जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको समय सकिएपछि धरान सामान्य दैनिकीमा फर्किएको छ।शुक्रबार राती १२ बजदेखि शनिबार राती १२ बजेसम्म प्रशासनले धरानमा निषेध आदेश जारी गरेको थियो । जसले गर्दा हिजो शनिबार धरान सुनसान बनेको थियो। बजार, स्कुल, साना बाहेक यातायातका साधान सबै बन्द रह्यो। ठुलो संख्यामा परिचालन भएको सुरक्षाकर्मीहरुले धरानमा र्याली गर्न आउने हिन्दु धर्मावलम्बीहरुलाई सिमानामनै रोकेको थियो। प्रहरीले कुनै पनि ठुला र लामो दुरीका सवारीसाधनलाई धरान प्रवेश गर्न दिएको थिएन।
आज भने बिहानैदेखि धरान बजार खुलेको छ । सवारीसाधनहरु पनि चलेका छन् । धरान विगतमा नै सामान्य दैनिकीमा फर्किसकेको छ । धरानमा हिन्दु धर्मावलम्बीहरु वृहत र्याली गर्न विभिन्न जिल्लाबाट आउने कार्यक्रम राखिएपछि धार्मिक, सामाजिक सद्भाव बिथोलिने चिन्ता थियो । यहाँका राजनीतिक दलहरु, नागरिक अगुवाहरुको सर्वपक्षीय भेलाले पनि सद्भाव बिथोलिन सक्ने भन्दै कार्यक्रम रोक्न अपिल गरेको थियो भने शुक्रबार नै सद्भाव र्याली निकालेर धरानेहरुले एकजुट रहेको सन्देश पनि दिएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले निषेध आदेश जारी गरेको थियो । यो आदेशले धरानमा कुनै पनि सभा, सम्मेलन, र्याली लगायत कार्यक्रमहरु हुन पाएन । विभिन्न जिल्लाबाट र्याली निकाल्न आएका हिन्दु धर्मका गुरु, अनुयायीहरु धरानको सिमानामै रोकिए ।
धरानको वडा नं १४ मा गोपाल मन्दिर नजिकै चर्च बनेपछि करिब २ महिनादेखि हिन्दु धर्मावलम्बी र ख्रिष्टियनबीच धार्मिक विवाद चर्किएको थियो । यो विवाद पुर्णरुपमा साम्य नहुदै गोरु काटेर खाएको घटनाले धार्मिक, साम्प्रदायिक सद्भाव बिथोलिनसक्ने स्थिति बनेपछि प्रहरी प्रशासन, धरानका नागरिक अगुवा, राजनीतिक दल र सर्वसाधारणहरु पनि चिन्तित थिए ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...