कोशीमा जसपाकी निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी
२६ साउन २०८०
•
१ मिनेट पाठ
कोशीमा जसपाकी निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी
कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) की संसदीय दलकी नेता निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी गरिएको छ । लिम्बुलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनाउने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको तयारी गरेका हुन्।  




कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले मन्त्रीमा नियुक्त गरेर आजै सपथ ग्रहण गराउने तयारी छ। आजै दिउँसो ३ बजे मन्त्री लिम्बुले सपथग्रहण गर्ने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले जानकारी दिए। यस अघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बु स्वास्थ्य मन्त्री नै थिइन्।  
अर्को समाचार
कोशीमा मन्त्रिपरिषद् विस्तार
२६ साउन २०८०
•
२ मिनेट पाठ
कोशीमा मन्त्रिपरिषद् विस्तार
कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बु प्रदेश प्रमुख समक्ष शपथग्रहण गर्दै । तस्बिर: चुमन बस्नेत /नागरिक
कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । 




कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै  स्वास्थ्य मन्त्रीमा लिम्बुलाई नियुक्त गरेका थिए । यस अघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बु स्वास्थ्य मन्त्री थिइन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा लिम्बु थपिए पछि  मन्त्रिपरिषद् बिस्तार भएर ५ सदस्यीय भएको छ । कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । अब, ४ जना मन्त्री नियुक्त भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । कोशी प्रदेशमा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको  सर्वोच्च अदालतको नियुक्ती खारेज गरेको थियो । सभामुखको समर्थनमा मुख्यमन्त्री बनेको भन्दै सर्वोच्चले नियुक्ती खारेज गरेपछि  थापा पुनः साउन १६ गते बहुमतका आधारमा  मुख्यमन्त्री नियुक्त भएका हुन् । कोशी प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा दलको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भए पनि तीन वटा दल मात्रै मन्त्रिपरिषद्मा सहभागी भएका थिए । 

जसपाले कोशी प्रदेशको नाम संशोधनको प्रतिबद्धता खोज्दै मन्त्रीपरिषद्मा सहभागी हुन आनाकानी गर्दै आएको थियो । शुक्रवार विहान कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पत्रकार सम्मेलन गरी प्रदेशको नामाकरण प्रति असन्तुष्ट पक्षसँग वार्ता र संवाद मार्फत समस्याको समाधान खोज्न सरकार तयार रहेको बताएका थिए । थापाले नामाकरणको विषय सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएपछि जसपाकी निर्मला लिम्बु कोशी प्रदेशको मन्त्रिपरिषद्मा सहभागी भएकी हुन् । कोशी प्रदेशमा नेपाली काङ्ग्रेसबाट  खानेपानी सिँचाइ तथा  उर्जा मन्त्री  प्रदीपकुमार सुनुवार, नेकपा एकिकृत समाजवादीबाट  भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जगेवु, नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम साउन १७ गते नियुक्त भएका थिए । 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस