'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'
१६ साउन २०७४
•
७ मिनेट पाठ
'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'
काठमाडौं- सात दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो ज्यानै जाने अवस्था आए पनि जनता र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयकमा कुनै सम्झौता नगर्ने बताएका छन्। खस्किँदो स्वास्थ्य अवस्था र विधेयकका कतिपय प्रावधानमा सम्झौतामा पुग्न सरकारी पक्षले गरेको आग्रहको सन्दर्भमा डा. केसीको यस्तो भनाइ आएको हो। अनशनस्थलमा आइतबार नागरिकसँग विशेष कुरा गर्दै उनले भने, 'बरु प्राण जाओस् माफियामुखी ऐन आए मान्दिनँ।' उनले अहिले संसद्मा पुगे जसरी नै ऐन आएमा त्यो जनतामुखी नभई माफियामुखी बन्ने बताए।




'मेरो लडाइँ गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आमजनताको समान पहुँच होस् भन्नका लागि हो। यसमा कम्प्रमाइज गर भनेर जोकोहीले भने पनि म मान्दिन्ँ।'

उनले चिकित्सा शिक्षा ऐन विद्यार्थी र जनतामुखी बनाएर पारित नहुँदासम्म लडाइँ नछाड्ने बताए।

उनले चिकित्सा शिक्षा क्षेत्रमा भएको लामो संघर्षको परिणाम तयार भएको चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदन र सो अनुसार छुटेका भनेर आफूले दिएका सुझावमा कत्ति पनि तलमाथि नगरी विधेयक पास हुनुपर्ने अडान दोहोर्‍याए। 'मेरो लडाइँ गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आमजनताको समान पहुँच होस् भन्नका लागि हो,' उनले भने, ' यसमा कम्प्रमाइज गर भनेर जोकोहीले भने पनि म मान्दिन्ँ।'

केसीको स्वास्थ्यलाई लिएर सहकर्मी, विद्यार्थी र आफन्त निकै चिन्तित बनेका छन्। उनीहरूले सरकारले संसद्मा लगेको मस्यौदाका कतिपय बुँदामा सम्झौतामा पुगेरै भए पनि तत्काल अनशन टुंग्याउने वातावरण बनाउन सुझाइरहेका छन्। शुभेच्छुकहरूको सुझावप्रति उनले भने, 'तपाईंहरूलाई मेरो चिन्ता होला तर मलाई ३ करोड नेपालीको चिन्ता छ। जे कुराका लागि मैले ११/११ पटक लडें, त्यही कुरामा कसरी कम्प्रमाइज गरुँ।'

उनले स्वास्थ्य सेवामा समान पहुँचका लागि नै आफूले सातै प्रदेशमा मेडिकल कलेज खोल्नुपर्छ, उपत्यकामा बाहिर कलेज खोल्नुपर्छ भनेर लडिरहेको सुनाए। 'जेहेन्दार विद्यार्थी गरिबको छाप्रोमा जन्मियो र पैसा भएन भन्दैमा ऊ कहिल्यै डाक्टर हुनै नपाउने?' उनले भने, 'यो त विद्यार्थी मात्रै होइन् योग्य डाक्टरबाट सेवा पाउने आमनागरिको अधिकारमाथि समेत खेलबाड हो।'

चिकित्सा शिक्षा ऐन मस्यौदा गर्न बनेको आयोगदेखि नै आफूले विद्यार्थी र बिरामीमुखी थुपै्र सुझाव दिए पनि राजनीतिक लेनदेनका नाममा ती कुरा छाडिएको उनले दोहोर्‍याए। 'मैले विधेयक संसद्मा गएपछि पनि समितिका सभापति, सभामुख, शीर्ष नेतादेखि सांसदसमेतलाई भेटेर यो/यो कुरा थप्नुपर्छ भनेर भनिसकेको छु,' उनले भने, 'कुनै पनि कुरा छुटे भने मान्दिन्ँ।'

उनले चिकित्सा शिक्षा  र यससँग सम्बन्धित संस्था पूर्णरुपमा सेवामुखी हुनुपर्ने बताएका छन्।

काठमाडौंमा निजी मेडिकल कलेजहरूको थुप्रो लागेको भन्दै माथेमा प्रतिवेदनले उपत्यकामा थप यस्ता कलेजलाई सम्बन्धन दिन नहुने र मनसायपत्र पाएकाहरूको मनसायपत्र पनि नवीकरण नगर्न सुझाए पनि विधेयक मस्यौदामा नयाँ कलेज खोल्नेगरी 'लुपहोल' छाडिएको डा.केसीको आरोप छ। 'अब काठमाडौंमा दस वर्षसम्म कुनै स्वरुपका संस्था आउन दिनुहुन्न, काठमाडांैमा थुपारेर गाउँमा को जान्छ', उनले भने, 'पत्थरीको शल्यक्रिया गर्न पनि काठमाडौं आउनुपर्ने अवस्था कहिले अन्त्य हुन्छ?'

उनले साझा प्रवेश परीक्षा र मेरिटमा अगाडि रहेकालाई मात्र मेडिकल कलेजले  भर्ना लिनुपर्ने व्यवस्था गरिनुपर्ने र शुल्क पनि नियन्त्रण गर्नुुपर्ने बताए। 'ऐन बनेपछि गठन हुने आयोगले यो विषय हेर्नुपर्छ,' उनले भने, 'प्रवेश परीक्षा उत्तीर्ण अंक पनि कम्तीमा ६० हुनुपर्छ, बाहिर पढ्न जानेले पनि यो स्तर कायम गर्नैपर्छ।'

मेडिकल माफियाको इसारामा मन्त्रिपरिषद्ले नै महŒवपूर्ण बुँदा विधेयकबाट हटाएको र त्यसपछि पनि संशोधनका नाममा थुपै मर्म मार्ने चलखेल भरहेको आरोप डा. केसीको छ। 'नेपालका कलेजमा नेपाली विद्याथीको सिट ७५ प्रतिशत हुनुपर्छ, सरकारी कलेजमा पढाइ र सेवा पूर्ण निःशुल्क हुनुपर्छ,' उनले भने।

उनले स्नातकोत्तर तहको पढाइ निःशुल्क हुनुपर्ने, छात्रवृत्तिमा पढेका चिकित्सकले कम्तीमा दुई वर्ष सरकारले खटाएको ठाउँमा गएर सेवा गर्नुपर्नेजस्ता प्रावधान समेत स्पष्ट रुपमा ऐनमै खुलाउन माग गरेका छन्।

आवासीय चिकित्सकको समर्थन

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसियसनले (एनआरडिए) डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धतासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

एनआरडिए अध्यक्ष डा. कस्यभ श्रेष्ठ र सचिव डा. अमितकुमार यादवद्वारा हस्ताक्षरित विज्ञाप्तिमा सोमबारदेखि कालोपट्टी बाँधेर काम थाल्ने, माग पूरा गर्न चासो नदिए थप विरोधका कार्यक्रम अगाडि बढाउने उल्लेख छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस