संगठनको नीति विपरीत रौतहटमा सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका कर्मचारीहरु कैयौँ वर्षदेखि कार्यरत छन्। अझ केही सशस्त्र प्रहरी त रौतहटमै कार्यरत रहेको डेढ दशक भन्दा बढी भइसकेको छ।
रौतहटमा पछिल्लो समय तस्करी व्यापक मात्रामा मौलाएको छ। कैयौँ नाकाहरुमा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुँदै आइरहेको छ। नाकामा सशस्त्र प्रहरी नै खुलेआम रकम असुल्दै गरेको भेटिन्छन्। यसरी सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुनु, उनीहरूको दशकौँ देखि सरुवा नहुनु, कतै रौतहटमा तस्करीको वृद्धि हुनको कारक त होइन ? भने प्रश्न चिन्ह खडा भएको छ।
केही प्रहरीहरूको बेला बखत सरुवा हुने गरेको भएता पनि देखावटी रुपमा मात्र रवाना लिने र पुनः रौतहटमै फर्कने गरेका छन्। पावरकै भरमा उनीहरु पुनः रौतहटमै फर्कन सक्छन्। यती हुँदासम्म पनि सशस्त्र प्रहरी हेडक्वार्टर भने बेखबर छ।
रौतहटको सशस्त्र प्रहरी बल नेपालको बिओपी सरमुजवा बङ्कुलमा कार्यरत असई राम विश्वास यादव, फतुवा बेसमा कार्यरत असई बिसम्भर प्रसाद सिन्हा तथा सशस्त्र प्रहरी बल ११ नम्बर गणमा कार्यरत असई हबल्दार साह तेली झण्डै डेढ दशकदेखि रौतहटमै कार्यरत छन्। असई सिन्हा चालक हुन्। उनी जिल्लाको झन्डै हरेक युनिटमा बसिसकेका छन्।
अर्का असई हबल्दार साह तेली तत्कालीन जनयुद्धको बेला मलङगवा टावर आक्रमणको क्रममा भगौडा बनेर जागीर जिडि रौतहट आएका हुन्।
यसै गरी असई यादव २०६४ सालमा तत्कालीन एसपी राम कृष्ण लामाका घुमुवा बसेका रहिसकेका छन्। एसपी लामाको सरुवापछि लामो समयसम्म जिल्लामा घुमुवा बसेका असई यादवले गौर भन्सार एरियामै दुई तल्ले पक्की घरसमेत निर्माण गरिसकेका छन्।
उनलाई अकुत अवैध सम्पत्ति कमाएका आरोप लाग्ने गरेको छ। असई यादव हालका ११ नम्बर गणका गणपति सशस्त्र एसपी माधव रेग्मीका पनि विश्वास पात्र हुन्। एसपी रेग्मीले यादवलाई मठिया फरवार्ड बेसको इन्चार्ज बनाएर पठाएका थिए। असई यादवले मठिया नाकामा तस्करी गराएको व्यापक गुनासो बढेपछि एसपी रेग्मीले केही समयका लागि गणमा ल्याएर फेरि तस्करीको मुख्य केन्द्र बिन्दुकै रुपमा परिचत बङ्कुल नाका अन्तर्गतको सरमुजवा बेसमा पठाएका हुन्।
सरमुजवामा हुने तस्करीमा एसपी रेग्मीको अनुमतिमा असई यादवकै सेटिङ हुने गरेको स्थानीयको आरोप छ। सप्रनि नवराज काफ्ले चार महिनादेखि सरमुजवा बेसमा छन् भने असई यादव त्यहाँ पुगेको एक महिना भएको छ। सप्रनि काफ्ले भर्खरै डिएसपीमा बढुवा सिफारिस भएका छन्।
यसै गरी करिब एक दशकदेखि अर्का असई अनिल सिंह पनि रौतहटमै कार्यरत छन्। एसपी रेग्मीको विश्वास पात्रको रुपमा बेला बखत सिंह सिभिलमा परिचाल हुने गरेको श्रोतको दाबी छ। रौतहट जिल्लामै घर भएकाहरु लामो समयदेखि एउटै जिल्लामा बस्नुको कारण तस्करी नियन्त्रण हुन नसकेको सहजै अनुमान गर्न सकिन्छ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका गणपति सशस्त्र एसपी माधव रेग्मीले भने संगठनको नियमानुसार सरुवा भएको बताउँदै कतिपयको श्रीमान् श्रीमती सशस्त्र प्रहरीमा भए एकै ठाउँमा राख्नुपर्ने संगठनको नीतिअनुसार केही वर्षदेखि जिल्लामै कार्यरत भएको हुन सक्ने प्रतिक्रिया दिएका छन्।
गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर उत्कृष्ट गणको रुपमा रौतहट गणका गणपति ध्रुव कार्कीलाई पुरस्कृत गर्ने घोषणा भइसकेको थियो। पुरस्कार थाप्न एसपी कार्की काठमाडौँ पुगिसकेका थिए तर माघ ७ गते सशस्त्र प्रहरी मुख्यालयले सदरमुकाम गौरको मुख्य नाकामा डिउटिमा खटिएका तत्कालीन वरिष्ठ हबल्दार मातृका प्रसाद यादव र सिपाही विवेक सिंहले रकम लिएको हेडक्वाटरले जडान गरेको सिसिटिभी फुटेजमा देखिएपछि एसपी कार्कीको पुरस्कार रोकिएको थियो। सोही काण्डका कारण एसएसपीको बढुवामा एसपी कार्की पर्न नसकेको बताइएको छ।
गत वर्षको घटनाबाट पाठ सिक्नुको साटो रौतहटमा तस्करी मौलाएको छ। रौतहटमा भइरहेको तस्करीबारे नागरिक न्युजले निरन्तर तथ्यपूर्ण समाचार प्रकाशन गरेको छ। नागरिक न्युजले प्रकाशन गरिरहेको समाचारका कारण अहिले रौतहटमा दिउँसो हुने तस्करी बन्द भएको छ भने रात्रिकालीन तस्करी यथावत् रहेको बुझिएको छ।
तस्करीमा संलग्न सशस्त्र प्रहरीको भिडियो सार्वजनिक हुँदा पनि कुनै कारबाही नभएको विषय आम जनमानसमा चर्चाको विषय भएको छ।