रौतहटका सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा फस्टाएको छ। यहाँ तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने र नेपाल प्रहरले तस्कर समाउने खेल चलिरहेको छ।
यता सशस्त्र प्रहरीका प्रमुख भने तस्करी नभएको दाबी गर्दै आएका छन् जबकि सोमबार मात्र इलाका प्रहरी कार्यालय गरुडको टोलीले १२ सय कुखुराका चल्ला नियन्त्रणमा लिएको थियो। भारतबाट रौतहटको बंकुल नाका हुँदै अवैध रुपमा भित्रिएको ती कुखुराका चल्लाहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यस्तै आइतबार पनि बंकुल नाका भएर अवैध रुपमा ४ ओटा मोटरसाइकल र २ ओटा साइकलमा भित्रिएको सामग्री नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले भारतबाट भित्रिएको १२ बोरा आलु, २ बोरा प्याज, २ बोरा चिनी र २ टिन तेल बरामद गरी भन्सारमा बुझाएको छ।
यसै गरी गत हप्ता यमुनामाई गाउँपालिका-५ इद्रिस गेटमा सवारी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ५१४४ नम्बरको शान्ति डिलक्स रात्रि बसबाट २१ लख ६४ हजार रुपैयाँ बराबरको कपडा बरामद भएको थियो। भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरु राजधानी काठमाडौँ लैजान लागेको अवस्थामा भेटिएपछि सशस्त्र प्रहरीले बसका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको थियो।
यी त केबल उदाहरण मात्र हुन्। रौतहट तस्करीकाे अड्डा नै बनिसकेको छ। रौतहटको महादेवपटी, बन्जरहा, औरैया, मठिया, जयनगर, रामपुरखाप, नरकटिया नाका हुँदै खुलेआम तस्करी भइरहेको छ। पछिल्लो केही दिनदेखि बंकुल नाकाबाट भने निर्बाध रुपमा तस्करी बढेको देखिन्छ।
नेपाल सरकारले आलु र प्याजमा पनि भ्याट लगाएपछि भारतको विभिन्न नाका हुँदै अवैध तस्करीको व्यवसाय फस्टाएको हो। भन्सारमा क्वारेन्टाइन नभए पनि भारतबाट आएको फलफूलको भन्सारसमेत भन्सार कार्यालय राजस्व उठाउने गरेको पाइएको छ। यसले गर्दा पनि तस्करी मौलाउन सहज भएको देखिन्छ।
जिल्लाको विभिन्न नाकाबाट तस्करी अनियन्त्रित रुपमा भइरहेको भए पनि तस्करी रोक्न सीमामा खटिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख भने तस्करी नियन्त्रण गरिरहेको र आरोप लगाइएजस्तो तस्करी नभएको बताउँछन्।
जिल्लामा व्यापक तस्करी भइरहेको विषयमा रौतहटका सशस्त्र प्रहरी प्रमुख सशस्त्र एसपी माधव रेग्मीले भने आरोप लगाइएजस्तो तस्करी नभएको दाबी गरेका हुन्।
सशस्त्र एसपी रेग्मीले तस्करी नभएको दाबी गरिरहँदा महुलिया नाकामा खटिएको सशस्त्र प्रहरीले भने तस्करहरुसँग रकम असुली रहेका अवस्थामा भेटिने स्थानीहरु बताउँछन्।
सोही कुरको चेक जाँच गर्न नरकटिया र बंकुलको बिचमा पर्ने वशिष्ट चौक नाकामा नागरिक न्युजको टोली पुगेकाे थियाे। हाम्रो टोली पुग्दा भारतबाट तस्करीको सामान निर्बाध रुपमा भित्रिरहेको थियो।
डिउटीमा सशस्त्र प्रहरी खटिएको भएता पनि उनीहरु केवल तस्करहरुको सुरक्षामा खटिएको जस्तो देखिएका थिए। उनीहरुको आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको थियो।
नेपाल र भारतको सिमानाका सशस्त्र प्रहरीकै कारण बदनाम बन्दै गएको छ। सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएर आउँदा नेपाल प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिने गरेकोबाट पनि तस्करी व्यापक मात्रामा फस्टाएको पुष्टि हुन्छ।