रौतहटको बंकुल नाका हुँदै भित्रिएको तस्करीको सामानसहित दुई जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। बौधिमाई नगरपालिका ४ कोपाका २३ वर्षीय राकेश जयसवाल र परोहा नगरपालिका ७ नरकटियाका २१ वर्षीय करन पटेललाई भारतीय नम्बर प्लेट बिआर ५५ – ७४३३ र अर्को नम्बर नखुलेको मोटरसाइकलसहित लाखौँको तेल र चिनीसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएका हो।
यसै गरी यमुनामाई गाउँपालिका ५ इद्रि गेटमा सबारी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाडौँ जाँदै गरेका ना ४ ख ५१४४ नम्बरको शान्ति डिलक्स रात्री बसबाट २१ लख ६४ हजार रुपैया बराबरको कपडा बरामद गरेको छ। भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरु राजधानी काठमाडौँ लैजान लागेको अवस्थामा भेटिएपछि प्रहरीले बसका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको छ।
रौतहटको महादेवपटी, बन्जरहा, औरैया, मठिया, जयनगर, रामपुरखाप, नरकटिया, बंकुल नाका हुँदै खुलेआम तस्करी भइरहेको छ। प्रहरीले तस्करी नभएको बताउँदा खुलेआम तस्करी भएको देख्नेहरुले तस्करी प्रहरीको नियन्त्रणभन्दा बाहिर गइसकेको आरोप लगाउन थालेका छन्।
सशस्त्र प्रहरी बल रौतहट ११ नम्बर गणका गणपति सशस्त्र एसपी माधव रेग्मीले सशस्त्र प्रहरीले कडाइ गरेपछि विभिन्न ठाउँबाट तस्करीको सामान पक्राउ पर्ने क्रम जारी रहेको बताएका छन्। सशस्त्र प्रहरीले ठाउँ ठाउँबाट सामान पक्राउ गरी भन्सार बुझाउने काम गरिरहेको सशस्त्र एसपी रेग्मीले बताए।
यसै गरी सर्लाहीको मलंगवा, संग्रामपुर, पर्सा, नारायणपुर, महोत्तरी खैर्वनी, मधुवनी, अर्नाहा, छतौना, फेनहारा, बहादुर र बारा उधोरण नाका हुँदै नेपालबाट गाई, रक्सी, सुकुमेल तथा स्याउ भारततिर तस्करी भइरहेको छ। यीनै नाका भएर भारतबाट नेपालतिर कपडा, भैंसी, राँगा, खाद्यान्न सामग्री तथा स्पेयर पार्टस्को तस्करी भइरहेको छ।