धरानमा सामाजिक सद्भाव खलबलिने चिन्ता
०७ भदौ २०८०
•
३ मिनेट पाठ
धरानमा सामाजिक सद्भाव खलबलिने चिन्ता
धरानमा पछिल्लो समय देखा परेको धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्ने भन्दै यहाँका बुद्धिजीवी एवं नागरिक समाजका अगुवाहरु चिन्तित बनेका छन्।

धरानमा पछिल्लो समय मन्दिर सामु चर्च बनेपछि धार्मिक विवाद सुरु भएको थियो। उक्त धार्मिक विवाद साम्य नहुँदै गत साता गोरु काटेर खाएको घटनाले थप चर्काएको छ।

यो घटनाले आक्रोशित हिन्दु धर्मावलम्बीहरुले भदौ ९ गते धरानमा गौसंरक्षणको लागि भन्दै वृहत् प्रदर्शन गर्ने तयारीमा जुटेका छन्। धरानभन्दा बाहिरबाट हिन्दु धर्मका गुरुहरुले धरान आउन आह्वान गरिरहेका छन्। अर्कोतर्फ गोरुको मासु खान पाउने सांस्कृतिक अधिकार भन्दै आन्दोलनरत पक्षले पनि प्रतिरोध गर्ने तयारीमा जुटेका छन्। यसले धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिने चिन्ता प्रशासन, राजनीतिक दल, बुद्धिजीवी वर्गमा छ।

धरानको सामाजिक सद्भाव बिथोलिने स्थिति बनेपछि बिहीबार सुनसरी उद्योग वाणिज्य संघमा पुर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा भेला भएको थियो। उक्त भेलापश्चात् ३ जना पुर्वमेयर तथा एक उपमेयरले संयुक्त अपिलमार्फत निर्णय सार्वजनिक गर्दे सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

निवर्तमान मेयर तिलक राई, पुर्वमेयर कुमारबहादुर कार्की, पुर्वमेयर मनोजकुमार मेन्याङबो र पुर्वउपमेयर मीन कुमार सुब्बाले जारी गरेको अपिलमा धार्मिक, सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरू बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गरिएको छ।

यस्तै, धरानको सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्‍याली निकाल्ने र र्‍यालीमा सहभागिताको लागि सबैलाई आह्वान पनि गरिएको छ। उक्त र्‍याली छाताचोकस्थित पुरानो अस्पतालबाट सुरु भएर भानु चोकसम्म पुग्नेछ। यस्तै, धार्मिक तथा सांस्कृतिक विवादलाई समाधान गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न पनि अनुरोध गर्ने निर्णय उक्त भेलाले गरेको छ भने धरानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने पनि निर्णय भएको अपिलमा उल्लेख छ।

संयमता अपनाउन शिक्षा मन्त्री राईको आह्वान

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले धरानमा सामाजिक सद्भाव खलबलिने प्रयासहरू भइरहेको भन्दै चिन्ता प्रकट गरेका छन्। मन्त्री राईले बिहीबार धरानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव बिथोल्ने कार्यहरू सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे।

उनले लोकतन्त्रमा अधिकार माग्ने र विरोध जनाउन पाउने अवस्था भएको तर अर्काको अधिकार हनन गर्न नहुने पनि धारणा व्यक्त गरे। 

‘धरानमा सामाजिक सद्भाव खलबलिने किसिमको कामहरु हुन खोजिरहेको छ, त्यो चिजलाई हामी सबैले मिलेर निरुत्साहित गर्नुपर्छ,’ मन्त्री राईले भने, ‘हामी लोकतन्त्रमा छौं, अधिकार माग्न पाउने व्यवस्थामा छौं, विरोध जनाउन पाउने अवस्थामा छौं। तर अर्काको अधिकार हनन नहुने गरी, अर्कालाई पीडा वा क्षति नपुग्ने गरी। डेमोक्रेसी भनेको त्यही हो।’

धरानसहितको सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं मन्त्री राईले सबैलाई संयमता अपनाउन आह्वान गरेका हुन्।

‘मेरो हार्दिक निवेदन छ, सबै पक्षका साथीहरुलाई धैर्य, संयम, सद्भाव, आपसी प्रेमलाई कहिल्यै पनि थिचोमिचो नपुर्‍याई, त्यसलाई कुल्चिएर अगाडि बढ्ने कोसिस नगरौँ,’ मन्त्री राईले भने, ‘चाहे हामी हिन्दु हौं, चाहे हामी मुसलमान हौं, चाहे हामी बौद्ध धर्मावलम्बी हौ, चाहे ख्रिष्टियन हौं। हामी त नेपाली नै हौं।’
मन्त्री राईले धार्मिक सहिष्णुता, सांस्कृतिक समानता, आपसी सम्मान र सद्भावको अवस्थालाई खलबलाउन नदिन आह्वान गरे।

उनले भने, ‘हामी सबै मिलेर जानुपर्छ। मन्दिरसँगै मस्जिद, गुम्बासँगै गिर्जाघर मिलेर बस्न सक्ने वातावरण बनाउनु नै हाम्रो जित हुन्छ।’ मन्त्री राईले को ठुलो, को सानो गर्न थालेमा घृष्णा जन्माउने र घृणाको आगोले सबैलाई जलाउने बताए।

‘प्रेम र सद्भावले यो समाजलाई उनौं, समाजलाई जोडौं, नतोडौं,’ उनले भने, ‘एक छिनको लागि आत्मतुष्टी, अहंतुष्टी होला तर त्यसको दीर्घकालीन असर के हुन्छ ? हाम्रो समाज कहाँ जान्छ ? गम्भीरतापूर्वक ख्याल गरेर सबैप्रति सम्मान गर्ने, सद्भाव राख्ने दृष्टिबाट अघि बढौँ।’
अर्को समाचार
धरानमा सामाजिक सद्भाव खलबलिने चिन्ता
०७ भदौ २०८०
•
३ मिनेट पाठ
धरानमा सामाजिक सद्भाव खलबलिने चिन्ता
तस्बिर सौजन्य: प्रदिप लिम्बु।

टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ

अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस