वीरगन्जमा गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने ५ जना युवा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगन्ज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध कालो झण्डा देखाई विरोध र नाराबाजी गर्ने ५ जना हिन्दु युवाहरुलाई पर्सा प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो।
हिन्दु स्वयम् सेवक संघका युवाहरुले गौहत्या गर्नेलाई कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी आइतबार स्थानीय हिन्दु युवकहरूले ‘गौ हत्या गर्नेलाई फाँसी दे’ ‘गृहमन्त्री मुर्दावाद’ भन्ने प्लेकार्ड सहितको नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख (एसपी) कोमल शाहले बताए।
“धरानमा भएको घटनालाई यहाँका स्थानीय युवाहरुले विरोध गर्दै जिल्ला प्रशासन कार्यालयको गेट अगाडी प्लेकार्ड देखाएकाले पक्राउ गरेका थियौ, दिउँसो ती युवाहरुलाई छोडिएको छ,‘एसपी शाहले भने।”
रिहा हुनेमा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दु स्वयंम सेवक संघले जनाएको छ।
धरानमा गौहत्या गर्नेहरूलाई कारबाहीको लागी अहिले विश्व हिन्दु महासङ्घले विरोध तथा गौ संरक्षणको माग गर्दै आएको छ।