ताराखोलामा पक्की पुल अभाव, यात्रा सकसपूर्ण
०९ भदौ २०८०
•
४ मिनेट पाठ
ताराखोलामा पक्की पुल अभाव, यात्रा सकसपूर्ण
सडकले सुगम बन्दै गएको बागलुङको ताराखोला गाउँपालिकाभित्र एउटा मात्रै पक्की पुल छ। धेरै खोला र खोल्सा भएको ताराखोलामा बर्खाको यात्रा भने सकसपूर्ण हुने गरेको छ।




ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा पुग्न अहिले गलकोटबाट मुस्किलले दुई घण्टा लाग्छ। घुस्मेलीखोलामा पुल नहुँदा अर्गलबाट साँघुबोट हुँदै घुस्मेली आउन एक घण्टा बढी समय लाग्ने गरेको स्थानीय बताउँछन्।

गाउँपालिकाको वडा नं ३ देखि २ नम्बर जोड्ने घुस्मेलीखोलामा बर्खाको चार महिना यातायातका साधन वारपार गर्न सक्दैनन्। बर्खाको समयमा खोला बढेपछि अहिले एक घण्टा बढी समय खर्चेर घुमाउरो बाटो भातखाने डाँडा पुग्नुपर्ने बाध्यता छ।

घुस्मेली खोलामात्रै हैन गाउँपालिकाभर बाह्रमास सहज ढङ्गले सवारीसाधन चल्नका लागि १२ पक्की पुल आवश्यक रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए।

बाह्र पक्की पुल निर्माण गर्न ३० करोडभन्दा बढी खर्च लाग्ने पालिकाको अनुमान छ। पालिकाले पुल निर्माण गर्न नसक्दा प्रदेश र सङ्घीय सरकारमा माग गरिँदै आए पनि अहिलेसम्म एउटा पुलको योजनासमेत नपरेको अध्यक्ष विकको भनाइ थियो।

“पालिकाभित्र एउटा मात्रै पक्की पुल छ, अहिले पालिकाले तीन कजवे (अस्थायी पुल) बनाएर यात्रालाई सहज बनाएका छौँ”, उनले भने, “गाउँपालिकाभर १२ पक्की पुल आवश्यक छ। पालिकासँग पुल बनाउने बजेट छैन। प्रदेश र सङ्घीय सरकारलाई बजेट माग गर्दै आए पनि हालसम्म योजना पर्न सकेको छैन।” 
उनले यस वर्ष पनि पालिकाले दुई वटा कजवे बनाउने उद्देश्य लिएको जानकारी दिए। अध्यक्ष विकका अनुसार ताराखोलामा पुललाई पहिलो प्राथमिकता राख्न प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दै आइएको छ।

हिउँदको समयमा खोला सानो हुँदा १५ मिनेटमै गाउँपालिकाको केन्द्र भातखाने डाँडाबाट घुस्मेली आए पनि अहिले खोलामा पुल नहुँदा एक घण्टाको घुमाउरो सडक प्रयोग गर्न बाध्य भएको स्थानीय तारा थापाले बताए।

“सडक कच्ची भएर त्यति समस्या छैन जति पुल नहुँदा छ। यहाँ धेरै खोला पार गर्नुपर्ने, बर्खामा खोला नतर्दा यातयात नै ठप्प हुन्छ”, उनले भने, “यहाँका एक दर्जन खोला र खोल्सामा पक्की पुल बनेमात्रै बाह्रैमास यात्रा सहज हुनेछ।”
चार वर्षअघि ताराखोलाको साँघुबोटमा पक्की पुल बनेको थियो। थापाले ठूलोखोलामा पालिकाले अहिले कजवे निर्माण गरेर सञ्चालन गरिरहेको जनाउँदै पालिकाले गत वर्ष दोगाडीघाँट र धपाङघाटमा कजवे निर्माण गरेपछि यात्रा सहज भएको बताए।

चालु वर्षमा पालिकाले समस्याग्रस्त स्थानमा प्राथमिकताका आधारमा कजवे निर्माण गरेर यात्रा सहज बनाउने उद्देश्य अनुरूप योजना बनाइरहेको अध्यक्ष विकले जानकारी दिए। उनका अनुसार पालिकाले १७ लाखदेखि २२ लाखसम्मको अस्थायी पुल निर्माण गर्ने लक्ष्य लिएको हो। 

ताराखोलामा घुस्मेली, वडा नं १ को मर्स्याङ्दी, वडा नं २ को कुवाधुने, वडा नं ३ को बगर, दलमचौर, दोगाडी खोला, छेल्लर, छेजी, बुङ्दीघाट, मपेश, तलिम र सिप खोलामा पक्की पुलको आवश्यक रहेको अध्यक्ष विकले बताए।

उनका अनुसार पुल निर्माणका लागि बर्सेनि माग गरे पनि चार वर्षयतादेखि कुनै योजना पर्न सकेको छैन। पुल नबन्दा बर्खामा यहाँका बासिन्दा मर्कामा पर्ने गरेका छन्। बर्खाको समयमा खोलामा पानी बढ्दा बिरामीलाई तत्कालै अस्पताल पठाउनसमेत असहज हुने स्थानीय वसन्त विकले बताए।

पहिरोले विद्यालय भवन उच्च जोखिममा

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय उच्च जोखिममा परेको छ। पहिरोले विद्यालयको तारबारसहितको प्रवेशद्वार नै भत्काइसकेको छ। अहिले प्लाष्टिकले पहिरो छोपेर पठनपाठन गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र हमालले बताए।

‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक छेउमै रहेको यस विद्यालयमा गत फागुनमा सुख्खा पहिरो खसेको थियो। अहिलेको निरन्तर वर्षाका कारण थप पहिरो गएपछि विद्यालयमा पढाउन नसक्ने गरी भवन जोखिममा परेको उनले बताए।

सडक चौडा पार्ने क्रममा फागुनमा पहिरो खसेको थियो। उक्त सडक विस्तारका क्रममा विद्यालयमुनि चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्मै पहिरोले क्षति पुर्‍याएको थियो। पहिरो रोकथामका लागि सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले पक्की पर्खाल लगाए पनि निरन्तरको वर्षाका कारण थप पहिरो गएपछि पठनपाठनमा समस्या भएको प्रधानाध्यापक हमालले बताए।

पहिरोले विद्यालय भवन उच्च जोखिममा पर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत समस्या भएको छ। विद्यालय मुनि ४० मिटर गहिरो गरी पहिरो गएकाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत अध्यापनमा समस्या भइरहेको उनको भनाइ थियो।

“सुख्खा पहिरोले विद्यालय उच्च जोखिममा परेको छ, बर्खा नलाग्दै जोखिम न्यूनीकरणको केही काम भएको थियो, पहिरोको जग माथिबाट थप पहिरो जाँदा विद्यालयको प्रवेशद्वार नै पहिरोले लग्यो”, हमालले भने, “पहिरो तत्कालै नरोकिए विद्यालय भवनै क्षति पुग्ने देखिन्छ, अहिले प्लाष्टिकले पहिरो ढाक्ने मात्रै काम गरेका छौँ।”

उनका अनुसार विद्यालयको पछाड पट्टीसमेत गत वर्ष आएको पहिरोले विद्यालयको शौचालय र धारामा क्षति पुर्‍याएको थियो। विद्यालयको पूर्व र पश्चिम पट्टी नै भिरालो जग्गा भएकाले पछिल्लो समय पहिरोको जोखिम झन् बढेको उनको भनाइ थियो।
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस