौंको लगानी र हजारौको रोजगारी खोसिने अवस्थामा पुगेको भन्दै नगरकोट सडक निर्माण सम्पन्न गर्न सरकारले दबाब दिनुपर्ने बताए।

यसो भन्छन् आयोजनाका कर्मचारी 

आयोजनाकी सव–इन्जिनियर साधना तिवारीले नेपाली सेनाले ढल हाल्न र ड्रेनको पानी  खसाल्न नदिँदा घुमाउनेमा सडकनै पहिरो जाने अवस्थामा पुगेको, शिवशिखर सहकारीको पानी, चकलेट,  प्याकेनिजङ फुड कारखानाको पानी सडकमा खसाल्दा खाल्डैखाल्डो भएको, युटर्नमा जग्गा प्लानिङ गर्नेहरुको पहिरो आएर पटकपटक अबरोध गरेको, बाधमारालगायत विभिन्न ठाउँमा नगरपालिकाले विस्तार गरेको शाखा सडकको सानो  ड्रेनले सडक बिगारेको, स्थानीयले निर्माण सामग्री सडकमै थुपार्दा कमजोर बनेको, कतै कुलो र कलर्भट नै पुरिदिँदा सडकबाटै पानी बगेर जोखिम भएको बताए।

शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारीले सार्वजनिक खरिद नियमावली १२औँ संशोधनले आयोजनाको म्याद थप भएको बताउँदै अबको दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गरे। उनले नगरकोट बसपार्कमा विद्युत्को खम्बा सार्नुपर्ने र त्यसका लागि प्राधिकरणलाई रकम बुझाइसकेकाले पोल सार्नेबित्तिकै बाँकी काम पनि सम्पन्न गर्ने बताए। 

रमेश गिरी
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस