उपत्यका भन्नेबित्तिकै धेरैलाई ठुला सहरको सुगम बस्तीजस्तो लाग्छ। राजधानीसँगै भक्तपुर र ललितपुरलाई समेटेर काठमाडौं उपत्यका भनिएकाले पनि यी जिल्ला सुगम मानिएका हुन्। तर ललितपुरमा पर्ने वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन भने आफूहरूले अझै पनि कर्णालीको जस्तै पीडा भोग्न बाध्य रहेको सुनाउँछन्। यो पालिकाको दक्षिण किनारमा वाग्मती बग्छ तर सुस्केरा उत्तरको कर्णालीको जस्तो सुनिने गरेको उनले बताए।
जिल्लाका हिसाबले सुगम मानिने अनि यथार्थतामा विकट आफ्नो गाउँबारे धेरैलाई थाहासमेत नभएको उनले गुनासो गरे। त्यसैले उनी हरेक कार्यक्रममा आफ्नो परिचय दिँदा ‘म ललितपुरको कर्णालीबाट’ भन्न छुटाउँदैनन्। ‘एकपटक गाउँमा विकासको योजना लिएर सहरी विकास मन्त्रालय पुगें। दुर्गम ठाउँलाई होइन, सहरलाई मात्र सहयोग दिने कार्यक्रम भनेर फर्काए,’ उनी भन्छन्, ‘दुर्गमका ज्येष्ठ नागरिकको समस्या लिएर मन्त्रालय पुगेको थिएँ, ललितपुर त सुगम जिल्ला होइन र भनेर फर्काइदिए।’
सुगम जिल्लामा बसेर दुर्गमको पीडा भोग्नु निकै कष्टकर भएको उनको बुझाइ छ। ‘हामी हौं त के? सुगम कि दुर्गम?’ उनी भन्छन्, ‘यसको जवाफ नपाउँदा हामी अन्योलमा छौं।’ सुगम जिल्लाका नामले दुर्गमको पीडा झनै बढाएको उनले सुनाए। भूकम्पको बेलामा आफूहरूले झनै धेरै समस्या खेपेको उनले सुनाए। ‘राजधानी वरपर सामान कुहिएको समाचार आउँथ्यो,’ उनले भने, ‘तर हामीले धेरै दिनसम्म राहत पाएनौं।’
एकपटक विकासको योजना लिएर सहरी विकास मन्त्रालय पुगें। दुर्गम ठाउँलाई होइन, सहरलाई मात्र सहयोग दिने हो भनेर फर्काए। अर्को पटक दुर्गमका ज्येष्ठ नागरिकको समस्या लिएर मन्त्रालय पुगें । ललितपुर त सुगम जिल्ला भन्दै सहयोग गर्न नसकिने बताए।
वीरबहादुर लोप्चन,अध्यक्ष, वाग्मती गाउँपालिका
ललितपुर–१ (ख) अन्तर्गत साबिक सातवटा गाविस घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, गिम्दी मिलाएर वाग्मती गाउँपालिका घोषणा भएको उनले सुनाए। ललितपुरको लेलेको दक्षिणबाटै विकट गाउँपालिकाहरू सुरु हुने उनले सुनाए।
१११.४९ किलोमिटर स्क्वायर कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा महांकाल गाउँपालिका, पश्चिममा काठमाडौं जिल्ला, उत्तरमा गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका, दक्षिणमा मकवानपुर जिल्ला छन्।
ललितपुरको वाग्मती गाउँपालिकाका महिला घाँस बोकेर फर्कंदै। तस्बिर सौजन्य: वाग्मती गाउँपालिका२०७८ सालको जनगणनाअनुसार ११ हजार ३५३ जनसंख्या रहेको यो गाउँपालिकाको जनघनत्व १०२ व्यक्ति प्रतिकिलोमिटर स्क्वायर रहेको छ। दुर्गमताका कारण अधिकांश मानिस सहरतिरै बस्ने गरेकाले गणनामा थुप्रै छुटेको उनले सुनाए। ‘मतदाताभन्दा पनि जनसंख्या कम देखिन्छ,’ उनी भन्छन्, ‘यसले पनि हामीलाई समस्यामा पारेको छ।’
राज्यले क्षेत्रफलका आधारमा नभएर जनसंख्याका आधारमा विकास बजेट दिने गरेका कारण पनि समस्या परेको उनको बुझाइ छ।
‘हाम्रो बजेट खर्च स्थानीय स्तरमा कार्यरत शिक्षक र अन्य कर्मचारीलाई खर्च गर्दैमा सकिन्छ,’ उनले भने, ‘बाटोलगायत अन्य पूर्वाधार बनाउन सधैं हामीलाई समस्या छ।’ विगतमा जीवन जोखिममा राखेर सर्वसाधारणले तुइनबाट समेत वाग्मती वारपार गर्ने गरेको उनले सुनाए। ‘तुइनको ठाउँमा झोलुंगे पुल राखियो तर अझै सबै समस्या टरेको छैन,’ उनी भन्छन्, ‘यहाँ राज्यले गर्नुपर्ने धेरै छ तर अहिले कामभन्दा उपेक्षा बढी देखिन्छ।’
पालिकामा ब्राह्मण, तामाङ, क्षेत्रीका साथै मगर, दमाई, कामी, घलेलगायत जाति छन्। यहाँ नेपाली भाषा पछाडि बोलिने अन्य भाषामा तामाङ र मगर पर्छन्। यहाँका सर्वसाधारण कृषिमा आश्रित छन्।
पालिकामा पर्यटनको सम्भावना रहे पनि राज्यको उपेक्षा रहेको उनी बताउँछन् र भट्टेडाँडाको राडर क्षेत्र, सिद्धेश्वर महादेव, महांकालस्थान मन्दिर, इकुडोलको माझखण्ड बुद्ध विहार, आश्राङको घ्याम्पे दह, गिम्दीको चमेरो गुफाजस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँलाई प्रचारप्रसार गर्न सके पालिकाको आर्थिक स्थिति राम्रो हुने उनको बुझाइ छ।
आशाका किरण
गाउँपालिका हुँदै काठमाडौं र हेटौंडा जोड्ने छोटो दुरीको कान्ति लोकपथका कारण आशाको किरण देखिएको लोप्चनले सुनाए। वर्षात्मा सडक भत्कने गरेका कारण यो समस्याको हल हुनुपर्ने उनको बुझाइ छ।
यो भरपर्दो नभएको उनले सुनाए। पर्यटकको आगमन बढे हाल उत्पादन हुँदै आएको दुध, धान, गहुँ, मकै, भटमास, तोरी, फापर, कोदो, दाल, केराउ, सिमी, बोडी, फर्सी, काँक्रो, कुखुराहरूले स्थानीय तहमै उचित बजार मूल्य पाउने उनको बुझाइ छ। ‘जबसम्म गाउँ छाडेर हिँडेकालाई गाउँमै ल्याउन सकिन्न, तबसम्म सफलताको बाटोमा हिँड्न सकिन्न,’ उनले भने, ‘यसका लागि उच्च शिक्षाका लागि कलेज र उपचारका लागि राम्रो अस्पताल हुनुपर्नेछ।’ सडक कोरिएको तर भरपर्दो नभएको उनको गुनासो छ। ‘वर्षामा सडक बिग्रनु सामान्य होला,’ उनी भन्छन्, ‘तर बिग्रेको लामो समयसम्म नबन्दा भने असामान्य लाग्छ।’
गाउँपालिका हुँदै काठमाडौं र हेटौंडा जोड्ने छोटो दुरीको कान्ति लोकपथका कारण आशाको किरण देखिएको लोप्चनले सुनाए। वर्षात्मा सडक भत्कने गरेका कारण यो समस्याको हल हुनुपर्ने उनको बुझाइ छ।
शिक्षा नै समाजको चेतना विकास गर्ने आधार भएकाले यस गाउँपालिकाभरि आधारभूत एवं माध्यमिक गरी कुल ४६ वटा विद्यालय सञ्चालित रहेको उनले सुनाए। माध्यमिक विद्यालय (कक्षा १२ सम्म) सञ्चालनमा आए पनि उच्च शिक्षाका लागि भने सदरमुकामै जानुपर्ने बाध्यता नहटेको उनले सुनाए। यहाँका सर्वसाधारण पनि सुगम जिल्लाको नामसँगै दुर्गम पीडा भोग्न कठिन हुने सुनाउँछन्। ‘जिल्ला हाम्रो ललितपुर नै हो,’ वाग्मती गाउँपालिका प्युटारका नरमान बल भन्छन्, ‘तर जिल्ला प्रशासनमा सानो काम पर्यो भने पनि रात बस्ने गरी धाउनुपर्छ।’
झन्डै ६५ किलोमिटरको दुरी पार गरेर सदरमुकामा आउनुपर्ने बाध्यता रहेको उनले बताए। पछिल्लो समय यातायात सुगम भएकाले केही राहत मिले पनि वर्षामा ठाउँठाउँका सडक बिग्रने गरेकाले यात्रा झनै जोखिम हुने गरेको उनको बुझाइ छ। ‘धेरैलाई हामी ललितपुर भन्नेबित्तिकै सुगम ठाउँका बासिन्दा लाग्छ,’ नरमान थप्छन्, ‘तर हामीले वर्षौदेखि वाग्मतीको भेलमा सुन्दै आएको कर्णालीको सुस्केका राज्यले कहिल्यै देखेन।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...