इस्टर्न मिचिगन युनिभर्सिटीमा अध्ययनरत ज्याक कोन्टीको परिवारले आइन्दा उनलाई पढाउन नसक्ने भयो। तर, लगनशील ज्याकलाई पढाई छाड्न मनै थिएन। जसरी हुन्छ पढाई अघि बढाउन उनले अनेक काम गरे। कहिले रगतको प्लाजा बेचे त कहिले खतरनाक कामसमेत गरे। उनको यो अप्ठेरो कलेजका प्रायः सबैलाई थाहा थियो।
कलेजमा फुटबल टोलीको घोषणा भयो, टोलीमा छनोट हुने विद्यार्थीको मासिक शुल्क मिनाहा हुने उनले ढिलागरी थाहा पाए। टोलीका प्रशिक्षकले ज्याकलाई टोलीमा समावेश गर्न प्रशासनलाई अनुरोध पनि गरे तर थप एक जना टोलीमा राख्न प्रशासन तयार भएन। अब कसैले सहयोग गर्न सक्थ्यो भने टोलीभित्रै छानिएका कोही सदस्यले।
ज्याकले हिम्मत हारेनन्। उनले फुटबल टोलीका प्रत्येक सदस्यलाई आफ्ना लागि कलेजको पढाइ जरूरी भएकाले तिमीले मलाई यो छात्रवृत्ति छाडिदेऊ भनी आग्रह गरे। यसका लागि कोही तयार भएन। होऊन् पनि किन, उनीहरूको पनि त यो सपना नै हो!
टोलीका एक सदस्य ब्रायन डुलीलाई अन्य साथीहरूलाई झैँ ज्याकको घरको अवस्था थाहा थियो। पढ्नकै लागि भनेर दिनरात मिहिनेत गरेको र रगतको प्लाज्मा समेत बिक्री गरेको पनि थाहा थियो। शुरुमा त उनले यो छात्रवृत्ति छाड्नेबारे सोच्नै सकेनन् तर ज्याकलाई हुन्न भनेको त्यस रात उनी निदाउनै सकेनन्।
भोलिपल्टै उनले ज्याकलाई आफ्नो छात्रवृत्ति दिन सहमत भए।
‘मेरो परिवारले मेरो कलेज खर्च तिरिदिन सक्छ,’ ब्रायनले सिबिएस टेलिभिजनलाई भने ‘तर ज्याकको परिवारले सक्दैन। सक्नेले नसक्नेलाई सहयोग गर्नु नै मानवता हो। उसले कलेज छाडेको मैले कसरी हेर्नु ?
उनले अगाडि भने, ‘त्यसमाथि ज्याकले प्रत्येक विद्यार्थीलाई उसले छाडिदिए हुन्थ्यो भनेको देखिरहेको थिएँ। मैले पनि झट्ट मेरो लिऊ न त भन्न सकिनँ। मलाई पनि छात्रवृत्तिको लोभ लाग्यो तर म मज्जाले निदाउन सकिन। तर, जब ज्याकले मेरो छात्रवृत्ति स्वीकार्यो, त्यो रात म मज्जाले निदाएँ।’